अमेरिकी रक्षामन्त्रीले चिन लार्इ दिए यस्तो चेतावनी

Saturday Jun 03, 2017
वि.सं.२०७४ जेठ २० शनिवार १०:२९

२० जेठ, अमेरिका- अमेरिकी रक्षामन्त्री जेम्स् माटिसले दक्षिणी चिनियाँ समुद्रमा चिनियाँ सैनिकीकरण स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
सिंगापुरमा सुरक्षा सम्मेलनलाई सम्बोधन गर्दै माटिसले सैनिकीकरणले क्षेत्रीयता स्थिरतालाई खलल पुर्याउने बताएका छन् । चीनले आफ्नो भूभाग भएको दाबी गर्दै आएको उक्त खनिज स्रोत सम्पन्न भूभागलाई अरु मुलुकले पनि आफ्नो दाबी छोडेका छैनन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने दक्षिण चिनियाँ समुद्रमा आफ्नो चासो रक्षा गर्ने दृढता व्यक्त गर्दै आएका छन् ।
सिंगापुर सम्मेलनमा अमेरिकी विदेशमन्त्री माटिसले उत्तर कोरियाको मिसाइल र आणविक गतिविधि नियन्त्रणलाई लागि चीनले खेलेको भूमिकाको भने सराहना गरे ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथिको प्रतिबन्ध बढाएको केही समय पछि नै अमेरिकी विदेशमन्त्रीको यस्तो भनाई आएको हो ।