Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

ट्रम्पमाथि आईएस बारेमा रुससँग गोप्य सूचना सार्वजनिक गरेको आरोप

Machhapuchchhre Bank Limited

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि इस्लामिक स्टेट (आईएस) बारेमा रुससँग गोप्य सूचना सार्वजनिक गरेको आरोप लागेको छ । अमेरिकी अखबार ‘द वासिंगटन पोस्ट’ ले राष्ट्रपति ट्रम्पले गत साता ह्वाइट हाउसमा एक बैठकका क्रममा रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र रुसी राजदूतसँग यस्तो जानकारी चुहाएको दाबी गरेको छ ।

वर्तमान र पूर्वअधिकारीको हवाला दिँदै अखबारले राष्ट्रपति ट्रम्पले इस्लामिक स्टेट समूहका बारेमा एक सहयोगीले दिएको जानकारी रुससँग भनेको दाबी गरेको हो । अमेरिकी विदेशमन्त्री रिक्स टिलरसनले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कुराकानीमा खास प्रकारका खतराको बारेमा कुराकानी भएको तर बैठकमा सुत्र या सैनिक कारबाहीबारे कुनै कुरा नभएको बताएका छन् ।

पत्रकारसँगको कुराकानीमा राष्ट्रिय सुरक्षा सल्लाहकार जनरल एचआर म्याकमास्टरले यो कुरा गलत भएको बताए ।

उनले भने, ‘अमेरिकी राष्ट्रपति अमेरिकी जनताको सुरक्षालाई सबैभन्दा गम्भीरताका साथ लिनुहुन्छ । जुन रिपोर्ट आज राति आएको छ, त्यो पूरै गलत हो । राष्ट्रपति ट्रम्प र विदेशमन्त्रीले दुई देशका लागि रहेका समान खतराका बारेमा कुराकानी गरेका थिए । कही पनि गुप्तचर सुत्र या काम गर्ने तरिका बारेमा कुनै छलफल भएन । राष्ट्रपतिले सैनिक अभियानका बारेमा कुनै जानकारी दिनुभएन ।’

राष्ट्रपति बन्नुअघि नै रुससँगको सम्बन्धलाई लिएर ट्रम्पमाथि प्रश्न उठेको थियो । उनको चुनाव प्रचार अभियानमा रुसले सहयोग गरेको समेत आरोप लागेको थियो ।

अमेरिकी गुप्तचर एजेन्सीले रुसमाथि साइबर हमला गरेर चुनावमा अमेरिकी मतदातालाई प्रभावित पारेको आरोप लगाएको थियो । राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुने

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी...

वि.सं.२०७९ पुस १३ बुधवार १२:३४

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ...

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने, घोषणापत्रमा अरू के-के छ ? (पूर्णपाठ सहित)

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने,...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार २१:१५

एमालेले सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानी जहाज सञ्चालन...

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले बढ्दा कति भयो कारोबार ?

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार १६:३६

सेयरबजारमा आज उछाल आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से...

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार ०८:३१

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी घोषणापत्र आज सार्वजनिक गरिने...

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

वि.सं.२०७९ कात्तिक ८ मंगलवार ०८:२०

तिहारको तेस्रो दिन आज (मंगलबार) गाईको पूजाआजा गरी मनाइँदैछ। वैदिक...