Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

दोश्रो चरणको चुनाव केहि दिन सार्ने तयारी मा दलहरू

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

१४ जेठ, काठमाडौं- आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचन केही दिन सर्ने लगभग पक्का भएको छ । चुनावको मिति सारेर भएपनि आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाललाई सहभागी गराउन प्रमुख दलहरु सहमति नजिक पुगेका छन् ।

राजपाले चुनावमा सहभागिता हुने संकेत दिएको छ । तर, प्रतिवद्धता जनााएको छैन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आहृवानमा सत्तारुढ कांग्रेस, माओवादी, फोरम लोकतान्त्रिक, प्रमुख विपक्षी एमाले र राजपाका नेताहरु सहभागी थिए ।

सत्तारुढ दलका एक नेताका अनुसार चुनावको मिति केही दिन सार्ने लगभग समझदारी जुटेको छ ।

प्रमुख विपक्षी दल एमालेका नेताहरु पनि यसमा सकारात्मक देखिएका छन् । एमाले अध्यक्ष केपी ओली चुनाव सार्ने प्रस्तावको विपक्षमा छन् । तर, माधवकुमार नेपालसहितका नेताहरु राजपा चुनावा आउँछ भने मिति सार्न सकारात्मक छन् ।

चुनाव असार ७ वा ८ गतेलाई सर्ने सम्भावना छ । यसबारे भोलि प्रधानमन्त्री प्रचण्डलेे निर्वाचन आयोगसँग परामर्श गरेपछि औपचारिक निर्णय हुनेछ ।

राजपालाई चुनावमा सहभागी गराउन फास्ट ट्रयाकबाट ऐन संशोधन गर्ने र उम्मेदवारलाई आधिकारिता प्रदान गर्ने पदाधिकारीको हस्ताक्षर बुझाउने समय दिने सहमति भएको छ । स्रोतका अनुसार यो प्रक्रिया भोलि नै अघि बढ्नेछ ।

चुनावको मिति सारेपछि राजपा पनि चुनावमा सहभागी हुने प्रमुख दलहरुको विश्वास छ ।

यद्यपि बालुवाटारमा बसेको प्रमुख दलहरुको बैठकमा राजापाले संविधान संशोधन र जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धिमा नै जोड दिएका छन् । सर्वोच्चको आन्तरिम आदेश भ्याकेन्ट गराएर भएपनि संख्या बढाउनु पर्ने उनीहरुको माग छ ।

एक नेताका अनुसार राजपाका नेताहरुले चुनावको मिति सारेपछि हुने चुनावमा आउने ठोस प्रतिवद्धता जनाएका छैनन् । एक नेताले भने, उहााहरुले वातावरण बनाउनुस् मात्र भनेका छन् । तर, सकारात्मक देखिएका छन् ।’

चुनावको मिति सार्दा पनि राजपा सहभागी भएन भने के गर्ने भन्ने प्रमुख दलहरुको चिन्ता छ ।

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...