CG Electronics
IME Life
NIMB

बाल बच्चा सहित हिमानी पुगिन गोरखा, नवनिर्वाचित मेयर उपमेयरले गरे बिशेष भेटघाट

NIMB
Himalayan Bank


२४ जेठ, गोरखा- पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयन्द्र र दुई छोरी पूर्णिमा तथा कृतिकाका साथ मंगलबार गोरखा पुग्नुभएको छ । मंगलबार बिहान १० बजे गोरखा पुग्नुभएकी शाह गोरखनाथ र गोरखकालीको पूजाअर्चनामा सरिक हुनुभएको गोरखनाथका पुजारी प्रदीपनाथ योगीले जानकारी दिनुभयो ।

करिब एक घन्टाको पूजाअर्चनापछि उहाँले गोरखा संग्राहलयको अवलोकन गर्नुभएको थियो । गोरखा संग्रहालयमा शाहवंशीय ऐतिहासिक सामग्री सुरक्षित छन् । संग्रहालयको अवलोकनपछि उहाँ गोरखा नगरपालिका कार्यालयमा पुगेर नवनिर्वाचित मेयर राजनराज पन्त, उपमेयर बिनाकुमारी श्रेष्ठ, कार्यकारी अधिकृत जीवन आलेलगायतका पदाधिकारी तथा कर्मचारीसँग भेटघाट गर्नुभएको थियो ।

उहाँले ऐतिहासिक स्थल गोरखाको पुरातात्विक तथा ऐतिहासिक सम्पदाको विकासका लागि हिमानी ट्रस्टमार्फत काम गर्ने बताउनुभएको मेयर पन्तले जानकारी दिनुभयो । ‘हामीले गोरखाको ऐतिहासिक, पुरातात्विक, पर्यटकीय महत्व र वर्तमान अवस्थाबारे जानकारी गरायौं’, उहाँले भन्नुभयो, ‘उहाँले गम्भीरताका साथ मनन गर्नुभयो र आफू सम्वद्ध हिमानी ट्रस्टमार्फत संरक्षण र विकासको काम गर्ने बताउनुभयो ।’

गणतन्त्र स्थापना भएपछि पूर्वराजपरिवारको यो पहिलो गोरखा भ्रमण हो । यसअघि पूर्वराजपरिवार नियमित गोरखा भ्रमणमा जाने र गोरखनाथ, गोरखकालीको दर्शन, पूजाअर्चना गर्ने गोरखनाथका पुजारी प्रदीपनाथ योगीले जानकारी दिनुभयो ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...