CG Electronics
IME Life
NIMB

भारतीय अपहरणकारी समूह प्रहरी नियन्त्रणमा

NIMB
Himalayan Bank

१८ जेठ डोटी–  बुधवार राति एक नेपालीलाई अपहरण गर्ने भारतीय समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डोटी दिपायल सिलगढी नगरपालिका–८ लडागडा निवासी लालवहादुर आउजीलाई अपहरण गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । यद्यपी प्रहरीले अपहरणकारी को थिए भन्ने खुलाएको छैन । मध्यराती अपहरण गर्ने ब्यक्तिहरु भारतीय भएकाे स्थानीयले बताएका छन् ।


स्थानीयबासीका अनुसार राती करीव दुई बजे भारतमा काम गर्ने लडागडाकै प्रसाद पार्की र अन्य तीन जना भारतीयले घरमै सुतेका बेला लालवहादुरको अपहरण गरेका हुन् ।

‘प्रसादले मध्यरातमा ढोका ढक्ढक्याएपछि लालवहादुरकी श्रीमतिले ‘को हो भनी सोध्दा उनले आफ्नो परिचय दिएपछि ढोका खोलियो’ एक स्थानीयले भने ‘ढोका खोल्नासाथ उक्त समूह भित्र पसी लालवहादुरलाई हात खुट्टा बाँधी जवरजस्ती गाडीमा हालेर लगे ।’ उनी भन्छन् ‘डोरीले हात खुट्टा बाँधियो र मुखमा पट्टी पनि बाँधियो ।’

घटनापछि स्थानीयले तत्काल ईलाका प्रहरी कार्यालय लडागडामा खवर गरेका थिए । घट्नाको सुचना जिल्ला प्रहरी कार्यालय डोटीसम्म पुगेपछि जिप्रकाको पहलमा अपहरणमा प्रयोग गरिएको गाडी, अपहरणकारी र अपहरित व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ ।

डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले घटना घटना भएको र छानविन भइरहेको बताए । उनले अनुसन्धानकै क्रममा भएकाले सबै भन्न नमिल्ने भन्दै अनुसन्धानपछि विस्तृत बिबरण आउने बताए ।
साभार रतोपाटी

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...