यसरि गरियो चलचित्र ‘पर्व’को भब्य प्रिमिएर

Thursday May 25, 2017
वि.सं.२०७४ जेठ ११ बिहीवार ०८:१८

११ जेठ, काठमाडौं– टीभी फिल्मी र सुवास इन्टरटेन्मेन्टले मिलेर बनाएको चलचित्र ‘पर्व’ प्रदर्शनको पुर्व संध्यामा राजधानीमा भब्य प्रिमिएर गरिएको छ । बुधबार कमल पोखरी स्थित बिग मुभिजमा गरिएको प्रिमिएरमा कलाकार, पत्रकार तथा सर्वसाधारणको भिड लागेको थियो । चलचित्र हेर्ने प्रायले चलचित्रको बिषयमा मिश्रित प्रतिक्रिया दिएका छन् ।
‘काले दाई काले दाई’ बोलको गीत चर्चामा रहेको कारण पनि चलचित्र ‘पर्व’ले सबैको ध्यान खिच्न सफल भएको हो ।
भोली शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रको प्रिमिएरमा निर्देशक ऋषि लामिछाने, ज्ञानेन्द्र देउजा, निर्माता छबिराज ओझा, सुदर्शन थापा, अभिनेत्री पुजा शर्मा, केकी अधिकारी, अभिनेत्री सौरी मल्ल, मिथिला शर्मा, रिमा बिस्कर्मा, निर्माता सुनिल रावल, बितरक गोपाल कायस्था, गोबिन्द शाही लगायतको बाक्लो उपस्थिती रहेको थियो ।
दिनेश राउतले निर्देशन गरेको चलचित्र निकिता पौडेल र सुवास गिरीले मिलेर बनाएका हुन् । चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।