CG Electronics
IME Life
Ncell NPL

सौगात मल्ल र प्रियंका कार्की ‘फाटेको जुत्ता’ मा जोडीको रूपमा आउदै

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

७ जेठ, काठमाडौँ – पछिल्लो पटक ‘फन्को’ मा स्क्रिन सेयर गरेका सौगात मल्ल र प्रियंका कार्की यति बेला ‘फाटेको जुत्ता’ मा जोडीको रूपमा देखिने भएका छन् । ‘चपली हाइट’ फेम निर्माता अर्जुन कुमारको निर्माण रहने उक्त फिल्ममा आर्यन र प्रियंकाको जुगलबन्दीमा बुद्धि तामाङ, कामेश्वर चौरासिया, रवीन्द्र झालगायतले अभिनयमा साथ दिनेछन् । निकेश खडकाले निर्देशन गर्ने फिल्मको छायांकन आइतबार वीरगन्जमा थालिनेछ ।
दुई देशबीचको सीमा क्षेत्रमा हुने अपराध घटनालाई कमेडी जानरामा व्यक्त गर्न खोजिएको ‘फाटेको जुत्ता’ यसै वर्षको कात्तिक १७ मा रिलिज गर्ने योजनासहित छायांकनमा जान लागेको फिल्मका संगीतकारसमेत रहेका अर्जुनले बताए । सौगात र प्रियंकाले यसअघि ‘षडङ्ग’, ‘श्री ५ अम्बरे’ वा ‘फन्को’ मा स्क्रिन सेयर गरे पनि जोडीका रूपमा भने देखिएका थिएनन्, जति प्रियंकाले दयाहाङ राईसँग एकपछि अर्को गरी थुप्रै फिल्ममा काम गरेकी थिइन् । पछिल्लो समय प्रियंका र दयाहाङबीच मनमुटाव रहेको चर्चा चलिरहँदा ‘फाटेको जुत्ता’ ले नयाँ जोडी बाँधिदिएको हो ।

बिहीबार ललितपुरको कार्यविनायक मन्दिरमा आयोजित मुहूर्त कार्यक्रममा पनि दुवैले एकअर्कासँग काम गर्न पाउँदाको खुसी साटेका थिए ।

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...