Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

बुध्द एयरको एपबाट टिकट बुकिङ, उडान समय,लगायत जानकारी

११ जेठ, काठमाडौं-  पहिले जस्तो मोबाइल अब फोन गर्ने साधन मात्र रहेन । हरेकका हात-हातमा हुने स्मार्टफोनमा यस्ता विशेषता छन्, जसले तपाई हाम्रँे जीवनलाई सोचेभन्दा धेरै सहज बनाइसकेको छ । स्मार्टफोन एप हाम्रो जीवनको अभिन्न अंग बनिसक्यो ।

घण्टाैं  लाइन लागेर गर्नुपर्ने काम समेत अहिले एकै क्लिकमा गर्न सकिन्छ । हत्केलामा अट्ने स्मार्टफोन र त्यसभित्रका एपमा के छैन ? होटलमा खाना अर्डर गर्न होस् या मन परेको फिल्म हेर्न जान होस् तपाई एपबाटै व्यवस्था मिलाउन सक्नुहुन्छ । र, हरेक व्यवसायीले समेत आफ्नो सफलताका लागि यस्ता एपको सहारा लिन थालिसकेका छन् ।

समयको प्रवाहलाई समात्दै र उत्कृष्ट सेवाप्रवाहलाई ध्यानमा राख्दै बुध्द एयरले पनि हालै आफ्नो एप सुरुवात गरेको छ । नेपाली विमान कम्पनीमा बुध्द एयर नै एकमात्र यस्तो एप बनाउने कम्पनी हो । यसको स्मार्टफोन एप एन्ड्रोइड र आईओएस दुवै प्लेटर्फममा निःशुल्क उपलब्ध छ । बुध्द एयरको एपमार्फत टिकट बुकिङ, उडान समय, उडानको अवस्थालगायत जानकारी पाइन्छ ।

बुध्द एयर एप सुरु भएको तीन महिना नपुग्दै ८ हजारभन्दा बढी डाउनलोड भइसकेको छ । यो एपले टिकट बुकिङलाई सहज बनाइदिएको छ । टिकट बुकिङ गर्नका लागि यसमा उडान मिति र गन्तव्य लेखेर उपलब्ध उडान र त्यसको भाडादर हेर्न सकिन्छ ।

ई-सेवामा खाता भएकाले सिधै अनलाइनबाट भुक्तानी गर्न सक्नेछन् । ई-सेवामा खाता नहुनेले भने टिकट बुकिङ गरेको ३० मिनेटभित्र टिकट निश्चित गरि नजिकैको बुध्द एयर काउन्टर अथवा आधिकारिक ट्राभल एजेन्सीबाट किन्न सक्छन् ।

एपमा माउन्टेन फ्लाइटको उडान बुक गर्ने सुविधा पनि छ । यसमार्फत तपाईले आगामी २४ घण्टामा हुने उडानको समेत जानकारी पाउनु हुनेछ । तपाइले बुकिङ गरेको उडानबारे ‘रिजर्व फ्लाइट सेक्सन’मार्फत जानकारी पाउनु हुनेछ । एपमा बोर्डिङ समयको समेत जानकारी राखिएको हुन्छ ।

रोयल क्लबका सदस्य भएका नियमित यात्रुले एपमा थप सुविधा पाउनेछन् । एपमा रोयल क्लबका सदस्यका लागि छुट्टै सेक्सन राखिएको छ, जसमा उनीहरुले प्रत्येक उडानमा पाएको ‘माइल्स’ बारे जानकारी पाउनेछन् ।

यसले हरेक दिनका प्रत्येक उडानको समय तालिका बारे जानकारी दिन्छ । यसले उडान स्थगन र बोर्डिङ समयको बारे पनि जानकारी दिन्छ । यसले यात्रु मात्र होइन, तिनका साथीभाई र आफन्तलाई समेत उडानबारे जानकार रहन सजिलो पारेको छ ।

