मतदानको दिन मतदानकेन्द्रमा मतदाताले मोवाईल बोक्न नपाईने
Friday May 12, 2017
वि.सं.२०७४ वैशाख २९ शुक्रवार २३:१३
मतदान गोप्य हुने भएकाले गोपनियताको लागि यस्तो गरिएको निर्वाचन आयोगले बताएको छ। आयोगले स्थानीय तह निर्वाचनका सबै मतदान केन्द्रमा मोबाइल फोन निषेध गरेको हो।
मतदान अधिकृतले पनि मोबाइललार्इ साइलेन्ट मोडमा राख्नुपर्नेछ। मतपत्र लिनुभन्दा पहिलेदेखि नै मोबाइल साथमा राख्न नमिल्ने आयोगले बताएको छ।