IME Life
NIMB

किसानलाई मोबाइल फोन वितरण

NIMB
Himalayan Bank

 

८ जेठ,काठमाडौँ- जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न जिल्लाका किसानलाई मोबाइल फोन वितरण गरिएको छ । यहाँका ४३ वटा अगुवा कृषक, कृषि सहकारी र समूहलाई मौसम र जलवायुको विषयमा जानकारीका दिनका लागि मोबाइल फोन वितरण गरिएको हो । कृषि विकास मन्त्रालयअन्तर्गत जलवायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना व्यवस्थापन एकाइले मोबाइल फोन वितरण गरेको हो । कृषि व्यवस्थापन सूचना प्रणाली कार्यक्रमअन्तर्गत कृषि मौसम र जलवायुसम्बन्धी जानकारी सहजरुपमा पाउनका लागि सिमकार्डसहित मोबाइल फोन वितरण गरिएको गरिएको हो ।

किसानलाई जानकारीमूलक उत्पादनका प्रचारप्रसार, उत्पादन वृद्धिका लागि कृषि जलवायु तथा प्रविधिजडित जानकारीमूलक कृषि एप्ससहितको मोबाइल फोनसँगै मोबाइल रेनगेज, तापक्रम नाप्ने थर्मोमिटर वितरण गरिएको छ । मोबाइलबाट किसानले कृषिसम्बन्धी प्रश्न उत्तर, मौसमका बारेमा जानकारी, सूचना तथा जानकारीको अपडेट, कृषि र किसानको सफलताको कथालगायतका कुरा मोबाइलबाटै थाहा पाउने छन् ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले किसानले सूचना प्रविधिलाई प्रयोग गरेर व्यावसायिक कृषि प्रणालीमा अगाडि बढाउन सहज हुने बताए । कृषि सूचना सम्प्रेषणका लागि मोबाइल फोन पाएपछि यहाँका किसान निकै उत्साहित भएको रामपुरका अगुवा कृषक सूर्यप्रसाद रेग्मी बताए ।

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...