IME Life
NIMB

बुध्द एयरको एपबाट टिकट बुकिङ, उडान समय,लगायत जानकारी

NIMB
Himalayan Bank

११ जेठ, काठमाडौं-  पहिले जस्तो मोबाइल अब फोन गर्ने साधन मात्र रहेन । हरेकका हात-हातमा हुने स्मार्टफोनमा यस्ता विशेषता छन्, जसले तपाई हाम्रँे जीवनलाई सोचेभन्दा धेरै सहज बनाइसकेको छ । स्मार्टफोन एप हाम्रो जीवनको अभिन्न अंग बनिसक्यो ।

घण्टाैं  लाइन लागेर गर्नुपर्ने काम समेत अहिले एकै क्लिकमा गर्न सकिन्छ । हत्केलामा अट्ने स्मार्टफोन र त्यसभित्रका एपमा के छैन ? होटलमा खाना अर्डर गर्न होस् या मन परेको फिल्म हेर्न जान होस् तपाई एपबाटै व्यवस्था मिलाउन सक्नुहुन्छ । र, हरेक व्यवसायीले समेत आफ्नो सफलताका लागि यस्ता एपको सहारा लिन थालिसकेका छन् ।

समयको प्रवाहलाई समात्दै र उत्कृष्ट सेवाप्रवाहलाई ध्यानमा राख्दै बुध्द एयरले पनि हालै आफ्नो एप सुरुवात गरेको छ । नेपाली विमान कम्पनीमा बुध्द एयर नै एकमात्र यस्तो एप बनाउने कम्पनी हो । यसको स्मार्टफोन एप एन्ड्रोइड र आईओएस दुवै प्लेटर्फममा निःशुल्क उपलब्ध छ । बुध्द एयरको एपमार्फत टिकट बुकिङ, उडान समय, उडानको अवस्थालगायत जानकारी पाइन्छ ।

बुध्द एयर एप सुरु भएको तीन महिना नपुग्दै ८ हजारभन्दा बढी डाउनलोड भइसकेको छ । यो एपले टिकट बुकिङलाई सहज बनाइदिएको छ । टिकट बुकिङ गर्नका लागि यसमा उडान मिति र गन्तव्य लेखेर उपलब्ध उडान र त्यसको भाडादर हेर्न सकिन्छ ।

ई-सेवामा खाता भएकाले सिधै अनलाइनबाट भुक्तानी गर्न सक्नेछन् । ई-सेवामा खाता नहुनेले भने टिकट बुकिङ गरेको ३० मिनेटभित्र टिकट निश्चित गरि नजिकैको बुध्द एयर काउन्टर अथवा आधिकारिक ट्राभल एजेन्सीबाट किन्न सक्छन् ।

एपमा माउन्टेन फ्लाइटको उडान बुक गर्ने सुविधा पनि छ । यसमार्फत तपाईले आगामी २४ घण्टामा हुने उडानको समेत जानकारी पाउनु हुनेछ । तपाइले बुकिङ गरेको उडानबारे ‘रिजर्व फ्लाइट सेक्सन’मार्फत जानकारी पाउनु हुनेछ । एपमा बोर्डिङ समयको समेत जानकारी राखिएको हुन्छ ।

रोयल क्लबका सदस्य भएका नियमित यात्रुले एपमा थप सुविधा पाउनेछन् । एपमा रोयल क्लबका सदस्यका लागि छुट्टै सेक्सन राखिएको छ, जसमा उनीहरुले प्रत्येक उडानमा पाएको ‘माइल्स’ बारे जानकारी पाउनेछन् ।

यसले हरेक दिनका प्रत्येक उडानको समय तालिका बारे जानकारी दिन्छ । यसले उडान स्थगन र बोर्डिङ समयको बारे पनि जानकारी दिन्छ । यसले यात्रु मात्र होइन, तिनका साथीभाई र आफन्तलाई समेत उडानबारे जानकार रहन सजिलो पारेको छ ।

यो एपले बुध्द एयरसम्बन्धी हरेक जानकारी प्रदान गर्दछ । यसको सबैभन्दा राम्रो विशेषता भनेको हरेक फिचर्सको प्रयोग गर्न पाउनु हो । एपबाटै तपाई कम्पनीको वेवसाइट हेर्न सक्नुहुन्छ, नजिकका काउन्टरको सम्पर्क पाउन सक्नुहुन्छ ।

त्यत्तिमात्र होइन, बुध्द एयरले निकाल्ने उडान पत्रिका ‘यात्रा’ समेत पढ्न पाउनु हुनेछ । तपाइका गुनासा र प्रश्नको जवाफका लागि पनि यो एपको मद्दत लिन सक्नुहुन्छ ।

बुध्द एयर एपले तपाईको मोबाइलमा धेरै ‘स्टोरेज’ समेत लिदैन । सजिलो गरि चलाउन मिल्ने र थोरै मात्र ‘स्पेस’ लिने भएकाले नै यो विशेष एप बन्न सफल भएको छ ।
निश्चय नै यो एप चलाउन वाइफाई वा मोबाइल डाटाको आवश्यकता पर्छ तर केही सुविधा जस्तै सम्पर्क र रिजर्व फ्लाइट बारे जानकारी भने इन्टरनेट बिनै लिन सकिन्छ ।

हेर्नुहोस भिडियो

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:११

काठमाडौँ, जेठ २९, २०८३ । नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न...

एनसेल डाटा सेन्टरलाई अन्तर्राष्ट्रिय ‘टीआईए–९४२–सी रेटेड ३’ प्रमाणीकरण

एनसेल डाटा सेन्टरलाई अन्तर्राष्ट्रिय ‘टीआईए–९४२–सी रेटेड ३’...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:२६

  काठमाडौं, जेठ २६ । एनसेल बिजनेसले ललितपुरको नख्खुमा सञ्चालनमा...

शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान

शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा...

वि.सं.२०८३ जेठ २५ सोमवार २१:५९

  डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको...