भारतको समग्र घरेलू उत्पाद (जीडीपी) को वृद्धि दर ७.२ प्रतिशत रहने प्रक्षेपण
Thursday Jun 08, 2017
वि.सं.२०७४ जेठ २५ बिहीवार ११:२३
२५ जेठ, नयाँ दिल्ली- विश्व बैंकले सन् २०१७ मा भारतको समग्र घरेलू उत्पाद (जीडीपी) को वृद्धि दर ७.२ प्रतिशत रहने प्रक्षेपण गरेको छ । भारतको आर्थिक वृद्धिदर सन् २०१६ मा ६.८ प्रतिशत रहेको थियो । विश्व बैंकका अनुसार नोटमा लगाइएको प्रतिबन्धबाट बाहिर निस्किँदै भारतले तीब्र आर्थिक वृद्धि गर्ने भएको हो ।
विश्व बैंकले जनवरीको अनुमानको तुलनामा भारतको वृद्धि दरको आँकडालाई ०.४ प्रतिशत संशोधन गरेको छ । बैंकका अनुसार विश्वको सबैभन्दा तीब्र गतिमा बढ्ने अर्थव्यवस्था पनि बनेको ।
विश्व बैंकका अधिकारीका अनुसार चीनको वृद्धि दर सन् २०१७ मा ६.५ प्रतिशत कायम गरेको छ । अर्कातिर २०१८ र २०१९ मा चीनको वृद्धि दर ६.३ प्रतिशत रहने अनुमान लगाइएको छ ।
विश्व बैंकले आफ्नो ताजा विश्वव्यापी आर्थिक सम्भावनामा सन् २०१८ मा भारतको वृद्धि दर ७.५ प्रतिशत र सन् २०१९ मा ७.७ प्रतिशत रहने अनुमान लगाएको छ।
जनवरी, २औ१७ को अनुमानको तुलनामा सन् २०१८ मा भारतको वृद्धिदरको अनुमानमा ०.३ प्रतिशत तथा सन् २०१९ मा ०.१ प्रतिशत घटाइएको छ।
विश्व बैंकले उल्लेख गरे अनुसार भारतको वृद्धि दरमा अबको केही वर्ष केही कमी हुनेको प्रमुख कारणमा निजी लगानीको उत्साह केही घट्नेलाई मानिएको छ।