‘सायद २’को जापानमा रेड कार्पेट प्रिमिएर शो सम्पन्न

Monday May 15, 2017
वि.सं.२०७४ जेठ १ सोमवार ०८:०६

१ जेठ, काठमाडौं- सुनिल रावलको फिल्म ‘सायद २’को जापानको राजधानी टोकियोस्थित नाकानो जिरो हलमा रेड कार्पेट प्रिमिएर शो सम्पन्न भएको छ । असार ३० गते देखि दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘सायद २’ को प्रिमिएर शो हेर्नका लागि नेपाली दुतावास जापानका राजदुत श्री कृष्णचन्द्र अर्याल र एनआरएन जापानका अध्यक्ष सुदन थापाले समेत उपस्थिति जनाएका थिए । साथै, फिल्मको सोही प्रिमिएर शोको लागी दर्शकहरुको भिड लागेको थियो ।
जापानको प्रिमिएर शो हाउसफुलमय बनेको थियो । प्रिमियर शोमा उपस्थित सबै दर्शकहरुले फिल्म उत्कृष्ट रहेको बताएका छन् । उपस्थित दर्शकहरुले फिल्म उत्कृष्ट हुनुका साथै आफुहरुले भरपुर मनोरंजन लिएको बताएका छन् । प्रिमिएर शोमा दर्शकहरुको अत्याधिक उपस्थिति र उत्कृष्ट प्रतिकृयाले निर्माता रावल पनि दंग छन् ।