IME Life
NIMB

प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि नबढाउन सभामुखलाई एमालेको आग्रह

NIMB
Himalayan Bank

१९ जेठ, काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि नबढाउन सभामुख ओनसरी घर्तीलाई आग्रह गरेको छ । शुक्रबार संसद भवन नयाँबानेश्वरमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमालेले संसद अवरुद्ध भईरहेका बेला प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि नबढाउन सभामुख घर्तीलाई आग्रह गरेको हो । भरतपुर महानगरपालिकाको मतगणना गरेर संसद अवरोध नखुलेसम्म प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि नबढाउन सुझाव दिइएको एमाले नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।


एमालेले भरतपुर महानगरपालिकाको मतगणना सुरु नभए संसदमा कुनै पनि प्रक्रियामा भाग लिन नसकिने पनि स्पष्ट पारेको छ । यता, सत्तारुढ नेकपा माओवादी केन्द्रले भने प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउने काम सभामुखको भएको टिप्पणी गरेको छ । सभामुखको स्वविवेकीय अधिकार भएकाले प्रधानमन्त्री निर्वाचन प्रक्रिया रोक्न नमिल्ने सुझाव दिइएको नेता रामनारायण बिडारीले जानकारी दिए ।

माओवादी केन्द्रले राष्ट्रपतिले प्रधानमन्त्री निर्वाचन गराउन दिएको आदेश अवज्ञा गर्ने अधिकार सभामुख र प्रमुख प्रतिपक्ष एमाले दुवैलाई नरहेको तर्क समेत गरेको छ । राष्ट्रपति विद्या भण्डारीले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न विहिबार नै संसदलाई आह्वान गर्नु भएको छ । तर संसद बैठक अवरुद्ध भएकाले सो प्रक्रिया अघि बढाउन सभामुखलाई अप्ठयारो परेको छ ।
बैठकमा अधिकांश दलका नेताहरुले संसद बैठक खोल्ने वातावरण बनाएर प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउन उपयुक्त हुने सुझाव दिएका थिए । संसद सचिवालयले २१ गते प्रधानमन्त्री निर्वाचन गर्ने तयारी गरेको छ । तर एमालेले भरतपुर महानगरपालिकाको मतगणना सुरु नभई संसद बैठक सूचारु गराउन नदिने अडान राख्दै आएको छ । काँग्रेस, माओवादी केन्द्रले भने निर्वाचन सम्बन्धि काम निर्वाचन आयोगको भएको उल्लेख गर्दै त्यस्ता विषयलाई संसदमा प्रवेश गराएर एमालेले मुलुकलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाउँदै आएको छ ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...