IME Life
NIMB

जथाभावी बाटो काट्ने पैदल यात्रुलाई पनि कारवाहि हुने

NIMB
Himalayan Bank

१३ जेठ, काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले यही जेठ १६ गतेदेखि जथाभावी रुपमा बाटो काट्ने पैदलयात्रुलाई दुई सय रुपैयाँजरिवाना गर्ने भएको छ । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले काठमाडौँ उपत्यकामा सडक दुर्घटनाबाट बर्सेनि ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदलयात्रु रहेकाले यसलाई न्यूनीकरण गर्न सडक सुरक्षा अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।

उनले भने, ‘जथाभावी बाटोमा हिँडेकै कारण बर्सेनि ७०–८० जनाले ज्यान गुमाउने गरेका छन्, यसलाई रोक्नु नै हाम्रो प्रमुख लक्ष्य हो ।’

महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ लाई टेकेर कारबाही गर्न लागेको जनाएको छ । ऐनको दफा १३७ अनुसार पैदल हिँड्ने यात्रुले बाटो काट्दा जेब्राक्रसिङ र अकासे पुलनै प्रयोग गर्नुपर्छ । जथाभावी बाटो काट्नेलाई दुई सय देखि एक हजार रुपैयाँ सम्म जरिवाना गरिने कानुनी व्यवस्था बमोजिम कारबाही गर्न लागेको प्रमुख लामाले बताए ।

पैदलयात्राको क्रममा साथमा दुई सय रुपैयाँ पनि नभएका यात्रुलाई तीन घन्टासम्म नियन्त्रणमा लिई ट्राफिक नियम सम्बन्धी शिक्षा दिइने महाशाखाले जनाएको छ । महाशाखाले फुटपाथमा जथाभावी पार्किङ गर्ने तथा पसल राख्नेलाई समेत कारबाही गर्दैआएको छ । गत चैत २८ गतेदेखि आजसम्म सात हजार ४६९ व्यक्ति कारबाहीमा परेका महाशाखाले जनाएको छ । -रासस

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन...

वि.सं.२०८२ फागुन ४ सोमवार ०९:०६

  काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले माघ २८...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...