Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

ग्यास्ट्रिक बाट मुक्त हुन यसो गर्नुस

Machhapuchchhre Bank Limited

ग्याष्ट्रिकको समस्या आमनेपालीका लागि नौलो होइन । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि समस्याले अधिकांशलाई सताइरहेको हुन्छ । वाकवाकी लाग्ने, वान्ता हुने, डकार आइरहने, वान्ता हुने, छाती चस्कने, खाना नपच्नेलगायत लक्षण ग्याष्ट्रिकका हुन् । साथै, तौल कम हुने, छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, भोक नलाग्ने, मुख गन्हाउने, पेट भारी हुने, अपान वायु बढ्ने, पेट फुल्ने लक्षण पनि ग्याग्ट्रिक हुँदा देखिन्छ । ग्याष्ट्रिक खानपान र जीवनशैलीमा ध्यान नदिँदा हुने समस्या हो । यो त्यति ठूलो रोग नभए पनि बेवास्ता गरेमा पछि आन्द्रामा घाउ भएर अल्सरको जोखीमसमेत हुन सक्छ । ग्याष्ट्रिकको उपचारका लागि ठूलो अस्पताल जानैपर्छ भन्ने छैन । गाउँघरमै उपलब्ध हुने प्राकृतिक मसला, जडीबुटी आदिको सेवनले यो समस्या न्यूनीकरण गर्न सकिन्छ, जसबारे यहाँ चर्चा गरिएको छ :

बेसारको पात
बेसारको पातलाई ग्याष्ट्रिकको सबैभन्दा राम्रो औषधि मानिन्छ । दिनको एक ग्लास दूधमा टुक्रा पारेको बेसारको पात मिसाएर दिनहुँ पिउने गरे यो समस्या कम हुन्छ ।

अम्बाको पात
एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस् । यसलाई दिनहुँ पिउँदा ग्याष्ट्रिक निवारण गर्न सकिन्छ ।

आलुको जुस
आलुलाई सफा गर्नुहोस् र त्यसपछि बोक्रा हटाई चप गरेर पानीमा उमाल्नुहोस् । यसलाई दिनको एक ग्लास खानाअघि पिउनुहोस् । यसो गर्दै जाँदा ग्याष्ट्रिक कम हुँदै जान्छ ।

अदुवा
ग्याष्ट्रिकको समस्या कम गर्ने अर्काे राम्रो औषधि हो अदुवा । यसको सेवनले खाना पचाउन पनि मद्दत पुग्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउने गर्नाले ग्याष्ट्रिकले सताउँदैन । अदुवाको धूलो र वीरेनून हिङपानीमा मिसाएर खाने गरे ग्याष्ट्रिकको समस्या झनै छिटो समाधान हुन्छ ।

बेकिङ सोडा
बेकिङ सोडामा धेरै मात्रामा एण्टासिड हुने भएकाले ग्याष्ट्रिकको समस्या हटाउन मद्दत गर्छ । एक ग्लासमा आधा चम्चा बेकिङ सोडा राखेर मिसाउनुहोस् र दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस् । ग्याष्ट्रिकको समस्याबाट मुक्ति पाउनुहुनेछ ।

दालचिनी
तातेको दूधमा आधा चम्चा दालचिनीको धूलो र मह अलिकति राखेर मिसाउनुहोस् । यसको सेवन राति सुत्नुअगाडि गर्नुहोस् । यसले ग्याष्ट्रिकको समस्या हटाउन सकिन्छ ।

हिङ
हिङमा पानी मिसाई यसको पेष्ट बनाउनुहोस् । यसलाई पेटमा केही बेर राख्नुहोस् । दैनिक यस्तो गर्नाले ग्याष्ट्रिकको समस्या हुन पाउँदैन ।

जीरा
एक ग्लास तातो पानीमा एक चम्चा जीराको दाना राखेर उमाल्नुहोस् । केही समयसम्म यसलाई ढाकेर राख्नुहोस् । त्यसपछि यसको सेवन गर्नुहोस् । ग्याष्ट्रिक रोगमा यो पनि राम्रो उपचार विधि हो ।

लसुन
दुई/तीनओटा लसुनलाई आगोमा पोल्नुहोस् । त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस् । ताजा लसुनलाई पिसनु, जीराको धूलो, जीराको गेडालाई पानीमा राखेर उमाल्नुहोस् । यसको नियमित सेवनले ग्याष्ट्रिक रोगमा फाइदा पुग्छ ।

सुप
सुपलाई पनि एक प्रकारको औषधिकै रूपमा लिन सकिन्छ । पानीमा सुपको दाना राखी उमाल्नुहोस् । यसलाई सेलाएपछि खाने गर्नाले यो समस्याबाट छूटकारा मिल्छ ।

पुदिना
एक ग्लास पानीमा ताजा पुदिना राखेर उमाल्नुहोस् । सेलाएपछि त्यसमा मह हालेर दिनको दुई र तीनपटक खानुहोस् । यसरी पनि ग्याष्ट्रिकको समस्या हटाउन सकिन्छ ।

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो, दुई चरणको काम थालि सक्यौं : मन्त्री पौडेल

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो,...

वि.सं.२०८१ फागुन १२ सोमवार २३:२५

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य...

पीएल सिंह सबैलाई सरल व्यवहार गर्ने व्यक्ति हुनुहुन्थ्यो : मन्त्री पौडेल

पीएल सिंह सबैलाई सरल व्यवहार गर्ने व्यक्ति...

वि.सं.२०८१ पुस १४ आइतवार १६:१९

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले दिवंगत कांग्रेस...

काठमाण्डौको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा

काठमाण्डौको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा

वि.सं.२०८१ पुस १३ शनिवार २२:४८

  काठमाडौं । क्लिनिक वानले काठमाण्डौ मण्डिखटारमा तेश्रो शाखा संचालनमा...

चिसो मौसममा बुढाबुढी र युवाहरुलाई छाला सम्बन्धि बढी समस्या देखिन्छ : डा.अमृता श्रेष्ठ

चिसो मौसममा बुढाबुढी र युवाहरुलाई छाला सम्बन्धि...

वि.सं.२०८१ पुस ११ बिहीवार १०:०८

विशेषगरी जाडोमा स्किन केयर एकदमै आवश्यक छ । जुनसुकै उमेरका...

कार्यालय समयमा चिकित्सक नभएको गुनासो मन्त्रीसमक्ष पुगेपछि कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको पत्र

कार्यालय समयमा चिकित्सक नभएको गुनासो मन्त्रीसमक्ष पुगेपछि...

वि.सं.२०८१ पुस ६ शनिवार १३:१९

काठमाडौं । चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य...

जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री

जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका...

वि.सं.२०८१ मंसिर १२ बुधवार १९:३१

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्धालाई आर्थिक,...