CG Electronics
IME Life
NIMB

चीनद्वारा २ वर्षमा सीआईएका २० जनाको हत्या

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

८ जेठ, वासिङ्गटन- चीनले सन् २०१० देखि २०१२ सम्म अर्थात २ वर्षमा अमेरिकी जासुसी एजेन्सी सीआईएका २० जनाको हत्या गरेको छ । अमेरिकाको चर्चित पत्रिका न्यूयोर्क टाइम्सले लेखेको समाचार अनुसार चीनले १८ देखि २० जना अमेरिकी जासुसलाई चीनले यात मारिदियो या कैदमा राखेको छ ।

अमेरिकी जासुस एजेन्सीहरुलाई चीनको यो कदमले ठुलो झट्का दिएको थियो । न्यूयोर्क टाइम्सले आइतबार आफ्नो एक रिपोर्टमा यो खुलासा गरेको हो । समाचार एजेन्सीका अनुसार न्यूयोर्क टाइम्सले १० जना कार्यरत र अन्य पूर्व अमेरिकी अधिकृतहरुलाई उधृत गर्दै यो दाबी गरेको हो । आफ्नो परिचय नखुलाउने शर्तमा यो काण्डको खुलासा ती अमेरकी अधिकृतहरुले न्यूयोर्क टाइम्ससँग गरेका हुन् ।

अमेरिकी अधिकृतहरका अनुसार पछिल्ला केही दशकमा देशको जासुसी निकायमा आएको सबैभन्दा गम्भीर मामिला यही थियो । रिपोर्टमा उल्लेख गरिएअनुसार अमेरिकी जासुसी अधिकारीहरु भने अहिलेसम्म सीआईएकै कुनै व्यक्तिले चीनमा अमेरिकाको जासुसीबारे जानकारी दिए नदिएकोबारे अहिलेसम्म केही बोलेका छैनन् ।

चीनले अमेरिकाविरुद्ध सन् २०१० को शुरुवातमै चीनलाई अमेरिकी जासुसबारे जानकारी दिन थालिएको थियो । चीनले आफ्नो विदेशी स्रोतसँग सम्पर्क गर्नका लागि सीआईएबाट प्रयोग गरिएका गोप्य प्रणालीलाई ह्याक गरिदिएको थियो ।

सीआईएको तर्फबाट टाइम्सकोझ रिपोर्टबारे आधिकारिक धारणा सार्वजनिक गरिएको छैन ।

रिपोर्ट अनुसार चीनको यो कदमले अमेरिकाको जासुसी सं‌यन्त्रमा ठुलो नोक्सानी पुगेको कुरामा अब कुनै शंका छैन। अमेरिकाका १२ जना भन्दामा धेरै जासुस सन् २०१० को अन्तिममा र केही जासुस सन् २०१२ को अन्तिममा चीनमा मारिएका हुन् ।

टाइम्सका अनुसार चीनले पक्राउ परेका अमेरिकी जासुसमध्ये एकलाई उनकै साथीको अगाडि गोली हानी मारिएको थियो । चीनले दुईमध्ये एकलाई साथीकै अगाडि गोली हानी मारेर अमेरिकालाई चेतावनी दिन यो कदम उठाइएको थियो ।

रिपोर्टमा उल्लेख गरिए अनुसार चीनमा अमेरिकालाई भएको यो घाटा शीत युद्धका क्रममा सोभियत संघ र रूसमा भएको एक ठुलो घटनाको बराबर थियो । त्यो बेला सीआईएका २ जासुस एल्ड्रिच एम्स र रोबर्ट ह्यान्सेनले गद्दारी गर्दा क्षति व्यहोर्नुपरेको अमेरिकाको निचोड थियो ।

समाचार अनुसार अमेरिकासहित पश्चिममा देशहरुलई चीन र रूसमा जासुसी सञ्जाल स्थापित गर्न एकदमै मुस्किल मानिन्छ । चीनमा सीआईएका जासुसलाई मारेपछि बेइजिङमा अमेरिकी दूतावासका करिब सबैजसो कर्मचारिमाथि कडा निगरानी राखिएको थियो ।

त्यो बेला अमेरिकी राष्ट्रपति बाराक ओ‌बामाको प्रशासनले चीनबाट जासुसीसम्बन्धी सूचना ढिला आउनुको उत्तर खोज्ने प्रयास गरे पनि सफल हुन सकेको थिएन ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...