CG Electronics
IME Life
NIMB

ललितपुरमा एमालेले विजयी खाता खोल्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

सन्तोष दहाल- 


२० वर्षपछि सम्पन्न स्थानीय निर्वाचनको मतगणना सबै क्षेत्रहरूमा धमाधम भइरहेका छन् ।यस्तै ललितपुर जिल्लाका सबै गाउँपालिका तथा नगरपालिकामा पनि मतगणनाको काम चलिरहेको छ। प्राप्त जानकारी अनुसार ललितपुरको महांकाल गाउँपालिका वडा नं.६ ठुलादुर्लुङमा नेकपा एमालेबाट रामकृष्ण आचार्य विजयी भइसकेका छन्।आचार्यले ३६१ मत प्राप्त गरि विजयी भएका हुन भने उहाँका निकटतम प्रतिद्वन्दी कांग्रेसकानमा बाबुलाल श्रेष्ठले २७३ मत ल्याएका छन् । यसैगरी महांकाल गाउँपालिका प्रमुखमा भने स्वतन्त्र उम्मेद्वार गणेश केसीले ३१७ मतका साथ अग्र स्थानमा छन् भने एमालेका रामचन्द्र दाहालले २५५ मत प्राप्त गरेका छन् ।

 

त्यस्तै ललितपुर महानगरपालिकाबाट मेयरका लागि नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन ६२३ मतका साथ अग्रस्थानमा छन् भने एमालेका हरिकृष्ण ब्यन्जनकारले ५२४ र माओवादी केन्द्रका दिपेश महर्जनले २०५ मत प्राप्त गरेका छन् ।महानगरपालिकाको जावलाखेलस्थित स्टाफ कलेजमा मतगणना जारी छ।महालक्ष्मी नगरपालिकामा मेयरका लागि नेकपा एमालेका रामेश्वर श्रेष्ठ २८५ मतका साथ अग्रस्थानमा छन,जसमा माओबादी केन्द्रको २३३ र कांग्रेसको १३८ मत प्राप्त भएको छ।

 

कोन्ज्योसोम गाउँपालिकाबाट प्रमुखका उम्मेदवार माओवादी केन्द्रका गोपी स्याङ्तान ३२५ मतका साथ अग्रस्थानमा छन् भने एमालेका कृष्णमान लामाले १८० र कांग्रेसका राजन घिमिरेले १३० मत प्राप्त गरेका छन।बाग्मती गाउँपालिकामा कांग्रेसका वीरबहादुर लोप्चन २३९मत प्राप्त गरी अग्रता लिएका छन,उक्त क्षेत्रमा एमालेका दुर्गाप्रसाद घिमिरेको २३५ र माओबादी केन्द्रका राजु आलेमगरको ४२ मत प्राप्त भएको छ।

त्यस्तै गोदावरी नगरपालिकामा मेयरका दावेदार नेकपा एमालेका श्यामकृष्ण सिलवालले ७८६ मत प्राप्त गरि अग्रता लिएका छन् भने कांग्रेसका गजेन्द्र महर्जनको ५७५ र माओवादी केन्द्रका श्रीगोबिन्द महर्जनले २०५ मत प्राप्त गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...