IME Life
NIMB

दोश्रो चरणको चुनाव केहि दिन सार्ने तयारी मा दलहरू

NIMB
Himalayan Bank

१४ जेठ, काठमाडौं- आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचन केही दिन सर्ने लगभग पक्का भएको छ । चुनावको मिति सारेर भएपनि आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाललाई सहभागी गराउन प्रमुख दलहरु सहमति नजिक पुगेका छन् ।

राजपाले चुनावमा सहभागिता हुने संकेत दिएको छ । तर, प्रतिवद्धता जनााएको छैन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आहृवानमा सत्तारुढ कांग्रेस, माओवादी, फोरम लोकतान्त्रिक, प्रमुख विपक्षी एमाले र राजपाका नेताहरु सहभागी थिए ।

सत्तारुढ दलका एक नेताका अनुसार चुनावको मिति केही दिन सार्ने लगभग समझदारी जुटेको छ ।

प्रमुख विपक्षी दल एमालेका नेताहरु पनि यसमा सकारात्मक देखिएका छन् । एमाले अध्यक्ष केपी ओली चुनाव सार्ने प्रस्तावको विपक्षमा छन् । तर, माधवकुमार नेपालसहितका नेताहरु राजपा चुनावा आउँछ भने मिति सार्न सकारात्मक छन् ।

चुनाव असार ७ वा ८ गतेलाई सर्ने सम्भावना छ । यसबारे भोलि प्रधानमन्त्री प्रचण्डलेे निर्वाचन आयोगसँग परामर्श गरेपछि औपचारिक निर्णय हुनेछ ।

राजपालाई चुनावमा सहभागी गराउन फास्ट ट्रयाकबाट ऐन संशोधन गर्ने र उम्मेदवारलाई आधिकारिता प्रदान गर्ने पदाधिकारीको हस्ताक्षर बुझाउने समय दिने सहमति भएको छ । स्रोतका अनुसार यो प्रक्रिया भोलि नै अघि बढ्नेछ ।

चुनावको मिति सारेपछि राजपा पनि चुनावमा सहभागी हुने प्रमुख दलहरुको विश्वास छ ।

यद्यपि बालुवाटारमा बसेको प्रमुख दलहरुको बैठकमा राजापाले संविधान संशोधन र जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धिमा नै जोड दिएका छन् । सर्वोच्चको आन्तरिम आदेश भ्याकेन्ट गराएर भएपनि संख्या बढाउनु पर्ने उनीहरुको माग छ ।

एक नेताका अनुसार राजपाका नेताहरुले चुनावको मिति सारेपछि हुने चुनावमा आउने ठोस प्रतिवद्धता जनाएका छैनन् । एक नेताले भने, उहााहरुले वातावरण बनाउनुस् मात्र भनेका छन् । तर, सकारात्मक देखिएका छन् ।’

चुनावको मिति सार्दा पनि राजपा सहभागी भएन भने के गर्ने भन्ने प्रमुख दलहरुको चिन्ता छ ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...