हत्या, हिंसा सरकारको असफलता

Tuesday May 16, 2017
वि.सं.२०७४ जेठ २ मंगलवार ०६:५२


देशमा जनताले चुनेर पठाएका प्रतीनिधिको सरकार छ, सुरक्षा निकाय छन्, कानुन छन्, सेना छन तर जनता बारमबार जोखिममा छन। यो अवस्था हुनु सरकारको असफलताको लक्षण हो । सन्दर्भ दोलखाको गौरीशंकर गाउँपालिका-२ स्थित जुँगुमा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट ३३ वर्षीय युवा कुलबहादुर तामाङको हत्या भएको छ । आज बुद्द जयन्तीको दिन बिहानै नेपालको समाचारमा माओबादीले फेरी युवाको हत्या गरेको समाचारले असह्य पिडा थपेकोछ । सप्तरीमा, जाजरकोटमा, रुपन्देहीमा र अन्य जिल्लामा पनि मानव क्ष्यती भैरहेको छ ।
असक्षम्, पक्षपाती, निरङ्क्कुश, अप्रजातान्तृक अनि अमानवीय बिशेषता भएको सरकारमा यस्तो मानव क्षती हुन्छ । मानव हत्या र घाइते रोगी बनाउने काम किटाणुको हो । किटाणु अर्थात ब्याक्टेरियाको काम गरेर बस्ने मानिसलाई तह लगाउन कानुनले सहयोग गाह्रोस । प्रजातान्तृक देशमा चुनाव आउने, चुनावको प्रचार प्रसार गर्नु पर्ने धेरै बिचार बीचमा बहस हुने कुरा समेत बुझ्न र स्वीकार्न नसक्ने कार्यकर्ता उत्पादन गर्ने राजनितिक पाट्रीले सरकार बनाएपछी निश्पक्ष ढङ्गले समाज र देशको नेतृत्व गर्छ भनेर कसरी विस्वास गर्ने! राजनितिक गर्नेले हिम्सा गर्न हुन्न भन्ने सोचको विकास नभएसम्म र राजनितिक पाट्री अनुशासित र समाज प्रती इमान्दार नभएसम्म समाज पिरोली रहन्छ ।
मानवीय हत्यालाई सामान्य मान्ने जो कोही पनि अपराधी मनोबृतिका हुन । हामीले त्यो जीवन जुन गयो त्यो कहिल्यै दिन सक्दैनौ । सन्सारको सम्पुर्ण सम्पती लगानी गरे पनि त्यो जीवन पुन जगाउन सक्दैनौ । त्यो आमाको लागनी, त्यो परिवारको लगानी, त्यो आफन्तको लगानी, अनि समाज र देशको लगानी र मेहनतले तयार भएको एउटा मानिसको बीनास भएमा भौतिक्, सामाजिक्, मानसिक्, आर्थिक र अध्यात्मीक पक्षबाट भयङ्कर नोक्सानी र अक्षम्य पाप हो ।
सन्सारमा ७ बिलिओन भन्दा बढी मानिशहरु छन ।धेरै पीढ़ीहरु जन्मिए र बुढा भएर गए । कती धेरै जन्मदै छन हामी गएकालाई पनि भेट्न सकेनौ । जन्मनेलाई पनि भेट्न सक्नेछैनौ । तर केही हामीलाई यस्तो मौका छ हामी एउटै पीढ़ीमा जन्मेका छौ । एउटै देशमा अझ एउटै समाजमा हाम्रो पनि त यो बसाइ स्थायी होईन । एकदिन सबै जानुछ । के प्राप्तिको निम्ती एक अर्कोलाई हानी नोक्सानी र बीनास गर्ने काम भएकोछ । हिन्दू धर्मले पनि भनेको छ सब भन्दा ठुलो पाप्, सब भन्दा अक्षम्य पाप मानव हत्या हो ।
यो राजनितिकमा हत्याको सस्कृती भित्र्याउने काम प्रचण्ड र बाबुराम जिहरुले शुरुवात गरे अहिले सम्म त्यसलाई निरन्तरता दिइनै रहेकाछन । । अलिकती पनि समबेदना नभएका, मानवीयता हराएका र जनताप्रती दायित्वबोध नभएकाहरुले मात्र यो बाटो समाउछन भन्दा अतिउक्त नहोला । अशिक्षा र पछौटेपनबाट गुजृरहेका युवाहरुलाई नकारात्मक प्रशिक्षण दिएर भौतिक र मानवीय क्षती गराएको टाटाहरु ओभाउन नपाउदै फेरी सरकारमा बसेर कार्यकर्तालाई हत्या गर्न प्रोत्साहित गरिरहनुले नेपाली नेता, नेपाली समाज, देशको र प्रजातन्त्रको ठुलो बदनाम भएकोछ ।
राष्ट्रीय अन्तराष्ट्रीय स्तरका बौद्दिकहरुले के आधारमा यिनीहरुको समर्थन गरिरहेका छन यो प्रशन बारमबार आइरहन्छ । एउटा मानवीय राजनितिक सामाजिक बिश्लेषकले नबुझ्पचाइ समर्थन गर्ने अवस्था छैन । हिंसा बीना चुनाव गर्न सक्दैनौ भने जनताको पसिनाबाट सङ्कलन भएको राजस्व खाएर सरकारमा बस्नुको कुनै औचित्य छैन ।