IME Life
NIMB

नया जीवन बिमा कम्पनीमा बैंकर देखि व्यवसायीसम्मको लगानी

NIMB
Himalayan Bank

१९ जेठ, काठमाडौं-  हालै अर्थमन्त्रालयबाट सञ्चालनको लागी अनुमति पाएका १० जीवन बिमा कम्पनीमा बैंकर देखि बैंकर व्यवसायीसम्मले लगानी गरेका छन् । बिमा समितिमा पेश गरिएको विवरण अनुसार १० वटा जीवन बिमा कम्पनीमा बैंकर राजनसिंह भण्डारी, रमेश कुमार भट्टराई लगायतको लगानी छ । त्यस्तै, बैंकर व्यवसायी चन्द्र प्रसाद ढकाल, जीवनाथ लामिछाने, कालु गुरुङले नयाँ जीवन बिमा कम्पनीमा लगानी गरेका हुन् ।

त्यस्तै, यी बिमा कम्पनीका प्रथम सञ्चालकहरुमा व्यवसायी पशुपति मुरारका, भाइकाजी श्रेष्ठ, डा. बिरेन्द्र प्रसाद महतो, रामेश्वर थापा, आँ छिरी शेर्पा र उमेश लाल श्रेष्ठलगायत रहेका छन् ।

अहिले नयाँ जीवन बिमा कम्पनीमा प्रथम सञ्चालक र अन्य संस्थापकको रुपमा रहेका यो समूहमा नयाँ लगानीहरु भने थपिन नपाउने व्यवस्था गरेका छन् ।

‘यी समूहभित्रको रहेको सेयर स्वामित्व नियमको परिधि भित्र रहेर परिवर्तन गर्न पाउँछन्, तर नयाँ लगानीकर्ता भने अहिले संस्थापकको रुपमा थपिन पाउदैनन्,’ बिमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले भने ।

संस्थापकहरुले तत्काल चुक्ता गर्न कबुल गरेको पूँजी १५ प्रतिशत वा सोभन्दा बढि एउटै व्यक्ति, परिवार, संस्था वा समूहमा रहेमा सञ्चालकको रुपमा अयोग्य हुने व्यवस्था छ ।

त्यस्तै, यो दुई व्यवस्थासँगै यी नीतिहरुको माध्यमबाट बिमा समितिले कुनै पनि व्यक्ति ,एकाघर परिवार वा संस्थाले जीवन वा निर्जीवन, कुनै एक एकै किसिमको बिमा व्यवसाय गर्ने दुई वटा कम्पनीमा लगानी गर्दा हरेकमा ०.९९ प्रतिशतभन्दा बढि लगानी गर्न नपाउने व्यवस्था गरेको छ । तर एउटै प्रकृतीको कुनै एक कम्पनीमामा लगानी गर्दा भने १४.९९ प्रतिशतसम्म लगानी गर्न सक्नेछन् ।

हाल बिमा समितिले नयाँ १० जीवन बिमा कम्पनीहरुलाई सञ्चालनको लागि आशय पत्र (लेटर अफ इन्टेन्ट) दिइसकेको छ । अबको तीन महिनाभित्रमा यी कम्पनीहरुले संस्थापकहरुको ७० प्रतिशत लगानी जुटाएर सञ्चालनमा आइसक्नु पर्नेछ ।

यसअघि २०६४ अघि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुँदा यी कम्पनीमा देखिएका केही लगानीकर्ताले भने लगानी नगर्ने देखिएको छ । यसअघि सिटिजन लाइफमा कैलाश प्रसाद सिरोहियासँगै लगानी गर्ने मनस्थितीमा देखिएका विनोद ज्ञवाली अहिले भने कम्पनीको प्रथम सञ्चालकमा रहेका छैनन् ।

त्यस्तै, एभेरेष्ट इन्स्योरेन्समा साझेदारी गरेर बीचमा आपसी द्वन्द्वमा समेत देखिएका लगानीकर्ता राजेन्द्र खेतान र निरञ्जन कुमार टिवडेवालले महालक्ष्मी लाइफ इन्स्योरेन्समाआफै लगानीकर्ताको रुपमा  प्रस्ताव गरेका थिए । तर, अहिले खेतान समूहबाट तारा चन्द्र र टिवडेवालबाट रवि कुमारको प्रतिनीधित्व रहेको छ ।

सञ्चालन प्रक्रियामा रहेका कम्पनी र तिनीहरुका प्रथम सञ्चालक निम्नानुसार छन् :

१) सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रदिपजंग पाण्डे

विरेन्द्र बहादुर बस्नेत

कैलाश प्रसाद सिरोहिया

विकास जबरा

आँ छिरी शेर्पा

पृथ्वी राज पाण्डे

सुधिर बाबु खत्री

तारा चन्द्र खेतान

पशुपति मुरारका

रामेश्वर थापा

२) स्टार लाइफ इन्स्योरेन्स

प्रभु इन्भेष्टमेन्ट

प्रभु बैंक

भवानी भक्त जोशी

नरेश बहादुर मल्ल

शेर बहादुर पाण्डे

भाइकाजी श्रेष्ठ

सुदर्शन राज पाण्डे

३) सन नेपाल लाइफ इन्स्योरेन्स

राजेन्द्र शाक्य

सत्यनारायण क्याल

पवन कुमार वंसल

शसील कुमार धुरका

प्रमोद अग्रवाल

पुस्कर भक्त शर्मा

निता शर्मा

४) सन नेपाल लाइफ इन्स्योरेन्स

बद्री प्रसाद ओझा

अरुण कुमार ओझा

गोपाल प्रसाद श्रेष्ठ

जीवनाथ लामिछाने

घनश्याम थापा

डा. विरेन्द्र प्रसाद महतो

५) रिलायन्स लाइफ इन्स्योरेन्स

पवन कुमार अग्रवाल

मनोज कुमार केडिया

जगदश कुमार अग्रवाल

अशोक कुमार तोदी

सिद्धार्थ बैंक

तारा चन्द्र केडिया

६) रिलायवल लाइफ इन्स्योरेन्स

कालु गुरुङ

राधेश्याम अग्रवाल

मोहन उपाध्ययाय लोहनी

पुरुषोत्तम पौड्याल

७) रिलायवल इन्भेष्टमेन्ट वित्तीय संस्था

राजन सिंह भण्डारी

आइएमइ लाइफ इन्स्योरेन्स

चन्द्र प्रसाद ढकाल

ग्लोबल बैंक

इश्वर प्रकाश जोशी

पवन कुमार अग्रवाल

ज्ञान बहादुर जिसी

विष्णु प्रसाद उपाध्यय

जीवन बाबु श्रेष्ठ

८) महालक्ष्मी लाइफ इन्स्योरेन्स

मनोरञ्जन रमण शर्मा

मोहन राज जोशी

दिपकराज काफ्ले

महालक्ष्मी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई

उमेश लाल श्रेष्ठ

रवि कुमार टिवडेवाल

तारा चन्द्र खेतान

९) ज्योती लाइफ इन्स्योरेन्स

बोध प्रसाद त्रिपाठी

डा. रमेश चोखानी

सुरज अधिकारी

शर्मिला श्रेष्ठ

१०) युनियन लाइफ इन्स्योरेन्स

शुलभ अग्रवाल

शेखर गोल्छा

सन्दिप कुमार अग्रवाल

सावंर मल अग्रवाल

 

स्रोत : बिमा समिति

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...