IME Life
NIMB

भरतपुर महानगरमा पुन मतदान गर्ने आयोगको निर्णयविरुद्ध एमाले अदालत जाने

NIMB
Himalayan Bank

 

२० जेठ , २०७४ काठमाडौं-  चितवनको भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नेकपा एमाले अदालत जाने भएको छ। मतगणनाका क्रममा मतपत्र च्यातेपछि अवरुद्ध भएको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय निर्वाचन आयोगले शनिबार गरेको थियो।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको एमालेको स्थायी समिति बैठकले आयोगको पुन मतदान गर्ने निर्णयले लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध सबै प्रकारका न्यायिक उपचारको खोजी गर्ने निर्णय गरेको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोगको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने बताए।

उनले पुन मतदान गराउने निर्णय गर्दैमा सबै कुरा सकियो भनेर नसोच्न सत्तारुढ दललाई चेतावनी दिदै एमाले कानुनी उपचार खोज्नमा लाग्ने बताए। एमालेले पुन मतदान गराउने निर्णयलाई नाटकको संज्ञा दिदै त्यसलाई अस्वीकार गर्ने निर्णय पनि गरेको छ। सरकारद्धारा योजनावद्ध ढंगले पुन मतदान गराउने काम भएको भन्दै उसले सो प्रक्रियामा सहभागी नहुने निर्णय पनि गरेको छ। अध्यक्ष ओलीले निर्वाचन आयोगले एउटा संबैधानिक निकायको भूमिका अनुसार निर्वाचन गराउने दायित्व पुरा गर्नुको सट्टा दवावमा आएर लाचारी निर्णय गरेको आरोप लगाए।

निर्वाचन आयोगको शनिबार बसेको बैठकले विभिन्न प्रतिवेदनबाट मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको भन्दै भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदान गराउने निर्णय गरेको हो।

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...