CG Electronics
IME Life
NIMB

ट्रम्पमाथि आईएस बारेमा रुससँग गोप्य सूचना सार्वजनिक गरेको आरोप

NIMB
Himalayan Bank

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि इस्लामिक स्टेट (आईएस) बारेमा रुससँग गोप्य सूचना सार्वजनिक गरेको आरोप लागेको छ । अमेरिकी अखबार ‘द वासिंगटन पोस्ट’ ले राष्ट्रपति ट्रम्पले गत साता ह्वाइट हाउसमा एक बैठकका क्रममा रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र रुसी राजदूतसँग यस्तो जानकारी चुहाएको दाबी गरेको छ ।

वर्तमान र पूर्वअधिकारीको हवाला दिँदै अखबारले राष्ट्रपति ट्रम्पले इस्लामिक स्टेट समूहका बारेमा एक सहयोगीले दिएको जानकारी रुससँग भनेको दाबी गरेको हो । अमेरिकी विदेशमन्त्री रिक्स टिलरसनले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कुराकानीमा खास प्रकारका खतराको बारेमा कुराकानी भएको तर बैठकमा सुत्र या सैनिक कारबाहीबारे कुनै कुरा नभएको बताएका छन् ।

पत्रकारसँगको कुराकानीमा राष्ट्रिय सुरक्षा सल्लाहकार जनरल एचआर म्याकमास्टरले यो कुरा गलत भएको बताए ।

उनले भने, ‘अमेरिकी राष्ट्रपति अमेरिकी जनताको सुरक्षालाई सबैभन्दा गम्भीरताका साथ लिनुहुन्छ । जुन रिपोर्ट आज राति आएको छ, त्यो पूरै गलत हो । राष्ट्रपति ट्रम्प र विदेशमन्त्रीले दुई देशका लागि रहेका समान खतराका बारेमा कुराकानी गरेका थिए । कही पनि गुप्तचर सुत्र या काम गर्ने तरिका बारेमा कुनै छलफल भएन । राष्ट्रपतिले सैनिक अभियानका बारेमा कुनै जानकारी दिनुभएन ।’

राष्ट्रपति बन्नुअघि नै रुससँगको सम्बन्धलाई लिएर ट्रम्पमाथि प्रश्न उठेको थियो । उनको चुनाव प्रचार अभियानमा रुसले सहयोग गरेको समेत आरोप लागेको थियो ।

अमेरिकी गुप्तचर एजेन्सीले रुसमाथि साइबर हमला गरेर चुनावमा अमेरिकी मतदातालाई प्रभावित पारेको आरोप लगाएको थियो । राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...