Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

एनसेलले १ करोड ७० लाखभन्दा बढी नेपाली समक्ष थ्रीजी सेवा पु-याउने

Machhapuchchhre Bank Limited

२५ जेठ, काठमाडौं-  एनसेलले ९ सय मेगाहर्ज र १८ सय मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थता अवलम्बन गर्दै थ्रीजी प्रविधिमा आधारित मोबाइल सेवाको विस्तार दोब्बर गरी देशको कुल जनसंख्याको ६० प्रतिशतमा दु्रत गतिको मोबाइल इन्टरनेट सेवा पु-याउन आपू तयार भएको जनाएको छ ।

प्रविधि तटस्थतामार्फत एनसेलले १ करोड ७० लाखभन्दा बढी नेपाली नागरिकमा थ्रीजी सेवा पु-याई उनीहरूलाई दु्रत गतिको मोबाइल इन्टरनेटको लाभ प्रदान गर्ने जनाइएको छ ।

एनसेलको विस्तारित नेटवर्क कभरेजले बझाङको देउरालीकोट, मुगुको श्रीनगर, मुस्ताङको झोङ, ललितपुरको माल्टा र सोलुखुम्बुको तिङलाजस्ता १ हजारभन्दा बढी ग्रामीण तथा दुर्गम ठाउँमा सेवाको पहुँच पुर्याउनेछ । यी स्थानका बासिन्दाहरूले पहिलो पटक दु्रतगतिको मोबाइल इन्टरनेटमा पहुँच पाउनेछन् ।

यसले देशमा विद्यमान डिजिटल डिभाइडलाई घटाउन योगदान दिई स्थानीयवासीको जनजीवन, समुदायको अर्थतन्त्र र सामाजिक क्षेत्रमा स्पष्ट सकारात्मक प्रभाव पुर्याउनेछ।

“हामी प्रविधि तटस्थताले देश र जनतामा ल्याउने वृहत सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं । यसले विषेशतः इन्टरनेट सेवाको पहुँच, नयाँ अवसरहरूको सिर्जना र कुल गार्हस्थ्य उत्पादनको वृद्धिमा ठूलो भूमिका खेल्नेछ,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने, “यी लक्ष्य प्राप्तिका लागि हामीले आवश्यक स्रोतहरू, प्रविधि हस्तान्तरण तथा पूर्वाधार निर्माणका लागि ३० अर्ब रुपैयाँसम्मको लगानी प्रतिबद्ध गरेका छौं । संयुक्त रूपमा डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि हामी पूर्णरूपमा समर्पित छौं ।”

विश्व बैंकको अध्ययनअनुसार, मोबाइल ब्रोडब्यान्डमा पहुँचले तत्काल आर्थिक वृद्धिदर बढाउन मद्दत गर्छ । ब्रोडब्यान्ड जनघनत्वमा प्रत्येक १० प्रतिशत बिन्दुको वृद्धिले आर्थिक वृद्धिदरलाई १.३८ प्रतिशत बिन्दुले बढाउने विश्व बैंकको तथा अन्य अन्तर्राष्ट्रिय अध्ययनले देखाएका छन् ।

आफ्नो प्रतिबद्धताबमोजिम एनसेलले काठमाडौंमा जेठ १८ बाट फोरजी सेवाको शुभारम्भ गरेको छ, जसअन्तर्गत काठमाडौं उपत्यका, बनेपा तथा धुलिखेलका ग्राहकले फोरजी प्रविधिको लाभ लिन सक्छन् ।

साथै, सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पु¥याउने लक्ष्य लिई कम्पनीले हाल देशका विभिन्न ४० सहरमा फोरजी सेवाको योजना तथा परीक्षण गरिरहेको छ ।

क्यान इन्फोटेक २०२५ मा प्रविधिप्रेमीहरूको आकर्षण, कम्पनीहरूले दिए विशेष छुट र अफर

क्यान इन्फोटेक २०२५ मा प्रविधिप्रेमीहरूको आकर्षण, कम्पनीहरूले...

वि.सं.२०८१ माघ २५ शुक्रवार २१:४४

काठमाडौं । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि...

एनसेल फाउण्डेसनद्वारा विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने घोषणा

एनसेल फाउण्डेसनद्वारा विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री...

वि.सं.२०८१ मंसिर १३ बिहीवार २१:४३

  काठमाडौँ। एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो...

एआईसम्बन्धी अवधारणा-पत्रमा सरोकारवालासँगको छलफल सम्पन्न

एआईसम्बन्धी अवधारणा-पत्रमा सरोकारवालासँगको छलफल सम्पन्न

वि.सं.२०८१ असोज १९ शनिवार २१:३४

  काठमाडौं । सरकारले सार्वजनिक गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी...

फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान ´शुरूवाती मुल्य ११,९९० मात्र  नेपाली बजारमा

फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान ´शुरूवाती...

वि.सं.२०८१ भदौ ३१ सोमवार ०७:५३

  काठमाडौं । स्पार्क गो वानले तपाईंलाई चाहिने सबै कुराहरू...

आइएमई पेले गर्‍यो सामसुङको सम्पूर्ण मोबाईलहरुमा ‘बाइ नाउ पे लेटर’ सेवा उपलब्ध

आइएमई पेले गर्‍यो सामसुङको सम्पूर्ण मोबाईलहरुमा ‘बाइ...

वि.सं.२०८१ भदौ २५ मंगलवार २३:०५

  काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ मार्फत्...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

वि.सं.२०८१ भदौ २१ शुक्रवार ०९:११

काठमाडौं । नेपाल सरकारले संगीता पहाडीलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा...