२ सय ६० ठाउँको नतिजा सार्वजनिक भइसक्दा यस्तो छ समग्र मतपरिणाम
Saturday May 20, 2017
वि.सं.२०७४ जेठ ६ शनिवार १६:३०
६ जेठ, काठमाडौं- स्थानीय तहको पहिलो चरणको निर्वाचनमा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ ।
२ सय ६० ठाउँको नतिजा सार्वजनिक भइसक्दा एमालेले १ सय ७ ठाउँमा विजयी हाँसिल गरेको छ भने तीन महानगरसहित १६ स्थानमा आफ्नो अग्रता कायम राखेको छ ।
त्यसैगरी नेपाली कांग्रेसले १ सय स्थानीय तहमा विजयी हाँसिल गरेको छ भने ललितपुर महानगरपालिकासहित ६ स्थानमा अग्रता कायम राखेको छ ।
तेस्रो स्थानमा रहेको माओवादीले ४६ स्थानमा जित हासिल गरेको छ भने अग्रता लिएका ठाउँ बाँकी छैनन् । यता राप्रपा नेपालले १, मजदुर किसान पार्टीले १, नयाँ शक्तिले १, जनमोर्चापार्टीले १ र स्वतन्त्र उमेद्वारले ३ ठाउँमा जितेका छन् ।