८६ वर्षीय चन्द्रमाया विश्वकर्मा विजयी

Thursday May 18, 2017
वि.सं.२०७४ जेठ ४ बिहीवार ०६:४३

४ जेठ, धादिङ– जिल्लाको थाक्रॆ गाउँपालिका–५ दामेचौरबाट ८६ वर्षीय चन्द्रमाया विश्वकर्मा दलित महिला सदस्य पदमा विजयी बन्न सफल हुनु भएको छ । १२ वर्ष अघिबाट सामाजिक सुरक्षा वृद्ध भत्ता खाएकी विश्वकर्मा २० वर्षपछि भएको स्थानीय निर्वाचनमा वडा कमिटि सदस्यमा विजयी हुन सफल हुनु भएको हो । थाक्रॆ गाउँपालिका वडा नं. ५ मा दलित महिलातर्फ विजयी भएकी उहाँ ४९५ मत ल्याउन सफल हुनु भएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी सबिना बिकले ४७३ मत प्राप्त भएको छ ।