चीनद्वारा २ वर्षमा सीआईएका २० जनाको हत्या

Monday May 22, 2017
वि.सं.२०७४ जेठ ८ सोमवार १०:५१

८ जेठ, वासिङ्गटन- चीनले सन् २०१० देखि २०१२ सम्म अर्थात २ वर्षमा अमेरिकी जासुसी एजेन्सी सीआईएका २० जनाको हत्या गरेको छ । अमेरिकाको चर्चित पत्रिका न्यूयोर्क टाइम्सले लेखेको समाचार अनुसार चीनले १८ देखि २० जना अमेरिकी जासुसलाई चीनले यात मारिदियो या कैदमा राखेको छ ।
अमेरिकी जासुस एजेन्सीहरुलाई चीनको यो कदमले ठुलो झट्का दिएको थियो । न्यूयोर्क टाइम्सले आइतबार आफ्नो एक रिपोर्टमा यो खुलासा गरेको हो । समाचार एजेन्सीका अनुसार न्यूयोर्क टाइम्सले १० जना कार्यरत र अन्य पूर्व अमेरिकी अधिकृतहरुलाई उधृत गर्दै यो दाबी गरेको हो । आफ्नो परिचय नखुलाउने शर्तमा यो काण्डको खुलासा ती अमेरकी अधिकृतहरुले न्यूयोर्क टाइम्ससँग गरेका हुन् ।
अमेरिकी अधिकृतहरका अनुसार पछिल्ला केही दशकमा देशको जासुसी निकायमा आएको सबैभन्दा गम्भीर मामिला यही थियो । रिपोर्टमा उल्लेख गरिएअनुसार अमेरिकी जासुसी अधिकारीहरु भने अहिलेसम्म सीआईएकै कुनै व्यक्तिले चीनमा अमेरिकाको जासुसीबारे जानकारी दिए नदिएकोबारे अहिलेसम्म केही बोलेका छैनन् ।
चीनले अमेरिकाविरुद्ध सन् २०१० को शुरुवातमै चीनलाई अमेरिकी जासुसबारे जानकारी दिन थालिएको थियो । चीनले आफ्नो विदेशी स्रोतसँग सम्पर्क गर्नका लागि सीआईएबाट प्रयोग गरिएका गोप्य प्रणालीलाई ह्याक गरिदिएको थियो ।
सीआईएको तर्फबाट टाइम्सकोझ रिपोर्टबारे आधिकारिक धारणा सार्वजनिक गरिएको छैन ।
रिपोर्ट अनुसार चीनको यो कदमले अमेरिकाको जासुसी संयन्त्रमा ठुलो नोक्सानी पुगेको कुरामा अब कुनै शंका छैन। अमेरिकाका १२ जना भन्दामा धेरै जासुस सन् २०१० को अन्तिममा र केही जासुस सन् २०१२ को अन्तिममा चीनमा मारिएका हुन् ।
टाइम्सका अनुसार चीनले पक्राउ परेका अमेरिकी जासुसमध्ये एकलाई उनकै साथीको अगाडि गोली हानी मारिएको थियो । चीनले दुईमध्ये एकलाई साथीकै अगाडि गोली हानी मारेर अमेरिकालाई चेतावनी दिन यो कदम उठाइएको थियो ।
रिपोर्टमा उल्लेख गरिए अनुसार चीनमा अमेरिकालाई भएको यो घाटा शीत युद्धका क्रममा सोभियत संघ र रूसमा भएको एक ठुलो घटनाको बराबर थियो । त्यो बेला सीआईएका २ जासुस एल्ड्रिच एम्स र रोबर्ट ह्यान्सेनले गद्दारी गर्दा क्षति व्यहोर्नुपरेको अमेरिकाको निचोड थियो ।
समाचार अनुसार अमेरिकासहित पश्चिममा देशहरुलई चीन र रूसमा जासुसी सञ्जाल स्थापित गर्न एकदमै मुस्किल मानिन्छ । चीनमा सीआईएका जासुसलाई मारेपछि बेइजिङमा अमेरिकी दूतावासका करिब सबैजसो कर्मचारिमाथि कडा निगरानी राखिएको थियो ।
त्यो बेला अमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रशासनले चीनबाट जासुसीसम्बन्धी सूचना ढिला आउनुको उत्तर खोज्ने प्रयास गरे पनि सफल हुन सकेको थिएन ।