शोभितले फर्काए शम्भुजीतालाई चलचित्र ‘बाबु कान्छा’ मार्फत

Friday May 26, 2017
वि.सं.२०७४ जेठ १२ शुक्रवार ११:४५

१२ जेठ, काठमाडौं– लामो समयदेखि चलचित्रको गीत–संगीतबाट टाढा रहँदै आएका संगीतकार शम्भुजीत बास्कोटा चलचित्रमा फर्किएका छन् । निर्देशक शोभित बस्नेतले आफ्नो चलचित्र ‘बाबु कान्छा’ मार्फत शम्भुजीतालाई फर्काएका हुन् । ‘बाबु कान्छा’को एक गीत शम्भुजीतले आफ्नो आवाजमा रेकर्ड गराएका छन् । टंक बुढाथोकीको संगीत रहेको गीत बिहिबार संगीतकारकै स्टुडियोमा रेकर्ड गरिएको हो ।
निर्देशक शोभितले आफ्नो चलचित्रको गीत शम्भुजीतले गाएको खुसी तस्बिर सहित फेसबुक मार्फत शेयर गरेका छन् । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘बाबु कान्छा’मा उनका छोरा सलोन बस्नेतको मुख्य भुमिका रहेको छ ।
शोभितको यो २९ औ चलचित्र हुनेछ । ७५ देखि ८० लाख लागतमा निर्माण हुने चलचित्रका कार्यकरी निर्माता पत्रकार रबि अधिकारी हुन् । चलचित्र अहिले छायाँकनको अन्तिम चरणमा छ ।