CG Electronics
IME Life
NIMB

दलहरु दोस्रो चरणको चुनावको रणनीतिसहित तयारीमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

८ जेठ, काठमाडौँ – पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकका सवै राजनीतिक दलहरु दोस्रो चरणको निर्वाचनको तयारीमा होमिएका छन् । बैशाख ३१ गते तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहको निर्वाचन सकिएर अन्तिम नतिजा आउने क्रममा रहेका वेला पहिलो चुनावको समिक्षा गर्दै राजनीतिक दलहरु दोस्रो चरणको चुनावको रणनीतिसहित तयारीमा लागेका हुन् ।

पहिलो चरणको निर्वाचनमा छिटपुट घटनाबाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको निश्कर्ष निकालेको निर्वाचन आयोगले समेत दोस्रो चरणको निर्वाचनको तयारी गर्न दल तथा सरकारलाई सुझाव दिइसकेको छ । आयोगले दोस्रो चरणको निर्वाचन कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । जसमा जेठ १९ गते उम्मेदवारी मनोनयन गर्ने समय छुट्याएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवसहितको टोलीले आईतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पहिलो चरणको निर्वाचनको समिक्षा गर्दै दोस्रो चरणको निर्वाचनमा लाग्न सुझाव दिएका थिए ।
उम्मेदवार छान्न चटारो

दोस्रो चरणमा १, २, ५ र ७ गरी चार प्रदेशका ४१ जिल्लाका ४६१ स्थानीय तहमा हुने निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दलहरुले ती स्थानका लागि योग्य उम्मेदवार छान्ने क्रम सुरु गरिसकेका छन् । प्रमुख राजनीतिक पार्टीहरु नेपाली कांग्रेस नेकपा एमाले र माओवादी केन्द्रले अवको एकसाताभित्र आफ्नातर्फबाट प्रमुख उपप्रमुखसहितका उम्मेदवार तय गर्न आ–आफ्ना पार्टीका बैठक बोलाउने तयारी गरेका छन् । कांग्रेस नेता रमेश लेखकका अनुसार कांग्रेसले एक साताभित्र सवै उम्मेदवारको टुङगो लगाउने गरी होमवर्क गरिरहेको छ ।

त्यस्तै दोस्रो ठुलो दल एमालेले पनि आगामी शनिबारसम्म उम्मेदवारको टुङगो लगाइसक्नेछ । एमाले नेता योगेश भटटराइले अधिकांश स्थानमा उम्मेदवारको टुङगो लागिसकेको भन्दै घोषणा मात्र हुन बाँकी रहेको बताए । उनले भने ‘हामीले अधिकांश सथानमा पहिल्यै तय गरेका उम्मेदवार छन् केही ठाउँमा हेरफेर गर्नुपरे पनि समय छ त्यो काम पनि छिट्टै गर्छौ’ उनका अनुसार त्यसका लागि पार्टीको बैठक केही दिनभित्रै बस्दैछ ।

यता माओवादी केन्द्रले पनि एक–दुई दिनभित्रै उम्मेदवारहरुको टुङ्गो लगाउने जनाएको छ । त्यसका लागि माओवादीले सोमबार केन्द्रीय कार्यलयको बैठक बोलाएर छलफल गरेपनि निश्कर्षमा पुग्न केही दिन लाग्ने बताएको छ । पार्टी प्रवक्ता पम्फा भुषालले सोमबारको बैठकमा मोटामोटी कुरा भएपनि अन्तिम निर्णय केही दिनभित्रै हुने बताइन् । त्यसो त कतिपय दलहरुले जिल्लाजिल्लाबाटै उम्मेदवारको टुङगो लगाउन केन्द्रीय प्रतिनिधि जिल्लामा खटाइसकेका छन् । कांग्रेस र माओवादीका कतिपय उम्मेदवारहरुले उम्मेदवारी घोषणा नै गरेर चुनावी प्रचारप्रसार सुरु गरिसकेका छन् । दलहरुले २ नम्बर प्रदेशबाहेकका जिल्लामा चुनावी प्रचार थालिसकेका हुन् ।

राजपा पनि चुनाव जाने विश्वास
खासगरी २ नम्बर प्रदेशमा चुनावावारे भएको अन्यौल पुर्णतया हटिसकेको छैन । संविधान संशोधन र सिमाङकन हेरफेरको माग गर्दै आएका मधेसबादी दलका मुद्दा के गर्ने भन्ने निर्णय प्रश्ट भैनसकेका कारण दुई नम्बर प्रदेशमा दलहरुले अन्य प्रदेशको तुलनामा चुनावी गतिविधि तीव्र बनाउन सकेका छैनन । संविधान संशोधन नगरी चुनावमा नजाने मधेसबादी दलको अडानका कारण ती जिल्लाको चुनावी गतिविधि बढाउन दलहरुलाई समस्या परेको हो । यद्यपी राजपा समेत अन्तिम समयमा चुनावमा सहभागि हुने सरकारको विश्वास रहेको छ । आइतबार मात्रै जनकपुर पुगेर प्रधानमन्त्री प्रचण्डले दोस्रो चरणको निर्वाचनमा सवै दल सहभागि हुने र उत्सवका रुपमा दोस्रो चरणको चुनाव हुने विश्वास व्यक्त गरेका थिए भने आइतबारै नेता उपेन्द्र यादवले पनि सवै मधेसी दल एक भएर चुनावमा जानुको विकल्प नभएको प्रतिकृया दिएका थिए ।

उपेन्द्र र गच्छेदारले बनाए माहोल
खासगरी मधेसवादी दल राजपा नेपालले अडान कायमै राखेपनि उपेन्द्र यादव र विजयकुमार गच्छदारको पार्टीले भने चुनावमा सहभागि बनेरमात्रै परिवर्तन विरोधी शक्तिलाई ठेगान लगाउन सकिने मधेसका जनतासामु बताइसकेका छन् । यादव र गच्छदारको पार्टीले यसअघि यसरी खुलेर चुनावबारे आफ्नो धारणा सार्वजनिक नगरेपनि पहिलो चरणको चुनावमा भने भाग लिएका थिए । राजपाबाहेक मधेसमा संगठन भएका पार्टी गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम र यादव नेतृत्वको सघीय समाजवादी फोरम समेत चुनावको पक्षमा खुलिसकेकाले दोस्रो चरणको निर्वाचन गर्न सरकार र आयोगलाई थप सहयोग पुग्ने देखिएको छ भने मधेसमा चुनावी माहोल पनि बिस्तारै बन्दै गएको छ ।

साभार :   रातोपाटि अनलाइन बाट 

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन...

वि.सं.२०८२ फागुन ४ सोमवार ०९:०६

  काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले माघ २८...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...