IME Life
NIMB

आठ महिनामा कृषि उत्पादनमा उत्साहजनक उपलब्धि

NIMB
Himalayan Bank

१५ जेठ, काठमाडौँ- आर्थिक वर्ष २०७३-७४ को आठ महिनामा कृषि उत्पादनमा उत्साहजनक उपलब्धि देखिएको छ । व्यवस्थापिका–संसद्मा आज पेस भएको आर्थिक सर्वेक्षण २०७३-७४ मा कृषि क्षेत्रको उत्पादन पाँच दशमलव शून्य २९ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गत आवको सोही अवधिमा कृषि क्षेत्रको उत्पादन शून्य दशमलव शून्य तीन प्रतिशत थियो ।

अनुकूल मौसम, रासायनिक मल, कृषि औजारको सहज उपलब्धताका कारण खाद्यान्न उत्पादन बढेको हो । चालु आवमा कुल खाद्यान्न उत्पादन ९७ लाख ४१ हजार मेट्रिक टन पुग्ने अनुमान छ । उक्त उत्पादन गत वर्षको तुलनामा १३ प्रतिशतले बढी हो ।

सबैभन्दा बढी धानको उत्पादनमा २१ दशमलव शून्य छ प्रतिशत वृद्धि भई ५२ लाख ३० हजार मेट्रिक टन पुगेको छ । चालु आवको आठ महिनामा सिँचाइ सुविधा थप नौ हजार ७७५ हेक्टरमा विस्तार भएको छ ।

कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशत छ भने झन्डै १७ लाख हेक्टर जमिनमा खेती गरिन्छ । कृषि गणना २०६८ का अनुसार ६६ प्रतिशत जनता कृषि पेसामा संलग्न छन् ।

चालु आवमा धान, मकै, कोदो, फापर (तीते र मीठे) को कूल उत्पादन एक करोड ४ लाख मेट्रिक टन छ । हालको जनसङ्ख्यालाई धान्न ९६ लाख मेट्रिक टन अन्न आवश्यक पर्छ ।

गत वर्ष धान ४२ लाख ९९ हजार मेट्रिक टन उत्पादन भएकामा यस वर्ष ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन भएको छ ।

गत वर्ष मकै २२ लाख ३१ हजार मेट्रिक टन उत्पादन भएकामा यस वर्ष २२ लाख ५९ हजार मेट्रिक टन, कोदो तीन लाख दुई हजार मेट्रिक टन उत्पादन भएकामा यस वर्ष तीन लाख छ हजार मेट्रिक टन उत्पादन भएको छ ।

त्यसैगरी फापर (तीते र मीठे) को गत वर्ष ११ हजार ६०० मेट्रिक टन उत्पादन भएकामा यस वर्ष ११ हजार ८०० मेट्रिक टन र गहुँ गत वर्ष १७ हजार मेट्रिक टन उत्पादन भएको थियो ।

यस वर्ष तराइको झापा, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, मोरङ र रौतहटलगायत १० जिल्लामा धानको उत्पादनमा वृद्धि भएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो ।

नेपालमा चैते धान, वर्षे धान र घैया धानको खेती हुँदै आएको छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदानमध्ये धानको मात्र २० प्रतिशत छ ।

अर्थमन्त्री कृष्णबहादुर महराले अर्थतन्त्रको आकारमा सेवा क्षेत्रको अंश बढ्दै गए पनि कृषिको अंश घट्दै गएको बताए ।

शिक्षित युवाको कृषि क्षेत्रतर्फ आकर्षण नहुनु, खेतीयोग्य जमिन घडेरीमा परिणत हुनु, सीमित व्यक्तिका हातमा प्रचुर जमिन हुनु, तथा जग्गा बाँझो राख्ने चलनले कृषिको अंश घट्दै गएको हो ।

देशभर २५ लाख ८० हजार रोपनी जग्गा पूर्णरुपमा बाँझो भएको कृषि विकास मन्त्रालयका सचिव डा सुरज पोखरेलले जानकारी दिनुभयो ।

छैटौँ कृषि गणना २०६८ का अनुसार एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको उल्लेख छ । पछिल्लो १५ वर्षको अवधिमा कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान घट्दै आएको छ । रासस

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...