IME Life
NIMB

फौजी किराले फलेका धानको पात खाएर खेत नै बाँझो बनाउने अवस्थामा

NIMB
Himalayan Bank

८ जेठ, नुवाकोट- जिल्लाका किसानले लगाएको हिउँदे (चैते) धानमा फौजी किराको प्रकोप बढेको छ । फौजी किराले फलेका धानको पात खाएर खेत नै बाँझो बनाउने अवस्थामा पुर्याएको छ । एक सातादेखि देखिएका किराले धानबालीको पात खाएर बोट नै मर्न थालेपछि किसान निराश भएका हुन् । विदुर नगरपालिका–१३ अजिङ्गरेका किसान गोविन्द अधिकारीका अनुसार वैशाख तेस्रो सातादेखि फाट्टफुट्ट देखिएका किरा अहिले व्याप्त भएर धानको डाँठमात्र बाँकी राखेको छ ।

कृषि विकास कार्यालयले जिल्लाको मुख्य धान उत्पादन हुने क्षेत्रमा फौजी किरा फैलिएकाले सचेत हुन किसानलाई आग्रह गरेको छ । वरिष्ठ कृषि विकास अधिकृत डा कमलराज गैरेले विषादीको प्रयोग गरी समयमै किरा नष्ट गर्नुपर्ने बताए ।

‘किरा देखिएको क्षेत्रमा नियन्त्रणका लागि कार्यालयले साइपरमेथ्रिन र क्लोरोपाइफस नामक विषादीसमेत उपलब्ध गराएको छ ।’ डा. गैरेले ‘प्राविधिकको सुझावअनुसार किसानले समयमै नियन्त्रणमा ध्यान दिए ठूलो क्षति हुनबाट बचाउन सकिनेछ ।’

फौजी किराको लार्भा उत्पादन भएको २५ दिनसम्म सक्रिय हुने गरेका छन् । त्यही समयमा उक्त किराले आक्रामक रुपमा हरियो वनस्पति खाने हुँदा रोपो जोगाउन नियमित विषादीको प्रयोग र सिँचाइ गर्नुपर्नेमा कृषि कार्यालयले जोड दिएको छ ।

हिउँदे धान उत्पादनका लागि पकेट क्षेत्र मानिएको जिल्लाको कल्याणपुर, जिलिङ, सूर्यमती, खानीगाउँ, चौघडा, थानसिं र आसपासका क्षेत्रमा फौजीको प्रकोप बढी छ । रासस

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...