CG Electronics
IME Life
NIMB

सरकारले एक बर्ष भित्रै पूर्वाधार बिकास बैंक स्थापना गर्ने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

१७ जेठ, काठमाडौं–ठूला आयोजनामा पुँजी जुटाउन तथा लगानीलाई सुनिश्चित गर्न सरकारले एक बर्ष भित्रै पूर्वाधार बिकास बैंक स्थापना गर्ने भएको छ । आर्थिक बर्ष २०७४÷०७५ को वार्षिक बजेटमा मिति तोकेरै सरकारले पूर्वाधार बिकास बैंक स्थापना गर्ने निर्णय लिएको हो ।
खासगरि, उर्जा क्षेत्रमा लगानी वढाउन यो बैंक स्थापनाको परिकल्पना गरिएको हो । निजी क्षेत्रको समेत प्रस्तावमा विगतमै पूर्वाधार विकास बैंक स्थापना गर्ने रणनीति सरकारले लिएको थियो । तर, प्रभावकारी रुपमा काम भने अघि वढेको थिएन । वर्तमान सरकारले वजेटमै व्यवस्था गरेपछि अव भने एक बर्षमै बैंक स्थापना हुने आशा बढेको छ ।
केन्द्रिय बैंकको स्वीकृतीमा उसैको नियमन रहनेगरि पूर्वाधार विकास बैंक स्थापना हुने छ । यसका लागि निजी क्षेत्रसँग समेत सहकार्य रहने अर्थमन्त्रालयले जनाएको छ । बैंकको चुक्ता पुँजी कति रहने भन्ने यकिन नभएपनि विगतमा राष्ट्र बैंकले दिएको सुझाव अनुसार न्युनतम २० अर्ब रुपैयाँ पुँजी रहने छ । यसका लागि विदेशी बैंकहरुसँग पनि साझेदारी रहने जनाइएको छ ।
यस्तै, सरकारले ठूला आयोजनामा लगानीको भरपर्दो स्रोत जुटाउन अहिले बैंकमै थन्किएर रहेको तीन वटा कोषको भरपर्दो लगानी गर्ने रणनीति समेत लिएको छ । युवा स्वरोजगार कोष, ग्रामिण स्वलम्वन कोष र पुनरुद्धार कोषमा अहिले पनि अर्बौ रकम थन्किएर रहेको छ । यी तीनवटै कोषलाई एक आपसमा गाभ्ने (मर्जर) योजना पनि सरकारले वजेट मार्फत ल्याएको छ । ‘तीनवटा कोषलाई मर्ज गरेर प्रभावकारी संस्था स्थापना हुने छ’, वजेटमा अर्थमन्त्री महराले भनेका छन् ।
विगतमा समेत यी कोषको रकम सही सदुपयोग गर्न माग हुदै आएको थियो । सरकारको स्वामित्तवमा रहेका यस्ता कोषको रकम बैंकमा न्युन ब्याजमा रहेका छन् । यस्तै, अर्को कोष कामदार कल्याणकारी कोषको अर्बौ रकम पनि बैंकमा रहेको छ । वैदेशिक रोजगारीमा जाने युवाले विदेश जानुपूर्व कोषमा एक हजार रुपैयाँ योगदान गर्नुपर्ने व्यवस्था छ । रोजगारीका लागि विदेसिएकाले राखेको सो कोषमा अहिले अर्बौ रुपैयाँ छ । त्यो रकम वैदेशिक रोजगार प्रवद्र्धन वोर्ड अन्र्तगत छ ।

त्यसको रकम विदेशमा मृत्यु हुने, घाइते हुनेका परिवारलाई आर्थिक सहायता, कर्मचारीको विदेश भ्रमणमा मात्र खर्च भैरहेको छ । तर, निश्चित रकम कोषमा राखेर जलविद्युत आयोजनामा कामदारकै सेयर रहने गरि लगानी गर्ने योजना भने सरकारले वनाएको छैन ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...