IME Life
NIMB

तीनवटा निर्वाचन सरकारको मुख्य प्राथमिकता- प्रधानमन्त्री देउवा

NIMB
Himalayan Bank


२५ जेठ, काठमाडौं-  प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटा निर्वाचन आफ्नो सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् ।  नेपाल विद्यार्थी सङ्घले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा आयोजना गरेको ‘स्थानीय निर्वाचन परिचालन’ विषयक अभिमुखीकरण कार्यक्रम’मा प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचनमा लाग्न सबैलाई आग्रह गरेका हुन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउनुपर्ने भन्दै निर्वाचनमा लाग्न नेता, कार्यकर्ता तथा विद्यार्थीलाई निर्देशन दिए । उनले भने ‘निर्वाचन जिताउन विद्यार्थीहरुको ठूलो भूमिका हुन्छ, तपाईंहरु निर्वाचनमा लाग्नुहोस् ।’

नेता रामचन्द्र पौडेलले पार्टीको आधिकारिक उम्मेदवारलाई भोट हाल्नका लागि विद्यार्थीले जिल्ला जिल्लामा गएर जनचेतना फैलाउनु जरुरी रहेको बताए । वरिष्ठ नेता पौडेलले स्थानीय तहको निर्वाचन र अरु निर्वाचनमा पार्टीभित्र हुने अन्तर्घात रोक्न युवा विद्यार्थीको ठूलो भूमिका रहेको उल्लेख गरे ।

नेविसङ्घका अध्यक्ष नैनसिंह महरले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा कांग्रेसले सोचेजस्तो परिणाम ल्याउन नसकेको भन्दै कांग्रेसलाई जिताउन नेविसङ्घले यस्तो कार्यक्रमको आयोजना गरेको बताए ।

 

 

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...