CG Electronics
IME Life
NIMB

अमेरिका र चीनबीच आदानप्रदान भएको प्रत्यक्ष वैदेशिक लगानी गत वर्ष ६० अर्ब डलर पुग्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

८ जेठ, वासिङ्टन- अमेरिका र चीनबीच आदानप्रदान भएको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) गत वर्ष ६० अर्ब अमेरिकी डलर पुगेको छ । यो हालसम्मकै उच्च भएको रोडियम ग्रुप र नेसनल कमिटी अन यूएस–चाइना रिलेसन (एनसीयूएससीआर) ले जनाएका छन् ।

“अमेरिका–चीनबीचको दुईतर्फी एफडीआई गत वर्ष हालसम्मकै उच्च कायम भएको छ,” संयुक्त विज्ञप्तिमा भनिएको छ, “कुनै समय अमेरिकाबाट एकतर्फी रूपमा चीनमा पैसाको प्रवाह भए पनि हाल यो दुईतर्फी भएको छ ।

हाल दुवैतर्फ गरेर अर्बौं रुपैयाँको एफडीआई प्रवाह भएको छ ।” २०१६ सम्मको अवधिमा अमेरिकाबाट चीनतर्फको समग्र प्रवाह २ सय ४० अर्ब डलर पुगेको छ । यसैबीच चीनबाट पनि अमेरिकामा गत वर्षको अन्त्यसम्ममा ११० अर्ब डलर पुगेको छ । चिनियाँ अर्थतन्त्रमा भएको विस्तारले अमेरिकाले चीनमा गरेको लगानी कीर्तिमानी अवस्थामा पुगेको छ ।

चिनियाँ कम्पनीले पनि अमेरिकामा ४६ अर्ब डलरको कीर्तिमानी लगानी गरेका छन् । यो २०१५ को तुलनामा तेब्बर हो । यो पाँच वर्षअगाडिको तुलनामा दस गुणा बढी भएको विज्ञप्तिमा उल्लेख छ । २०१३ अगाडि खनिज तेलमा लगानी ठूलो परिमाणमा हुने गरेकोमा २०१६ मा चिनियाँ एफडीआईको ९० प्रतिशत भन्दा बढी सेवा र विकसित म्यानुफ्याक्चरिङको क्षेत्रमा भएको छ ।

२०१६ मा रियलइस्टेट र आतिथ्य, सूचना र सञ्चार प्रविधि, मनोरन्जन, उपभोक्ता उत्पादन र वित्तीय क्षेत्रमा चीनबाट अमेरिकामा हुन थालेको दुवै देशले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

चिनियाँ लगानीकर्ताहरू थप विस्तारित भएका छन् र अमेरिकामा आफ्नो उपस्थितिलाई बढाउँदै लगेका छन् । हाल अमेरिकी तटीय राज्यहरू न्युयोर्क र क्यालिफोर्नियाले ठूलो परिमाणमा अमेरिकी लगानी आकर्षित गरेका छन् । यसैबीच दक्षिणी र मध्यपश्चिमी राज्यहरूले पनि ठूलो परिमाणमा चिनियाँ लगानी आकर्षित गरेका छन् । एजेन्सी

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...