Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

ललितपुरमा एमालेले विजयी खाता खोल्यो

सन्तोष दहाल- 


२० वर्षपछि सम्पन्न स्थानीय निर्वाचनको मतगणना सबै क्षेत्रहरूमा धमाधम भइरहेका छन् ।यस्तै ललितपुर जिल्लाका सबै गाउँपालिका तथा नगरपालिकामा पनि मतगणनाको काम चलिरहेको छ। प्राप्त जानकारी अनुसार ललितपुरको महांकाल गाउँपालिका वडा नं.६ ठुलादुर्लुङमा नेकपा एमालेबाट रामकृष्ण आचार्य विजयी भइसकेका छन्।आचार्यले ३६१ मत प्राप्त गरि विजयी भएका हुन भने उहाँका निकटतम प्रतिद्वन्दी कांग्रेसकानमा बाबुलाल श्रेष्ठले २७३ मत ल्याएका छन् । यसैगरी महांकाल गाउँपालिका प्रमुखमा भने स्वतन्त्र उम्मेद्वार गणेश केसीले ३१७ मतका साथ अग्र स्थानमा छन् भने एमालेका रामचन्द्र दाहालले २५५ मत प्राप्त गरेका छन् ।

 

त्यस्तै ललितपुर महानगरपालिकाबाट मेयरका लागि नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन ६२३ मतका साथ अग्रस्थानमा छन् भने एमालेका हरिकृष्ण ब्यन्जनकारले ५२४ र माओवादी केन्द्रका दिपेश महर्जनले २०५ मत प्राप्त गरेका छन् ।महानगरपालिकाको जावलाखेलस्थित स्टाफ कलेजमा मतगणना जारी छ।महालक्ष्मी नगरपालिकामा मेयरका लागि नेकपा एमालेका रामेश्वर श्रेष्ठ २८५ मतका साथ अग्रस्थानमा छन,जसमा माओबादी केन्द्रको २३३ र कांग्रेसको १३८ मत प्राप्त भएको छ।

 

कोन्ज्योसोम गाउँपालिकाबाट प्रमुखका उम्मेदवार माओवादी केन्द्रका गोपी स्याङ्तान ३२५ मतका साथ अग्रस्थानमा छन् भने एमालेका कृष्णमान लामाले १८० र कांग्रेसका राजन घिमिरेले १३० मत प्राप्त गरेका छन।बाग्मती गाउँपालिकामा कांग्रेसका वीरबहादुर लोप्चन २३९मत प्राप्त गरी अग्रता लिएका छन,उक्त क्षेत्रमा एमालेका दुर्गाप्रसाद घिमिरेको २३५ र माओबादी केन्द्रका राजु आलेमगरको ४२ मत प्राप्त भएको छ।

त्यस्तै गोदावरी नगरपालिकामा मेयरका दावेदार नेकपा एमालेका श्यामकृष्ण सिलवालले ७८६ मत प्राप्त गरि अग्रता लिएका छन् भने कांग्रेसका गजेन्द्र महर्जनको ५७५ र माओवादी केन्द्रका श्रीगोबिन्द महर्जनले २०५ मत प्राप्त गरेका छन् ।

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुने

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी...

वि.सं.२०७९ पुस १३ बुधवार १२:३४

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ...

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने, घोषणापत्रमा अरू के-के छ ? (पूर्णपाठ सहित)

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने,...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार २१:१५

एमालेले सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानी जहाज सञ्चालन...

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले बढ्दा कति भयो कारोबार ?

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार १६:३६

सेयरबजारमा आज उछाल आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से...

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार ०८:३१

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी घोषणापत्र आज सार्वजनिक गरिने...

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

वि.सं.२०७९ कात्तिक ८ मंगलवार ०८:२०

तिहारको तेस्रो दिन आज (मंगलबार) गाईको पूजाआजा गरी मनाइँदैछ। वैदिक...