२१ हजार आठ सय ८९ कित्ता सेयरको लिलामी गर्दै नागबेली लघुवित्त

Friday Jun 02, 2017
वि.सं.२०७४ जेठ १९ शुक्रवार ०८:०३

१९ जेठ काठमाडौँ- शुक्रबार देखि नागबेली लघुवित्तले २१ हजार आठ सय ८९ कित्ता सेयरको लिलामी सुरु गरेको छ । मंसिर २० गतेदेखि माघ १० गतेसम्म जारी गरेको एक लाख २५ हजार कित्ता हकप्रदमा बिक्री नभएको संस्थापक सेयर लघुवित्तले बोल कबोल मार्फत बेच्न लागेको हो ।
जेठ १९ गतेदेखि ईच्छुक लगानीकर्ताले नागबेलीको लिलामी सेयरमा कम्पनीको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी तथा नागबेलीको प्रधान कार्यालय बिर्तामोड झापाबाट जेठ २६ गतेसम्म शिलबन्दी बोलपत्र प्रस्तुत गर्न सक्नेछन् ।
ईच्छुक लगानीकर्ताले बोलपत्र प्रस्तुत गर्दा न्युनतम एक सय कित्ता र अधिकतम सबै सेयरका लागि १० कित्ताको गुणांकमा आवेदन गर्न सक्नेछन् । प्राप्त भएको बोलपत्र जेठ २८ गते दिनको ४ बजे खुला गरी असार १ गते बाँडफाँड गरिन्छ । सेयर प्राप्त गर्न नसक्ने लगानीकर्ताहरुलाई असार ६ गतेदेखि रकम फिर्ता गर्नेे छ ।
पाँच करोड ४ लाख ५२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको नागबेली लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा दुई करोड ८२ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक ७४ रुपैयाँ ७५ पैसा कायम गरेको छ ।