CG Electronics
IME Life
NIMB

मधेशको विकास निर्माण र अधिकार सम्पन्न वनाउनमा एमालेको जति काम कसैले गरेको छैन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

सुजिता शाक्य, नेकपा एमालेका युवा नेतृ हुनुहुन्छ जसले महिला आन्दोलनदेखि राष्ट्रिय राजनीतिका साथै विकास निर्माण, स्वास्थ्य र शिक्षाका बारेमा गहिरो जानकारी राख्नुहुन्छ । हाल केन्द्रीय कमिटि सदस्यको रुपमा काम गरिरहनुभएकी नेतृ शाक्यसँग संविधान कार्यान्वयन, स्थानिय तहको निर्वाचन र भोलिको कार्ययोजनाका बारेमा गरिएको कुराकानीको सारसंक्षेपः

सुजिता शाक्य, केन्द्रिय सदस्य नेकपा एमाले

 

स्थानीय निर्वाचनलाई कसरी लिईरहनु भएको छ ?
यो निर्वाचन संविधान कार्यान्वयनको आधार स्तम्भ हो , जुन पुरा भएको छ । यो निर्वाचन सम्पन्न नभएको भए मुलुकमा जटिलता पैदा हुन्थ्यो । निर्बाचनले जलिता टरेको छ भने दोश्रो तरणको निर्वाचन हुने निश्चित भएको छ ।
तर दोश्रो चरणको निर्वाचन त संविधान संशोधन नगरी, वजेट नल्याई गर्नुपर्छ भनेको छ नि तपाईको पार्टीले ?
तत्काल संविधान संशोधन आवश्यक छैन । संविधानले व्यवस्था गरे अनुसार जेठ १५ भित्रै बजेट ल्याउनु पर्ने वाध्यता, मुस्लिम समुदायको चाड रमजान सुरु हुने र जेष्ठ ३१ मा किसानहरु खेतीमा लाग्नुपर्ने कारणले यो समय उपयुक्त छैन । त्यसैले जेठ १०/१२ गते भित्रमै निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा रहेको छ । अर्को कुरा ,पहिलो चरणको निर्वाचन जुन संविधान, ऐन, कानुन अन्र्तगत भयो, त्यही संविधान, ऐन र कानुन अनुसार दोश्रो चरणको निर्वाचन गर्नुपर्ने हुँदा संविधान संशोधन हुन नसक्ने र वजेट ल्याएपछि निर्वाचन प्रभावित गर्न निर्वाचन आचार संहिताले नदिने हुँदा यो सवै कुरालाई व्यवस्थापन गर्न बजेट अघि नै निर्वाचन सम्पन्न गर्नु पर्छ । यसमा हाम्रो पार्टीले तलमाथि गर्न दिँदैन, गर्न पनि मिल्दैन । अर्को केही दिनमा नै सरकारको नेतृत्व परिवर्तन हुने कुरा वाहिर आएको सन्र्दभमा निर्वाचन यही सरकारले गरेर नेतृत्व हस्तान्तरण गर्नु राम्रो हुन्छ । यी सबै कारणले गर्दा वजेट अगाडि नै निर्बाचन गर्नु उत्तम हुन्छ । यस सम्बन्धमा शिर्ष नेताहरुविचमा कुरा भैरहेको होला भन्ने मलाई लाग्छ ।
यो निर्वाचन परिणामले सत्तापक्ष अत्तालिएर निर्वाचन नगराउने षड्यन्त्रमा छन भन्ने चर्चा पनि हुन थालेको छ नी ?
मैले पनि यस्तो चर्चा सुनेको छु, त्यो षड्यन्त्र हुनसक्छ । तर यो विषयमा एमाले सचेत छ । उनीहरु मधेशी मोर्चाको वहानामा निर्वाचन छल्न लाग्न सक्छन् । यही कारणले संविधान संशोधन नभै निर्वाचन हुन नसक्ने, बजेट ल्याएर निर्वाचन प्रभावित वनाउन खोज्ने, मुस्लिम जनतालाई आफ्नो चाडपर्व मान्न नदिने जस्ता षड्यन्त्रमा लागि रहेका छन् । यसका वारेमा हामीले निर्बाचन आयोग र जनतालाई सचेत गराई सकेका छौ । यसमा आयोय जिम्मेवार बन्छ भन्ने मलाई लाग्छ ।
सरकार हेरफरको कुरा भैरहेको छ, तपाईहरु यो समीकरणमा हुनुहुन्न ?
मधेशबादि र सत्तारुढ दलको के के सम्झौता भएको छ ,त्यो हाम्रो सरोकारको विषय होइन । हामी सत्ता समीकरणमा छैनौ । हाम्रो भनाई दोश्रो चरणको निर्वाचन निर्वाध रुपमा बजेट अगाडि नै सम्पन्न हुनुपर्छ भन्ने हो । त्यसमा एमाले तलमाथि गर्दैन, गर्न दिँदैन ।
विना संविधान संशोधन, वजेट अगाडि नै निर्वाचन हुनुपर्छ भन्ने तपाईहरुको माग र संविधान संशोधन नभै निर्वाचन गर्नै नदिने मधेशी दलको भनाइले त दोश्रो चरणको निर्वाचन अन्योलमा देखियो नि ?
यो सरकारको हातमा छ । सरकार दोश्रो चरणको निर्वाचन गर्न चाहान्छ कि चाहादैन ? त्यसमा भर पर्छ । यदि सरकार इमान्दारिताका साथ निर्वाचन गर्न चाहान्छ भने यस विषयमा प्रतिपक्षी दलसँग वसेर छलफल गर्नुपर्छ । त्यसमा मिल्न सक्ने गरी विचको बाटो निकालेर सहमतिमा जानुपर्छ र निर्वाचन गर्नुपर्छ । अर्थात् निर्वाचन प्रभावित नगर्ने गरि काम चलाउ बजेट ल्याएर निर्वाचन पश्चात् संविधान संशोधन गर्ने गरि अगाडि बढ्नु पर्छ । सरकारले जबर्रजस्ति त्यसो होइन यसै गर्छु भन्यो र निर्वाचन आयोगले पनि सरकारकै पक्षमा संविधान विपरित आफ्नै आचारसंहिता विपरित जान खोज्यो भने त्यो हाम्रो पार्टीलाई मान्य हुँदैन । आयोगले पनि आफ्नो निष्पक्ष भुमिका निर्वाह गर्नुपर्छ । कहिले वजेट ल्याएर निर्वाचन गर्न मिल्छ भन्ने कहिले मिल्दैन भन्ने कुरा गर्नु हुँदैन । अहिले नै सम्पन्न हुनुपर्छ ।