यो एपले बुध्द एयरसम्बन्धी हरेक जानकारी प्रदान गर्दछ । यसको सबैभन्दा राम्रो विशेषता भनेको हरेक फिचर्सको प्रयोग गर्न पाउनु हो । एपबाटै तपाई कम्पनीको वेवसाइट हेर्न सक्नुहुन्छ, नजिकका काउन्टरको सम्पर्क पाउन सक्नुहुन्छ ।

त्यत्तिमात्र होइन, बुध्द एयरले निकाल्ने उडान पत्रिका ‘यात्रा’ समेत पढ्न पाउनु हुनेछ । तपाइका गुनासा र प्रश्नको जवाफका लागि पनि यो एपको मद्दत लिन सक्नुहुन्छ ।

बुध्द एयर एपले तपाईको मोबाइलमा धेरै ‘स्टोरेज’ समेत लिदैन । सजिलो गरि चलाउन मिल्ने र थोरै मात्र ‘स्पेस’ लिने भएकाले नै यो विशेष एप बन्न सफल भएको छ ।
निश्चय नै यो एप चलाउन वाइफाई वा मोबाइल डाटाको आवश्यकता पर्छ तर केही सुविधा जस्तै सम्पर्क र रिजर्व फ्लाइट बारे जानकारी भने इन्टरनेट बिनै लिन सकिन्छ ।

हेर्नुहोस भिडियो

एनसेल ‘सधैं अन करोडपति’ योजनाः १ करोड रुपैयाँ नगद बम्पर पुरस्कार, हरेक हप्ता १० लाख रुपैया नगद पुरस्कार र सहभागी सबैलाई उपहार

एनसेल ‘सधैं अन करोडपति’ योजनाः १ करोड...

वि.सं.२०८२ असार १ आइतवार १८:५७

  काठमाडौं । अब एनसेलको सधैं अनले ग्राहकहरुलाई सम्पर्कमा रही...

नाफा भन्दा पनि आम मानिसलाई फाइदा पुग्ने, सरकारको प्राथमिकतामा परेको र व्यवसायको रूपमा अघि बढ्न सक्ने मूल सिद्धान्तमा टेकेर अघि बढिरहने आइएमई संस्थापकहरुको प्रतिबद्धता

नाफा भन्दा पनि आम मानिसलाई फाइदा पुग्ने,...

वि.सं.२०८२ जेठ ३१ शनिवार २२:४७

  काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

आइएमई लिमिटेडले नसोचेको सफलता पायो : चन्द्र ढकाल

आइएमई लिमिटेडले नसोचेको सफलता पायो : चन्द्र...

वि.सं.२०८२ जेठ ३१ शनिवार १२:३१

काठमाडौं । त्यस्तै सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका...

हेल्थी च्वाइस एस्थेटिक अस्पतालको अफरमा एससीटी–युपीआई कार्डमार्फत भुक्तानी गर्दा थप ५ प्रतिशत छुट

हेल्थी च्वाइस एस्थेटिक अस्पतालको अफरमा एससीटी–युपीआई कार्डमार्फत...

वि.सं.२०८२ जेठ ५ सोमवार २३:१९

  काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली...

‘दुरसंचार ऐन वा नीतिहरु पूरानो भएकाले समयसापेक्ष संशोधन आवश्यक छ’

‘दुरसंचार ऐन वा नीतिहरु पूरानो भएकाले समयसापेक्ष...

वि.सं.२०८२ जेठ ३ शनिवार १४:३७

  –ग्रामीण क्षेत्रमा दूरसञ्चार टावरहरूको संख्या बढेपनि तिनमा आवश्यक विद्युत...

मोबाइल एसोसरिजमा ‘बीएन ब्राण्ड’का मात्र १ सय ५० बढी उत्पादन

मोबाइल एसोसरिजमा ‘बीएन ब्राण्ड’का मात्र १ सय...

वि.सं.२०८२ जेठ ३ शनिवार १४:२९

  हेटौंडा । नेपाली मोबाइल बजारमा एसोसरिजको माग बढ्दो छ...