बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा कम्तिमा २६ जनाको मृत्यु
Friday May 26, 2017
वि.सं.२०७४ जेठ १२ शुक्रवार १२:१४

१२ जेठ, कायरो – क्रिस्चियन धर्मावलम्बीहरु बोकेको बसमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा कम्तिमा २६ जनाको मृत्यु भएको स्थानीय मिडियालाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । मिनिया सहरमा रहेको सेन्ट स्यामुयल मोनास्ट्रीमा गइरहेका यात्रुहरुमाथि आक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता खालेद मुगाहेदले बताएका छन् ।
दुईवटा कारमा सवार बन्दुकधारीहरुले मरुभूमिको बीचमा गोली प्रहार गरेका थिए । मिनियाबाट १ सय किलोमिटर पश्चिममा भएको घटनामा २५ जना घाइते भएको बताइन्छ ।
मारिनेमा पुरुष, महिलासहित बालबालिका पनि रहेको बताइएको छ ।
घटना कसले के कारणले घटाएको भन्ने यकिन भएको छैन ।
सन् २०११ मा होस्नी मुबारकको पतनपछि इजिप्टमा क्रिस्यिनहरुमाथि आक्रण्म बढेको छ । इजिप्टमा १० प्रतिशत क्रिस्चियनहरु रहेका छन् ।
गत महिना पाम सहरमा भएको चर्च हमला कारण देशमा अझै संकटकालको स्थिति रहेको छ । उक्त घटनाको इस्लामिक स्टेटले जिम्मेवारी लिएको थियो । -एजेन्सी

























