IME Life
NIMB

एन्ड्रोइड सिस्टमका जन्मदाताले गरे आफ्नै स्मार्टफोन लञ्च

NIMB
Himalayan Bank

१९ जेठ, एजेन्सी- गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमका जन्मदाता मध्येका एक एन्डी रुबिनले आफ्नै स्मार्टफोन लञ्च गरेका छन् । कुनै समय इन्टरनेट जाएन्ट गुगलको एन्ड्रोइड सफ्टवेयरका हर्ताकर्ता रहेका एन्डी रुबिनले उच्च मूल्यको गुणस्तरीय स्मार्टफोन बजारमा ल्याएका हुन् ।

रुबिनले सन् २०१४ मा गुगलको जागिर छाडेर एक प्रविधि लगानी कम्पनी खोलेका थिए । उक्त लगानी कम्पनीले इसेन्सल नामक एक कम्पनीमा लगानी गरेको थियो र सोही इसेन्सल कम्पनीले आफ्नो पहिलो स्मार्टफोनको रुपमा इसेन्सल फोन लञ्च गरेको हो ।

यो डिभाइस एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित छ । यसको मूल्य अमेरिकामा ६ सय ९९ डलर तोकिएको छ । बजारमा हाल स्थापित ब्राण्डका स्मार्टफोनहरु अगाडि यो स्मार्टफोन खरो उत्रिन सक्नेमा विज्ञहरुले शन्देह प्रकट गरेका छन् ।

स्मार्टफोन बजारमा मौजूदा सर्वाधिक शेयर सामसुङको रहेको छ । जसले स्मार्टफोन बजारमा २१ प्रतिशत हिस्सा ओगटेको छ । दोश्रो स्थानमा एप्पलको हिस्सा १४ प्रतिशत रहेको छ ।

यो फोन महंगो भएको र यसले बजारमा रहेका सुपथ मूल्यका राम्रा फोनसँग टक्कर लिने नसक्ने कतिपयले बताएका छन् ।

यो स्मार्टफोनमा २ वटा मूख्य क्यामरा रहेका छन् । त्यस्तै एउटा सेल्फी क्यामरा रहेको छ, जसमा सेल्फी मोडमा कुनैपनि प्रकारको प्रकाशको अवस्थालाई ह्याण्डल गर्न सक्दछ । यो स्मार्टफोनमा टाइटानियम प्रयोग गरिएको छ । जसका कारण यो फोनमा बाहिरी खोल राख्नुपर्ने छैन, सुरक्षित रहेको छ ।

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:११

काठमाडौँ, जेठ २९, २०८३ । नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न...

एनसेल डाटा सेन्टरलाई अन्तर्राष्ट्रिय ‘टीआईए–९४२–सी रेटेड ३’ प्रमाणीकरण

एनसेल डाटा सेन्टरलाई अन्तर्राष्ट्रिय ‘टीआईए–९४२–सी रेटेड ३’...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:२६

  काठमाडौं, जेठ २६ । एनसेल बिजनेसले ललितपुरको नख्खुमा सञ्चालनमा...

शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान

शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा...

वि.सं.२०८३ जेठ २५ सोमवार २१:५९

  डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको...