Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

फौजी किराले फलेका धानको पात खाएर खेत नै बाँझो बनाउने अवस्थामा

८ जेठ, नुवाकोट- जिल्लाका किसानले लगाएको हिउँदे (चैते) धानमा फौजी किराको प्रकोप बढेको छ । फौजी किराले फलेका धानको पात खाएर खेत नै बाँझो बनाउने अवस्थामा पुर्याएको छ । एक सातादेखि देखिएका किराले धानबालीको पात खाएर बोट नै मर्न थालेपछि किसान निराश भएका हुन् । विदुर नगरपालिका–१३ अजिङ्गरेका किसान गोविन्द अधिकारीका अनुसार वैशाख तेस्रो सातादेखि फाट्टफुट्ट देखिएका किरा अहिले व्याप्त भएर धानको डाँठमात्र बाँकी राखेको छ ।

कृषि विकास कार्यालयले जिल्लाको मुख्य धान उत्पादन हुने क्षेत्रमा फौजी किरा फैलिएकाले सचेत हुन किसानलाई आग्रह गरेको छ । वरिष्ठ कृषि विकास अधिकृत डा कमलराज गैरेले विषादीको प्रयोग गरी समयमै किरा नष्ट गर्नुपर्ने बताए ।

‘किरा देखिएको क्षेत्रमा नियन्त्रणका लागि कार्यालयले साइपरमेथ्रिन र क्लोरोपाइफस नामक विषादीसमेत उपलब्ध गराएको छ ।’ डा. गैरेले ‘प्राविधिकको सुझावअनुसार किसानले समयमै नियन्त्रणमा ध्यान दिए ठूलो क्षति हुनबाट बचाउन सकिनेछ ।’

फौजी किराको लार्भा उत्पादन भएको २५ दिनसम्म सक्रिय हुने गरेका छन् । त्यही समयमा उक्त किराले आक्रामक रुपमा हरियो वनस्पति खाने हुँदा रोपो जोगाउन नियमित विषादीको प्रयोग र सिँचाइ गर्नुपर्नेमा कृषि कार्यालयले जोड दिएको छ ।

हिउँदे धान उत्पादनका लागि पकेट क्षेत्र मानिएको जिल्लाको कल्याणपुर, जिलिङ, सूर्यमती, खानीगाउँ, चौघडा, थानसिं र आसपासका क्षेत्रमा फौजीको प्रकोप बढी छ । रासस

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

वि.सं.२०८२ असार ९ सोमवार २२:००

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही...

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८...

वि.सं.२०८२ असार ९ सोमवार २१:५३

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा...

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...