लोकगायक कुमार बस्नेत सांगीतिक प्रस्तुतिका लागि अष्ट्रेलिया को तयारीम

Friday May 26, 2017
वि.सं.२०७४ जेठ १२ शुक्रवार १७:००

१२ जेठ, काठमाण्डौँ- प्रसिद्ध लोकगायक कुमार बस्नेत सांगीतिक प्रस्तुतिका लागि अष्ट्रेलिया आउने भएका छन् । पहिलोपटक अष्ट्रेलिया आउन लागेका लोकगायक बस्नेतले यही जुनको पहिलो साता सिड्नीमा आफ्नो सांगितिक प्रस्तुती दिने भएका छन् ।
झापाली समाज अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रम अन्य सांगीतिक कार्यक्रमभन्दा फरक बनाउने उद्देश्यले लोकगायक कुमार बस्नेतलाई आमन्त्रण गरिएको बताइएको छ । अष्ट्रेलियामा पप, आधुनिक गीतका गायकगायिकाहरु बोलाएर सांगितिक कार्यक्रम हुँदै आएकोमा पहिलोपट सम्पूर्ण रुपले लोकसंगीतमा समर्पित यो पहिलो कार्यक्रम हुने आयोजकले दाबी गरेको छ ।
सिड्नीको मराना अडिटोरियमा जुनको ३ तारिखमा आयोजना हुन लागेको यस कार्यक्रममा नेपाली लोकगायनको क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप सम्मान समेत गरिने आयोजकले बताएको छ । विगत लामो समयदेखि लोकगायनमा समर्पित गायक बस्नेत नेपाली लोकक्षेत्रमा अग्रज र हस्ती मानिन्छन् ।
अहिले भइरहेका सांगितिक कार्यक्रमहरुभन्दा पृथकता दिने उद्देश्यले नेपाली लोकक्षेत्रका अगुवालाई कार्यक्रमका लागि आमन्त्र गरिएको आयोजक संस्थाका अध्यक्ष दीपक खनालले बताए । सुमधुर सांगितिक साँझ नाम दिइएको कार्यक्रममा यहाँ रहेर संगीत क्षेत्रमा लागिपरेका युवाहरुले समेत प्रस्तुतिमार्फत सहयोग पुर्याउनेछन् ।
आयोजकले कार्यक्रमबाट उठेको रकम झापा जिल्लाको शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा खर्च गरिने समेत बताएको छ ।