CG Electronics
IME Life
NIMB

एनसेलले १ करोड ७० लाखभन्दा बढी नेपाली समक्ष थ्रीजी सेवा पु-याउने

NIMB
Himalayan Bank

२५ जेठ, काठमाडौं-  एनसेलले ९ सय मेगाहर्ज र १८ सय मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थता अवलम्बन गर्दै थ्रीजी प्रविधिमा आधारित मोबाइल सेवाको विस्तार दोब्बर गरी देशको कुल जनसंख्याको ६० प्रतिशतमा दु्रत गतिको मोबाइल इन्टरनेट सेवा पु-याउन आपू तयार भएको जनाएको छ ।

प्रविधि तटस्थतामार्फत एनसेलले १ करोड ७० लाखभन्दा बढी नेपाली नागरिकमा थ्रीजी सेवा पु-याई उनीहरूलाई दु्रत गतिको मोबाइल इन्टरनेटको लाभ प्रदान गर्ने जनाइएको छ ।

एनसेलको विस्तारित नेटवर्क कभरेजले बझाङको देउरालीकोट, मुगुको श्रीनगर, मुस्ताङको झोङ, ललितपुरको माल्टा र सोलुखुम्बुको तिङलाजस्ता १ हजारभन्दा बढी ग्रामीण तथा दुर्गम ठाउँमा सेवाको पहुँच पुर्याउनेछ । यी स्थानका बासिन्दाहरूले पहिलो पटक दु्रतगतिको मोबाइल इन्टरनेटमा पहुँच पाउनेछन् ।

यसले देशमा विद्यमान डिजिटल डिभाइडलाई घटाउन योगदान दिई स्थानीयवासीको जनजीवन, समुदायको अर्थतन्त्र र सामाजिक क्षेत्रमा स्पष्ट सकारात्मक प्रभाव पुर्याउनेछ।

“हामी प्रविधि तटस्थताले देश र जनतामा ल्याउने वृहत सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं । यसले विषेशतः इन्टरनेट सेवाको पहुँच, नयाँ अवसरहरूको सिर्जना र कुल गार्हस्थ्य उत्पादनको वृद्धिमा ठूलो भूमिका खेल्नेछ,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने, “यी लक्ष्य प्राप्तिका लागि हामीले आवश्यक स्रोतहरू, प्रविधि हस्तान्तरण तथा पूर्वाधार निर्माणका लागि ३० अर्ब रुपैयाँसम्मको लगानी प्रतिबद्ध गरेका छौं । संयुक्त रूपमा डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि हामी पूर्णरूपमा समर्पित छौं ।”

विश्व बैंकको अध्ययनअनुसार, मोबाइल ब्रोडब्यान्डमा पहुँचले तत्काल आर्थिक वृद्धिदर बढाउन मद्दत गर्छ । ब्रोडब्यान्ड जनघनत्वमा प्रत्येक १० प्रतिशत बिन्दुको वृद्धिले आर्थिक वृद्धिदरलाई १.३८ प्रतिशत बिन्दुले बढाउने विश्व बैंकको तथा अन्य अन्तर्राष्ट्रिय अध्ययनले देखाएका छन् ।

आफ्नो प्रतिबद्धताबमोजिम एनसेलले काठमाडौंमा जेठ १८ बाट फोरजी सेवाको शुभारम्भ गरेको छ, जसअन्तर्गत काठमाडौं उपत्यका, बनेपा तथा धुलिखेलका ग्राहकले फोरजी प्रविधिको लाभ लिन सक्छन् ।

साथै, सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पु¥याउने लक्ष्य लिई कम्पनीले हाल देशका विभिन्न ४० सहरमा फोरजी सेवाको योजना तथा परीक्षण गरिरहेको छ ।

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:११

काठमाडौँ, जेठ २९, २०८३ । नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न...

एनसेल डाटा सेन्टरलाई अन्तर्राष्ट्रिय ‘टीआईए–९४२–सी रेटेड ३’ प्रमाणीकरण

एनसेल डाटा सेन्टरलाई अन्तर्राष्ट्रिय ‘टीआईए–९४२–सी रेटेड ३’...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:२६

  काठमाडौं, जेठ २६ । एनसेल बिजनेसले ललितपुरको नख्खुमा सञ्चालनमा...

शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान

शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा...

वि.सं.२०८३ जेठ २५ सोमवार २१:५९

  डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको...