CG Electronics
IME Life
Ncell NPL

ब्रुमर र ‘ट्री ट्रान्सप्लान्टर’ मेसिन किन्दै काठमाडौँ महानगरपालिका

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

१९ जेठ, काठमाडौं-   अब काठमाडौं महानगरपालिकाले हुर्किएका रुखरुलाई पनि सार्न चाहेको स्थानमा सार्न सकिने गरी ‘ट्री ट्रान्सप्लान्टर’ मेसिन किन्ने भएको छ । यसका लागि अबको २-३ दिनभित्रै टेण्डर निकालिने महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले जानकारी दिए ।  ‘हामी अब तत्काल २ वटा ट्रान्सप्लान्टर किन्दैछौं, टेण्डर निकाल्न अन्तिम तयारी भइरहेको छ । टेक्निकल स्पेशीफिकेशनसहित अब बोलपत्र आह्वान गर्न धेरै दिन लाग्दैन ।’

यो मेसिन आएपछि विजकासका काम गर्दा काठमाडौं उपत्यकामा हुर्किएका रुखहरु काट्नुपर्ने बाध्यता हट्नेछ । ‘अहिले सडक छेउमा विरुवा हुर्काउन निकै समस्या छ । अब हामी अन्त विरुवा हुर्काएर सडकमा ट्रान्सप्लान्ट गर्न सक्छौं’ पौडेलले भने, ‘यो मेसिन आएपछि शहरमा हरियाली प्रवर्द्धन गर्न विभिन्न स्थानबाट हुकर्किएका रुख ल्याएर रोप्न सक्छौं ।’

के हो ट्री ‘ट्री ट्रान्सप्लान्टर’ ?


ट्री ‘ट्री ट्रान्सप्लान्टर’ मेसिन विदेशमा खासै नयाँ प्रविधि हैन । नपालमा भने अहिलेसम्म यस्तो प्रविधि भित्रिएको छैन । महानगरपालिकाले १० देखि २० फिटसम्मका रुख सार्न मिल्ने किसिमको मेसिन ल्याउने भनेको छ । यस्तो मेसिनले एक ठाउँको विरुवालाई जेरैबाट उखेल्छ । त्यसको आकारमा सार्नपर्ने ठाउँमा तयार गरिएको खाल्डोमा यसले रुख सारिदिन्छ । अहिले विरुवा नै रोप्नुपर्ने बाध्यता यसले हटाइदिन्छ ।

महानगरपालिकाले यसपछि बिरुवा हुकाउन समस्या हुने सार्वजनिक स्थलमा रुख नै रोप्ने गरीअभियान थाल्ने जनाएको छ ।

अहिले विरुवा रोप्दा पैदलयात्रुले निमोठ र बढ्नै नदिने, संरक्षणको अभावमा मर्ने, सवारीले कुल्चिदिने लगायतका समस्या छन् ।  जसले काठमाडौंमा हरियाली प्रवर्द्धनका लागि खासै काम नै हुन सकेको छैन ।

ब्रुमर पनि किन्दै महानगर


यस्तै काठमाडौं महानगरपालिकाले यसै आर्थिक वर्षभित्रै ५ वटा ब्रुमर मेसिन किन्ने भएको छ । राती सडक पखाल्न सुरु गरिसकेको महानगरपालिकाले १८ करोड खर्चेर ५ वटा ब्रुमर खरिदका लागि अर्थमन्त्रालयबाट रकम निकासा पनि पाएको छ ।

सडक बढार्ने र धुलो तान्ने ब्रुमर किन्न ९ करोड रुपैयाँ महानगरपालिकालाई अर्थ मन्त्रालयले निकासा दिएको छ ।

मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा खनिएका सडकका कारण काठमाडौं उपत्यकाका अधिकांश सडक धुलाम्मे छन् । घाम लाग्दा बुङ्बुङ्ती उड्ने धुलो र पानी पर्दा हिलो हुने हुँदा काठमाडौंबासीले सास्तीमात्रै खेप्नु परेको छैन, वायुप्रदुषण पनि ह्वात्तै बढेको छ ।

यही समस्याको समाधानका लागि रातीको समयमा सडक पखाल्ने कामलाई पनि जारी राखिएको अधिकृत पौडेलले बताए ।

साभार सामग्री: अनलाइनखबर

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड,...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:३६

  काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ...

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा छुट

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:४९

  काठमाडौँ । बिहानीको कफी होस् वा व्यावसायिक बैठक अनि...

नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध, केही समयपछि पुनः सञ्चालन

नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध, केही समयपछि...

वि.सं.२०८२ चैत १५ आइतवार १०:२६

  काठमाडौं। नेपाल टेलिकम को मोबाइल डाटा तथा एफटीटीएच (FTTH)...

११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा क्यान महासंघको वेबिनार सम्पन्न

११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा क्यान...

वि.सं.२०८२ फागुन २६ मंगलवार २१:४१

काठमाडौं । ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा क्यान महासंघ...

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि...

वि.सं.२०८२ फागुन २६ मंगलवार २१:१७

  काठमाडौं, ५ मार्च २०२६ — विश्वव्यापी प्रविधि कम्पनी याङ्गो...

एनसेलको डिजिटल विस्तार : VoLTE रोमिङदेखि २५० मिलियन डलर लगानी प्रस्ताव

एनसेलको डिजिटल विस्तार : VoLTE रोमिङदेखि २५०...

वि.सं.२०८२ फागुन १६ शनिवार ०९:१५

  काठमाडौं। निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले डिजिटल पूर्वाधार...