CG Electronics
IME Life
NIMB

पर्यटन, प्रबिधि र सस्कृति

NIMB
Himalayan Bank
केशर विश्वकर्मा, महासचिव दर्शक श्रोता नेपाल

२१ औं शताब्दीमा पर्यटन उद्योग अपरिहार्य रुपमा अगाडि बढिरहेको छ। पर्यटन व्यबसाय नै अबको नेपालको आर्थिक उन्नती,सामाजिक प्रगती,सांस्कृतिक पहिचान र प्राकृतिक महत्त्वका लागि आधारशीला बन्छ भन्ने कुरामा दुइमत छैन। मानवीय गुणका रुपमा रहेको पर्यटन र त्यसलाइ दिन-प्रतिदिन सरल, सुगम र सम्भव बनाउने यात्रा संसारमा मानिसको अस्तित्व भएदेखी अन्त्य नभएसम्म सकिँदैन।

बरु मानवीय विकास सँगसँगै यसले नयाँ स्वरुप लिएर अगाडि बढ्दै जान्छ।अतीतदेखि वर्तमानसम्मको अवस्थालाइ नियाल्ने हो भने प्राचीनकालमा मानिसहरुले हिंडेर यात्रा गर्दथे रे।त्यसपछी बिकास हुँदै जाने क्रममा जनावरको प्रयोग गरेर यात्रा गर्ने,ससाना बग्गी बनाएर यात्रा गर्ने,डुंगामार्फत यात्रा गर्ने आदि गर्दथे रे।विश्वले आधुनिकीकरणतर्फ फड्को मार्दै जाँदा आधुनिक मोटरगाडी,हवाइजहाज,रकेट आदिको बिकासले यात्रा धर्तीमा मात्र होइन।

आकाशीय पिण्ड चन्द्रमासम्म पर्यटक भएर यात्रा गर्न सफल भएका छन्।अझ आधुनीकिकरणको बिकासले के गर्यो भनेर छोटकरीमा स्पस्ट पार्ने हो भने केहिबेर अगाडि टेलीफोन गरेर लण्डनमा ब्रेकफास्ट खान पुग्ने मानिस न्युयोर्कमा खाना खान भ्याउछ र उक्त मानिस बेलुकीको खाना खानको लागि टोकियोमा पुग्न सफल हुन्छ।वास्तवमा भन्ने हो भने बिदा मनाउन,शिक्षा आर्जन गर्न,मनोरञ्जन प्राप्त गर्न,अन्य ठाउँको भौगोलिक ज्ञान,त्यहाँका मानिसहरुको आर्थिक,सामाजिक,राजनीतिक,सांस्कृतिरितिरिवाज,चालचलन,भेषभुषा,लवाइखवाइ,आदि स्थितिको ज्ञान हासिल गर्ने उद्देश्यले यात्रा गर्ने मानिसहरुलाइ पर्यटक भनिन्छ।

नेपालजस्तो एक प्राकृतिक रुपले धनी देशमा पर्यटन व्यबसाय बिकासको पहिलो र प्रमुख आधार हो।हाम्रो देश नेपाल प्राकृतिक रुपले मात्र होइन,कृत्रिम रुपले पनि त्यत्तिकै धनी छ।यस देशको विश्व सम्पदा सुचीमा सुचीकृत सर्वोच्च शिखर सगरमाथा,पशुपतिनाथ,बौद्धनाथ,स्वयम्भु आदि महत्त्वपूर्ण पर्यटन क्षेत्र हुन् ।त्यतिमात्र कहाँ हो र,विश्वसम्पदा सुचीमा नपरेका र ओझेलमा परेका अन्य पर्यटकीय स्थलहरु त कैयौं छन।जसलाइ हामीले चिन्न सकिरहेका छैनौं ।

नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना गरिएपछी केही योजनाबद्ध रुपमा पर्यटन सम्बन्धी बिकास कार्यहरु अगाडि बढाएको देखिन्छ। त्यही सिलसिलामा २०१३ सालपछी पञ्चवर्षीय योजना लागू गरि पर्यटन योजना र नीति लागू गरिएको पाइन्छ।तर ती योजना र नीतिको प्रभावकारी रुपले कार्यान्वयन नहुन सक्छ। आशातीत लक्ष्य प्राप्त भएको देखिंदैन।
यसरी सम्बन्धीत व्यबसायको योजना र नीति ल्याएपश्चात गरेका उपलब्धिहरुबाट पाठ सिक्दै भएको कमीकमजोरीहरु हटाउने र सुधार गर्दै जानू पर्यटन ब्यबसाय बलियो बनाउन गर्नुपर्ने मुल्यांकन हो। त्यसैले तपाईंहामी जहाँ छौं, हामीसँग जे स्रोतसाधनहरु उपलब्ध छन, त्यसबाट सन्तुष्टि लिंदै संरक्षण ,संबर्धन, प्रचारप्रसार गरि पर्यटन व्यबसायलाइ अगाडि बढाउदै आर्थिक उन्नती गर्नु तपाइँहामी सबैको आजको टड्कारो आवश्यकता र उत्तरदायित्त्व हो।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...