CG Electronics
IME Life
NIMB

चीनलाई ट्रम्पको खतरनाक धम्कि

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

१२ जेठ, बीबीसी – दक्षिणी चीन सागरमा चीनले बनाएको कृत्रिम द्वीप नजिकै बुधबार एक अमेरिकी युद्धपोत पुग्यो । डोनल्ड ट्रम्पको हातमा अमेरिकी सत्ता आएपछि दक्षिण चीन सागरमा चीनियाँ दाबीले पहिले पटक यस्तो चुनौती पाएको हो । अमेरिकी मिडियाको नाम नखुलाइएको सूत्रका अनुसार यूएसएस डिवी युद्धपोत चीनको कृत्रिम द्वीपबाट १२ नौटिकल मिल टाढा पुगेको थियो ।

चीनका अनुसार अमेरिकी युद्धपोत उनको जलक्षेत्रमा बिना अनुमती आएको थियो र त्यहाँका नौसेनाले तत्काल त्यहाँबाट जाने चेतावनी दिए । यद्यपी, अमेरिकाले आफू कुनै पनि अन्तर्राष्ट्रिय जलसेनामा आफ्नो अभियान जारी राख्न सक्छ भनी दाबी गर्यो । अमेरिकाले आफूले क्षेत्रीय विवादमा कसैको पनि पक्ष नलिने तर अमेरिका विवादित द्विपमा सैन्य जहाज र लडाकू विमान पठाउन सक्ने भनी टिप्पणी गरिरहेको छ ।

अमेरिकाको भनाई अनुसार समुन्द्र र हवाई क्षेत्रमा आफ्नो सैन्य मरिन बिना रोकटोक आवतजावत हुनुपर्नेमा विश्वास राख्छन् । अमेरिका रणनीतिक जलक्षेत्रमा सैन्य मरिनाको आवतजावत सिमित गरेकोमा आलोचना गर्ने गर्दछ ।

चीन पूरा दक्षिण चीन सागरमा आफ्नो दाबी गर्दछ । अर्कोतर्फ अन्य देश पनि दक्षिण चीन सागरको द्वीपमाथि दाबी गर्दछ ।

चीनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु कांगले अमेरिकाको यो कदमको निन्दा गरेको छ । उनका अनुसार अमेरिकाको यो कदमले चीनको सम्प्रभुता र सुरक्षा हितलाई नोक्सानी पुगेको छ र यसले हवाई र समुन्द्री दुर्घटनालाई बढावा दिनेछ ।

उनले भने, ‘जुन स्वतन्त्र उडान र सैन्य मरिनको आवतजावतले चीनको सम्प्रभुता र सुरक्षा हितमाथि चोट पुगेको छ म त्यसको विरोध गर्दछु । यो विषयमा चाहे जुन पनि देश होस्, त्यसको म जोडदार तरिकाले विरोध गर्दछु ।’

उनका अनुसार चीन र थुप्रै एशियाली देश दक्षिण चीन सागरमाथि भइरहेको विवादलाई कम गर्ने कोसिसमा लागेका छन् । उनले भने, ‘अमेरिकाको यो कदमले संवाद र सम्पर्कको प्रक्रियामा चोट पुगेको छ ।’

चीनले दक्षिण चीन सागरमा कृत्रिम द्वीप र सैन्य अड्डा बनाएपछि विवाद अझै चुलिएको छ ।

चीन र अमेरिका एक अर्कामाथि दक्षिण चीन सागरमा सैन्यीकरणलाई बढावा दिएको आरोप लगाउने गर्दछन् ।

दक्षिण चीन सागरको विवादले एक वैश्विक चिन्ताको रुप लिइसकेको छ ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...