CG Electronics
IME Life
NIMB

इजरायल जाने नेपाली कामदारको अन्तिम नामावली सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

८ जेठ, काठमाडौं- दोस्रो चरणमा केयर गिभरमा इजरायल जाने नेपाली कामदारको अन्तिम नामावली सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले भाषा परीक्षा पास भएका ६० जनाको नाम प्रकाशित गरेको छ । अब अन्तिम छनौटमा परेकाहरुको स्वास्थ्य परीक्षण हुनेछ । त्यसमा सफल हुनेहरुलाई तत्काल इजरायल पठाउन सुरु गरिने विभागले जनाएको छ ।कामदार छनोट इजरायलको जनसंख्या तथा अध्यागमन निकाय (पीआईबीए) ले छनोट गर्ने गरेको छ । अन्तिम चरण्मा इजरायलले १८ जना पुरुष र ४२ जना महिलालाई केयर गिभरका रुपमा लैजाने भएको छ । अब अभिमूखीकरण तालिम पनि लिएर इजारयल पठाउने काम सुरु हुनेछ । पहिलो चरण्मा पनि इजरायलले ५९ जनालाई लगेको थियो ।

यो पटक इजरायलमा केयर गिभरका रुपमा जान १४ सय ७७ जनाले आवेदन दिएका थिए ।

कस्तो श्रम गन्तव्य हो इजरायल ?

इजरायलको कोरिया जान नसक्ने अनि खाडी र मलेसिया जान नचाहाने नेपालीका लागि राम्रो गन्तव्य मानिएको छ ।

इजरायलले मागको ८० प्रशिशत महिला हुनुपर्ने शर्त राखेकाले नेपाली महिलाहरुका लागि यो निकै उत्कृष्ट गन्तब्य बन्ने सम्भावना छ । इजरायल जाने नेपालीले महिनाको १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् । तीन महिनाको केयर गिभरको तालिम लिएका वा नर्सिङ पढेकाहरुलाई इजरायल लैजान सकिने दुर्इ मुलुकबीचको एमओयूमा उल्लेख छ । यसैअनुसार दोस्रो चरणमा कामदार छनोट गरिएको हो । इजरायलमा विशेषगरी वृद्धवृद्धालाई स्याहार गर्ने कामका लागि घरेलु कामदारका रुपमा केयरगिभर लिने गरिएको छ ।

विभागले पहिलो चरणका लागि गरेको आवेदनमा ८१८ जनाले दरखास्त दिएका थिए । त्यसबाट अन्तिम भाषा परीक्षामा १ सय सहभागी भएकोमा ५९ जना मात्रै छनौट भएर इजरायल पुगेका थिए ।

यसरी जाने कामदारले ५ वर्षसम्म इजरायलमा रोजगारी पाउनेछन् । इजरायल जानेले स्वास्थ्य परीक्षण, बीमा हवाई खर्चलगायत गरी लगभग ९५० डलरमात्रै तिर्नपर्छ ।

सूची हेर्नुस्

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन...

वि.सं.२०८२ फागुन ४ सोमवार ०९:०६

  काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले माघ २८...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...