CG Electronics
IME Life
NIMB

हत्या, हिंसा सरकारको असफलता

NIMB
Himalayan Bank
कोमल पौडेल, फिन्ल्याण्ड

देशमा जनताले चुनेर पठाएका प्रतीनिधिको सरकार छ, सुरक्षा निकाय छन्, कानुन छन्, सेना छन तर जनता बारमबार जोखिममा छन। यो अवस्था हुनु सरकारको असफलताको लक्षण हो । सन्दर्भ दोलखाको गौरीशंकर गाउँपालिका-२ स्थित जुँगुमा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट ३३ वर्षीय युवा कुलबहादुर तामाङको हत्या भएको छ । आज बुद्द जयन्तीको दिन बिहानै नेपालको समाचारमा माओबादीले फेरी युवाको हत्या गरेको समाचारले असह्य पिडा थपेकोछ । सप्तरीमा, जाजरकोटमा, रुपन्देहीमा र अन्य जिल्लामा पनि मानव क्ष्यती भैरहेको छ ।

असक्षम्, पक्षपाती, निरङ्क्कुश, अप्रजातान्तृक अनि अमानवीय बिशेषता भएको सरकारमा यस्तो मानव क्षती हुन्छ । मानव हत्या र घाइते रोगी बनाउने काम किटाणुको हो । किटाणु अर्थात ब्याक्टेरियाको काम गरेर बस्ने मानिसलाई तह लगाउन कानुनले सहयोग गाह्रोस । प्रजातान्तृक देशमा चुनाव आउने, चुनावको प्रचार प्रसार गर्नु पर्ने धेरै बिचार बीचमा बहस हुने कुरा समेत बुझ्न र स्वीकार्न नसक्ने कार्यकर्ता उत्पादन गर्ने राजनितिक पाट्रीले सरकार बनाएपछी निश्पक्ष ढङ्गले समाज र देशको नेतृत्व गर्छ भनेर कसरी विस्वास गर्ने! राजनितिक गर्नेले हिम्सा गर्न हुन्न भन्ने सोचको विकास नभएसम्म र राजनितिक पाट्री अनुशासित र समाज प्रती इमान्दार नभएसम्म समाज पिरोली रहन्छ ।

मानवीय हत्यालाई सामान्य मान्ने जो कोही पनि अपराधी मनोबृतिका हुन । हामीले त्यो जीवन जुन गयो त्यो कहिल्यै दिन सक्दैनौ । सन्सारको सम्पुर्ण सम्पती लगानी गरे पनि त्यो जीवन पुन जगाउन सक्दैनौ । त्यो आमाको लागनी, त्यो परिवारको लगानी, त्यो आफन्तको लगानी, अनि समाज र देशको लगानी र मेहनतले तयार भएको एउटा मानिसको बीनास भएमा भौतिक्, सामाजिक्, मानसिक्, आर्थिक र अध्यात्मीक पक्षबाट भयङ्कर नोक्सानी र अक्षम्य पाप हो ।

सन्सारमा ७ बिलिओन भन्दा बढी मानिशहरु छन ।धेरै पीढ़ीहरु जन्मिए र बुढा भएर गए । कती धेरै जन्मदै छन हामी गएकालाई पनि भेट्न सकेनौ । जन्मनेलाई पनि भेट्न सक्नेछैनौ । तर केही हामीलाई यस्तो मौका छ हामी एउटै पीढ़ीमा जन्मेका छौ । एउटै देशमा अझ एउटै समाजमा हाम्रो पनि त यो बसाइ स्थायी होईन । एकदिन सबै जानुछ । के प्राप्तिको निम्ती एक अर्कोलाई हानी नोक्सानी र बीनास गर्ने काम भएकोछ । हिन्दू धर्मले पनि भनेको छ सब भन्दा ठुलो पाप्, सब भन्दा अक्षम्य पाप मानव हत्या हो ।

यो राजनितिकमा हत्याको सस्कृती भित्र्याउने काम प्रचण्ड र बाबुराम जिहरुले शुरुवात गरे अहिले सम्म त्यसलाई निरन्तरता दिइनै रहेकाछन । । अलिकती पनि समबेदना नभएका, मानवीयता हराएका र जनताप्रती दायित्वबोध नभएकाहरुले मात्र यो बाटो समाउछन भन्दा अतिउक्त नहोला । अशिक्षा र पछौटेपनबाट गुजृरहेका युवाहरुलाई नकारात्मक प्रशिक्षण दिएर भौतिक र मानवीय क्षती गराएको टाटाहरु ओभाउन नपाउदै फेरी सरकारमा बसेर कार्यकर्तालाई हत्या गर्न प्रोत्साहित गरिरहनुले नेपाली नेता, नेपाली समाज, देशको र प्रजातन्त्रको ठुलो बदनाम भएकोछ ।

राष्ट्रीय अन्तराष्ट्रीय स्तरका बौद्दिकहरुले के आधारमा यिनीहरुको समर्थन गरिरहेका छन यो प्रशन बारमबार आइरहन्छ । एउटा मानवीय राजनितिक सामाजिक बिश्लेषकले नबुझ्पचाइ समर्थन गर्ने अवस्था छैन । हिंसा बीना चुनाव गर्न सक्दैनौ भने जनताको पसिनाबाट सङ्कलन भएको राजस्व खाएर सरकारमा बस्नुको कुनै औचित्य छैन ।

 

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...