CG Electronics
IME Life
NIMB

राष्ट्रपति भण्डारी औपचारिक भ्रमणका क्रममा श्रीलंकाको राजधानी कोलम्बोमा

NIMB
Himalayan Bank

शीतलप्रसाद महतो (रासस): कोलम्बो, ३० वैशाख ।


राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलंकाको औपचारिक भ्रमणका क्रममा शनिबार थाइल्यान्ड हुँदै श्रीलंकाको राजधानी कोलम्बो आइपुगेकी छन् । राष्ट्रपति भण्डारीलाई बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीलंकाका न्याय तथा बुद्धशासनमन्त्री डा. विजयदास राजपक्ष, वैदेशिक रोजगारमन्त्री थालथा अथुकोराला र उपविदेशमन्त्री डा. हर्ष डेसिल्भा तथा श्रीलंकाका विदेश मन्त्रालयका उच्चपदस्थ प्रतिनिधिले स्वागत गरे । त्यसअघि, विमानबाट ओर्लिएलगत्तै पञ्चकन्याबाट फूलको गुच्छा प्रदान गरी राष्ट्रपति भण्डारीलाई स्वागत गरिएको थियो । विमानस्थलमा श्रीलंकाका लागि नेपाली राजदूत डा. विश्वम्भर प्याकुरेलले पनि उनलाई स्वागत गरे । सो अवसरमा राष्ट्रपति भण्डारीले विमानस्थलमा राखिएको सुवर्ण पुस्तिकामा हस्ताक्षर गरिन् । राष्ट्रपति भण्डारी विमानस्थलबाट उनलाई आतिथ्यता दिइएको स्थान हिलटोन गएकी छन् । श्रीलंकाकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उनी शनिबार यहाँ आइपुगेकी हुन् । बुद्धजयन्तीका अवसरमा श्रीलंकाले मनाउन लागेको संयुक्त राष्ट्रसंघीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिकारुपमा सहभागी हुनेछिन् ।

यही वैशाख २९ गते श्रीलंकाको राजधानी कोलम्बोमा सुरु भएको सो सम्मेलनको समापन वैशाख ३१ गते श्रीलंकाकाको दोस्रो ठूलो सहर क्यान्डीमा हुनेछ । सन् २००० देखि राष्ट्रसंघले बुद्धजयन्तीलाई राष्ट्रसंघीय दिवसकारुपमा मनाउन सुरु गरेको हो ।

सो दिनलाई थाइल्यान्ड, श्रीलंका, म्यानमालगायतले वैशाख दिवसकारुपमा मनाउँदै आएका छन् । श्रीलंकाले तीन दिनसम्म सोसम्बन्धी विशेष सम्मेलन गरिरहेको छ । श्रीलंकाको औपचारिक भ्रमणकाक्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी सिरिसेनासँग भेटवार्ता गर्नाका साथै उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम पनि छ । भ्रमणकाक्रममा राष्ट्रपति भण्डारीले क्यान्डीमा रहेको बुद्धको दाँतको अस्थीधातुको दर्शन गर्नाका साथै श्रीलंकास्थित विभिन्न धार्मिक क्षेत्रको पनि भ्रमण गर्नेछिन् ।

राष्ट्रपतिको भ्रमणमा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी, राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा. मदनकुमार भट्टराई र सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, शिष्टाचार महापाल दीपक अधिकारी र शिष्टाचार अधिकृत कुलबहादुर मगर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव अञ्जनकुमार मिश्र, उच्चपदस्थ अधिकारी, सन्चारकर्मीलगायतको सहभागिता छ ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन...

वि.सं.२०८२ फागुन ४ सोमवार ०९:०६

  काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले माघ २८...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...