Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि नबढाउन सभामुखलाई एमालेको आग्रह

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

१९ जेठ, काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि नबढाउन सभामुख ओनसरी घर्तीलाई आग्रह गरेको छ । शुक्रबार संसद भवन नयाँबानेश्वरमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमालेले संसद अवरुद्ध भईरहेका बेला प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि नबढाउन सभामुख घर्तीलाई आग्रह गरेको हो । भरतपुर महानगरपालिकाको मतगणना गरेर संसद अवरोध नखुलेसम्म प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि नबढाउन सुझाव दिइएको एमाले नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।


एमालेले भरतपुर महानगरपालिकाको मतगणना सुरु नभए संसदमा कुनै पनि प्रक्रियामा भाग लिन नसकिने पनि स्पष्ट पारेको छ । यता, सत्तारुढ नेकपा माओवादी केन्द्रले भने प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउने काम सभामुखको भएको टिप्पणी गरेको छ । सभामुखको स्वविवेकीय अधिकार भएकाले प्रधानमन्त्री निर्वाचन प्रक्रिया रोक्न नमिल्ने सुझाव दिइएको नेता रामनारायण बिडारीले जानकारी दिए ।

माओवादी केन्द्रले राष्ट्रपतिले प्रधानमन्त्री निर्वाचन गराउन दिएको आदेश अवज्ञा गर्ने अधिकार सभामुख र प्रमुख प्रतिपक्ष एमाले दुवैलाई नरहेको तर्क समेत गरेको छ । राष्ट्रपति विद्या भण्डारीले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न विहिबार नै संसदलाई आह्वान गर्नु भएको छ । तर संसद बैठक अवरुद्ध भएकाले सो प्रक्रिया अघि बढाउन सभामुखलाई अप्ठयारो परेको छ ।
बैठकमा अधिकांश दलका नेताहरुले संसद बैठक खोल्ने वातावरण बनाएर प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउन उपयुक्त हुने सुझाव दिएका थिए । संसद सचिवालयले २१ गते प्रधानमन्त्री निर्वाचन गर्ने तयारी गरेको छ । तर एमालेले भरतपुर महानगरपालिकाको मतगणना सुरु नभई संसद बैठक सूचारु गराउन नदिने अडान राख्दै आएको छ । काँग्रेस, माओवादी केन्द्रले भने निर्वाचन सम्बन्धि काम निर्वाचन आयोगको भएको उल्लेख गर्दै त्यस्ता विषयलाई संसदमा प्रवेश गराएर एमालेले मुलुकलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाउँदै आएको छ ।

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...