तपाईको पार्टीलाई राजपाले त मधेश विरोधी भनेको छ नि, जनतालाई भोट हाल्न कसरी सम्झाउनु हुन्छ ?
त्यो आरोप मधेस र मधेसी जनता विरोधीले लगाएका हुन् । त्यसमा कुनै सत्यता छैन । यो कुरा जनताले पहिल्यै बुझिसकेका थिए । रहेका केही भ्रम हाम्रो पार्टीले मेची महाकाली राष्ट्रिय अभियान मार्फत हटाईसकेको छ । यसबाट जनता स्पष्ट भईसकेका छन् । यो मधेशका सामन्तहरुले फैलाएको भ्रम हो ,जुन पानीको फोका फुटेझै फुटिसकेको छ । मधेशको विकास निर्माण देखि मधेशलाई अधिकार सम्पन्न वनाउन एमालेले गरेजति काम कसैले गरेको छैन । यो कुरा हाम्रो पार्टीको नेतृत्वमा वनेको सरकारले स्पष्ट गरिसकेको छ । मधेश प्रेमी पार्टीको रुपमा आफुलाई उभ्याई सकेको छ । त्यही भएर अहिले मधेशी जनता निर्वाचनमा एमालेलाई भोट हाल्न आतुर छन् । एमाले व्यक्तिको लागि लडिरहेको छैन, देश र जनताको लागि लडिरहेको छ । त्यसैले यो आरोप जनता विरोधी, मुलुक विरोधीहरुले लगाएको हो ।
सरकारको कामलाई कसरी हेर्नुहुन्छ ?
सरकारले जिम्मेवारीपूर्वक काम गरेको छैन । राज्य शक्ति र ढुकुटीको दुरुपयोग गरेको छ । पैसा वाँडेर जनताका सच्चा नेतालाई हराएको छ । अनावश्यक मुद्दा झिकेर र संविधान विपरित कार्य गरेर हिँडेको छ । प्रतिपक्षलाई पुरै वाईपास गरेर एकलौटी निर्णय गर्दै हिँडेको छ । निर्वाचन आयोग र अदालथलाई आफ्नो स्वार्थ अनुकुल चलाउन खोजेको छ । निहत्था जनतालाई मारेको छ । विकास निर्माणको काम केही भएको छैन । जनतामा भ्रम छरेको छ । यो उसको गैह्रराजनीतिक कार्य हो । सरकार पूरै असफल भएको छ ।
तपाई महिला नेतृ यो निर्वाचनमा महिला सहभागितालाई कसरी हेर्नुहुन्छ ?
यो निर्वाचनले महिलाका अवशरमा वृद्धि गरेको छ । संविधानमा व्यवस्था भए अनुसार सवै पार्टीले महिलाको सहभागिता बृद्धि गरेका छन् । समान सहभागिता भएको छ । महिलाको राजनीतिमा ह्वातै प्रवेश वढेको छ । यसलाई मैले सकारात्मक रुपमा लिएको छु ।
निर्वाचनको परिणामलाई कसरी लिनु भएको छ नि ?
यो परिणामलाई सामान्य रुपमा लिएको छु । किनकी हाम्रो पार्टीले गरेको कामलाई हेर्ने हो भने यो भन्दा उच्च परिणाम आउनुपर्ने हो । जनताको अपेक्षा पनि यही थियो तर हामीले सत्तारुढ दलको गैह्र जिम्मेवारी कामहरु ,राष्ट्र र जनविरोधी हर्कतहरु ठीक ढङगले जनतामा पुर्याउने समय पाएनौ । हामीलाई जनता विरोधीहरुले घेरा बन्दी गरे, अपवित्र साँठगाँठ गरेँ । भ्रम छरे, त्यसलाई वुझाउन नसक्दा र केहीकेही ठाउँमा जनताले चाहेका उम्मेद्धवार वनाउन ढिला हुँदा अपेक्षित परिणाम हात लाग्न सकेन । यसलाई आगामी दिनमा सुधार्नु पर्छ । पार्टीले पनि यही ढङ्गले लिएको छ । एमालेलाई जति जनताले मायाँ गरेर भोट दिनु भयो, त्यसका लागि मेरो व्यक्तिगत र पार्टीको तर्फबाट धन्याबाद दिन चाहान्छु ।


साभार सामग्री: छलफल साप्ताहिक को लागि पत्रकार कमल बोहराले गरेको कुराकानी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:१३

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलता: चुनौती, सुधार र...

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:०६

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:३१

  एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको...

आर्थिक सर्वेक्षण : आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण

आर्थिक सर्वेक्षण : आर्थिक वृद्धि ३.८५ प्रतिशत...

वि.सं.२०८३ जेठ १३ बुधवार २०:५९

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको...