Nabil Bank
Everest Bank Limited
prabhubank

यस्तो छ उत्तर कोरिया – हस्तबहादुर केसी

मिडिया स्पेस सोलुसन्स प्रालि

जुन बेला उत्तर कोरिया र अमेरिकाका बिचमा तनाव बढिरहेको थियो र सारा संसारको ध्यान उत्तर कोरिया तिर केन्द्रित भइरहेको बेला मलाई उत्तरकोरिया पुग्ने मौका मिलेको थियो ।

हामी नेपाल–जनवादी गणतन्त्र कोरिया लेखक÷पत्रकार मञ्चको तर्फबाट उत्तरकोरिया पुगेको थियौं । मञ्चका अध्यक्ष अशोक सुवेदीले नेतृत्व गरेको टोलीमा अशोक सुवेदी, हस्तबहादुर केसी, डा. सुरेन्द्र केसी, अर्जुन कटुवाल, पूर्णबहादुर सिंह र शरद भण्डारी गरि ६ जना थियौं ,, 

 

मानिक लामाको नेतृत्वमा गएको टोलीमा भरत बम (रणवीर) सहित २ जना, शंकर भारतीको नेतृत्वमा गएको टोलीमा देवी नेपाल र श्रीमती सहित ३ जना र पुराना पत्रकार मञ्जुरत्न शाक्यले नेतृत्वमा गरेको टोलीमा ४ जना गरि १५ जना लेखक÷पत्रकारहरु उत्तरकोरिया सरकारको निमन्त्रणामा र कोरिया सरकारको संगठन प्ब्क्क् (कास) कोरियाली समाज वैज्ञानिकहरुको संगठनले २०७४ वैशाख १ गते (२०१७ अप्रिल १४) देखि २०७४ वैशाख ६ गते (२०१७ अप्रिल १९) सम्म प्योङ्गयाङ्गमा आयोजना गरिएको सम्राज्यवाद विरोधी तथा समाजवाद समर्थक लेखक÷पत्रकारहरुको अन्तराष्ट्रिय सेमिनारमा १५ जना नेपालीहरु गरि चीन, जापान, मंगोलियन, नेपाल, भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, रुस, फिन्ल्याण्ड, स्वीजरल्याण्ड, टर्की, फ्रान्स, बेलायत, ब्राजिल, गिनी, घाना, कंगो, युक्रेन चेकोस्लाभाकिया, स्लोकोभाकिया, बेल्जियम, पोल्याण्ड, थाइल्याण्ड लगायत करीब ४५ देशका करीब १५० जना जति विश्वभरका लेखक÷पत्रकारहरु तथा जुछेविचारधारा समर्थक संघ संस्थाका प्रतिनिधिहरू २०७३ चैत्र ३१ गते (२०१७ अप्रिल १३) का दिन प्योङ्गयाङ्ग पुगेका थियौं । आयोजक संस्थाद्वारा घोषित रुपमा गरिएका कार्यक्रमहरुमा सहभागी बनेर त्यहाँ प्रस्तुत गरिएका गरिएका विषयवस्तुहरुका बारेमा जानकारी लिइ सकेपछि त्यहाँका हरक्षेत्रमा भित्रैसम्म पसेर बुझ्ने काममा बढि तल्लिन रहे ।

 
पहिलेदेखि नै पश्चिमा साम्राज्यवादीहरु, पुँजीवादीहरुले के प्रचार गर्दै आएका थिए भने त्यहाँ प्रजातन्त्र छैन, राजतन्त्रात्मक शासन प्रणाली जस्तो छ । किम इल सुङको परिवारमात्रै राष्ट्रप्रमुख बन्ने व्यवस्था छ । मानव अधिकारको हनन् गरिएको छ, जनतालाई बोल्न दिइदैन, त्यहाँ सैनिक शासन छ भन्ने जस्ता प्रचार गरिदै आएको थियो ।

 
सरकारले जनतालाई लाउन खान नदिएर भोकभोकै मारिरहेको छ, त्यहाँका जनता कुपोषणका कारण शारीरिक रुपमा अशक्त र ख्याउटे छन् भन्ने प्रचार पनि व्यापक थियो । उत्तर कोरियामा जनतालाई सरकारले शिक्षा, स्वास्थ्य र यातायातबाट बञ्चित गरिएको छ र सूचनाको हकमा पनि पुरै बञ्चित गरेर संसारबाटै बन्धक बनाएर राखिएको छ’ आदि ।

 
बाहिरी पाटोबाट बुझ्दा यही नै हो उत्तरकोरियाको वास्तविकता भन्ने लाग्ने जस्तो थियो नै । तर भौतिक रुपमा उपस्थित भएर आफ्नै आँखाले हेर्ने र मसिनो ढंगले बुझ्दा मैले उत्तरकोरियाको बारेमा सबै प्रचारहरु झुठ्ठा रहेछन् ।
साम्राज्यवादीहरुको स्वार्थमा चल्ने र तिनकै पक्षपोषण गर्ने संचार माध्यमहरुले दुश्प्रचार गरे जस्तो छैन उत्तर कोरिया । उत्तरकोरियाले २१ औं शताब्दिमा आफ्नै विशेषताको समाजवाद स्थापना, प्रयोग र विकास गर्दै आएको पाएँ मैले त्यहाँ पुगेपछि ।

 
उत्तर कोरियामा कम्युनिष्ट पार्टीको सट्टा शुरुदेखि नै वर्कर्स पार्टी कोरिया राख्दै आएका छन् र त्यही पार्टीको कार्यक्रम, योजना र निर्देशनमा कमरेड किम इल सुङको नेतृत्वमा सन् १९४५ मा सामन्तवाद र जापानी साम्राज्यवादलाई परास्त गरेर उत्तरकोरिया समाजवादको स्थापना गरिएको थियो । त्यस्तै सन् १९८०–१९५३ को अमेरिकी साम्राज्यवादसीतको भीषण गृहयुद्धमा पनि किम इल सुङकै नेतृत्वमा अमेरिकालाई पराजित गरेर वर्कर्स पार्टी कोरियाले विजय प्राप्त गरेको थियो ।

 
वर्कर्स पार्टी कोरियाले माक्र्सवाद–लेनिनवाद–जुछेविचारधारा (आत्मनिर्भरताको सिद्धान्त)लाई आफ्नो पार्टीको मार्गदर्शन सिद्धान्त मान्दछ ।
उत्तरकोरिया सरकारले अबलम्बन गर्दै आएको विचार प्रणाली, त्यहाँको शासन प्रणाली, जनताका मौलिक हक अधिकारहरु जस्तै शिक्षा, स्वास्थ्य, यातायात, गास, बास, कपासका बारेमा पुरै भित्रैसम्म पसेर बुझ्ने कोसिस गरें । त्यहाँका जनताको जीवनस्तर, लवाईखुवाई, बसोबास, रहन–सहन, जीवनशैली, सांस्कृतिक तथा उनीहरुको चेतनास्तर आदिकाबारेमा गहिरो गरि बुझ्न बढि प्रयत्न गरियो ।

 
शासन प्रणालीका दृष्टिकोणले उत्तरकोरियामा समाजवादी व्यवस्था छ । कम्युनिष्ट पार्टीको सट्टा वर्कर्स पार्टी कोरिया छ । विचारधारात्मक रुपमा माक्र्सवाद–लेनिनवाद–जुछेविचारधारा (आत्मनिर्भरताको सिद्धान्त) पार्टीको पथप्रदर्शक सिद्धान्त छ । सर्वहारावर्गको अधिनाकत्व अन्तरर्गत समाजवादी शासन प्रणाली अपनाइएको छ । पार्टीको मातहतमा जनमुक्तिसेना छ । जनमुक्ति सेनाको सैन्य सिद्धान्त बमोजिम व्यवहारिक रुपमा आमजनतालाई सैनिकीकरण गरिएको रहेछ । आम जनतालाई जनमुक्ति सेनाले अनिवार्यरुपमा सैनिक तालिम प्रदान गर्ने व्यवस्था रहेछ ।

 
उत्तर कोरियामा अनुशासनमा कडाई गरेको पाइन्छ । ऐन, कानून पनि कडा रुपमा निर्माण गरिएको र लागु पनि देश र जनताको हितमा कडाइका साथ गरिएको पाइयो । पार्टी, समाजवादी व्यवस्था र सरकारका विरुद्ध चलखेल गर्न चाहने अवसरवादीहरुका लागि त्यहाँ कानून कडा छ र तिनीहरुका लागि कार्यान्वयन पनि त्यत्तिकै निर्भतापूर्वक गर्ने गरेको पाइयो । यसैलाई आधार बनाएर साम्राज्यवादीहरुले कोरियामा मानव अधिकार हनन गरिएको छ भन्दा रहेछन् ।

 
राजतन्त्र जस्तो व्यवस्था छ, किमइलसुङ परिवारलाई मात्रै राष्ट्र प्रमुख बनाइन्छ भन्ने आरोप पनि पूर्ण रुपमा गलत पाइन्छ । वर्कर्स पार्टी कोरियाले राष्ट्र प्रमुख छान्ने व्यवस्था भएको र किम इलसुङ स्वयम र उनको परिवारले कोरियन क्रान्ति र समाजवादको स्थापना र विकासमा पु¥याएको योगदान, वीरता र निस्वार्थपनले कुशल नेतृत्व प्रदान गरेका कारणले किमको परिवारमा देश चलाउन सक्ने सन्तान रहेसम्म उनीहरुलाई नै मौका दिने कोरियन जनताको इच्छा रहेको पाइन्छ ।

 
त्यहाँ जनतालाई लाउन खान नदिएर भोक भोकै मारिन्छ, कुपोषणले जनता ग्रस्त छन् भन्ने प्रचार गरिन्थ्यो तर त्यहाँ पुगेर यस विषयमा बुझ्दा के पाइयो भने यी आरोपहरुको विपरित सरकारले जनताको गास, वास र कपासको ग्यारेन्टी गरेको रहेछ । सम्पूर्ण जनताको जिम्मा सरकारले लिएको रहेछ । जनताले ८ घण्टा अनिवार्य रुपमा श्रम गर्नु पर्दछ । शहरमा सरकारले ४०।५० तले गगनचुम्बी महल निर्माण गरेर एक परिवारलाई एक फ्ल्याट निःशुल्क रुपमा उपलब्ध गराउने व्यवस्था गरेको रहेछ भने गाउँमा किसानहरुलाई वैज्ञानिक बसोबास प्रणाली अन्तरगत तीन तले समान स्तरका घरहरु निर्माण गरेर किसानहरुलाई निशुल्क रुपमा बस्न पाउने व्यवस्था रहेछ ।

 
आम जनतालाई आवश्यक पर्ने राशन, पानी, लत्ता कपडा, हरेक दिनदैन्यका आवश्यक वस्तुहरु सरकारले समान रुपमा शहर, गाउँ, हर ठाउमा उपलब्ध गराउने व्यवस्था रहेछ । जनतालाई सैन्य तालिम प्रदान गरिएको कारणले महिला या पुरुष दुवैको शरीर ‘स्लिम’ देखिन्छ ।

 
शिक्षा पूर्ण रुपमा निःशुल्क र अनिवार्य बनाइएको रहेछ । प्लस टुसम्म शिक्षा अनिवार्य, वैज्ञानिक, व्यवहारिक र सिपमुलक बनाइएको छ । उच्च शिक्षा विद्यार्थीको क्षमता अनुसार सरकारले निःशुल्क रुपमा अध्ययन गर्न पाउने व्यवस्था रहेछ । हजारौं विद्यार्थीहरु विश्वका विभिन्न विश्वविद्यालयहरुमा चाहेको विषयमा अध्यायन गरेर स्वदेश फर्कने गरी सरकारले छात्रवृत्ति दिलाएर पढ्न पठाउने व्यवस्था रहेछ ।

 
स्वास्थ्य आम जनताका लागि निःशुल्क रुपमा उपलब्ध गराइएको रहेछ र बाल शिक्षण अस्पताल संचालनमा ल्याएर ५।६ उमेरका बालबालिकाहरुलाई निःशुल्क रुपमा औषधि विज्ञान (डाक्टर बन्ने) शिक्षा दिलाइदो रहेछ । जनताका छोराछोरीहरुलाई हर विषयमा विज्ञ बन्न सक्ने शैक्षिक वातावरण सरकारले मिलाएको छ ।

 
उत्तरकोरियामा यातायात पूर्ण रुपमा निशुल्क बनाइएको रहेछ । यातायातको सम्पूर्ण जिम्मा राज्यले लिने व्यवस्था रहेछ त्यहाँ ।
शहरमा सडक बढि फराकिला छन् । राजधानीमा जनताका लागि मेट्रो–ट्रलीबस संचालनमा छन् । ट्राफिक जाम न्यून छ । १०० मिटर तल भूमिगत मेट्रो रेलवे सेवा सञ्चालनमा छ । लाखौं जनता त्यसैबाट यात्रा गर्दछन् ।

 
जनताको जीवनस्तर धेरै उच्च छ । पुरुष÷महिला दुवै कालो टाइसुट लगाउँछन् । महिलाहरु राष्ट्रिय पोषक (हयाँगा) बाहेक मीनी स्कट पनि लगाउदा रहेछन् । रेलवे स्टेशनमा पुगेर हेर्दा पनि सम्पूर्ण यात्रुहरु कालो टाइसुटमा देखिन्छन् । जनताको खानपान, बोली वचन र व्यवहार पनि माथिल्लो स्तरको रहेछ । कम्युनिष्ट जीवनशैली, कामरेड्ली व्यवहार, सर्वहारावर्गीय चेतना धेरै माथि उठेको पाइन्छ ।
खेलकुद, शिक्षा, स्वास्थ्य, कला, साहित्य, संस्कृति आदिमा पनि कोरियन जनताले उचच स्तरले विकास गरेका रहेछन् ।

 
उत्तरकोरियामा नीजि सम्पत्ति छैन । पैसाको कारोबार चल्दैन । नोटहरु चल्दैनन् बैंकहरु संचालनमा छैनन् । विदेशीहरु सँगको कारोबार मिलाउन र बाहिरबाट सामान आयात गर्नका लागि सानो देखि ५,०००।– सम्मको नोट छापिएको रहेछ । अधिकतम रुपमा उत्तरकोरियामा चाइना डलर, अमेरिकी डलर र युरो डलर चल्तीमा छन् । उत्तरकोरियामा उत्पादित वस्तुहरु स्तरीय र ज्यादै महंगा रहेछन् ।
त्यहाँ सूचना र प्रविधिको उच्चस्तरले विकास गरेको पाइयो । आफ्नै विशेषतामा गुगल संचालनमा छ । जनताका लागि टेलीफोन, मोबाइल लगायत सबै संचारका साधनहरु निशुल्क रुपमा उपलब्ध गराइएको छ भने विदेशी आगुन्तकहरुका लागि भने ज्यादै महंगो गरिएको रहेछ । सरकारको अनुमति र नियन्त्रणमा हजारौं विदेशी नागरिकहरु उत्तर कोरियामा पर्यटक लगायत विविध कामले पुग्दा रहेछन् । यतिबेला पश्चिमी मुलुकका पर्यटकहरुको घुइचो देखिन्छ त्यहाँ । उनीहरुका लागि राजधानी प्योङ्गयाङ्गमा ५ वटा ५ तारे होटल सरकारले बनाइ दिएको रहेछ । त्यहाँका जनताका लागि ठूला होटेलहरुको व्यवस्था
छैन । जनता सरकारद्वारा उपलब्ध गराइएका घरमा बस्ने रहेछन र खाना पनि जनताले आफैले पकाउनु पर्ने रहेछ ।

 
जनताका अर्थात मजदुर, कर्मचारी, किसानहरुका सामान्य व्यक्तिगत चाहना पूर्तिका लागि सरकारले मजदुर कर्मचारीहरुबाट उनीहरुले श्रमवापत न्यूनतम ज्याला उपलब्ध गराउने र किसानहरुले आफूले उत्पादन गरेको वस्तुको विक्रीबाट न्यूनतम रकम कटाएर उपलब्ध गराउने र त्यसैबाट केही व्यक्तिगत चाहना र आकांक्षा परिपूर्ति गर्न पाउने व्यवस्था मिलाइएको रहेछ । राजधानी र ठूला शहरमा विदेशीहरुका लागि थोरै मात्रामा पसलहरु सरकारले संचालन गरेको पाइयो । आमजनताले आवश्यकता र माग अनुसार सबै सरकारले सरल र शुलभ ढंगले उपलब्ध गराउने व्यवस्था रहेछ ।

 
किमइल सुङ र किम जोङ इलले राम्रै खाएको, राम्रै लगाएको जस्ता देखिन्थे, आफूहरुले मात्र होइन, उनीहरुले जनतालाई पनि राम्रो लगाउन, राम्रो खान पनि सिकाएका रहेछन् र जनतालाई राम्रो ठाउमा ढुक्क सँग बस्ने व्यवस्था समेत मिलाई दिएका रहेछन् ।

 
विज्ञान र प्रविधिका क्षेत्रमा राजनीतिक÷आर्थिक, सांस्कृतिक हर क्षेत्रमा जनवादी गणतन्त्र कोरियाले उच्चस्तरको विकास गरेको पाइयो । विकास निर्माणक भौतिक वस्तुहरु घर, भवन, यातायात, स्कुल, कलेज हर क्षेत्रमा त्यत्तिकै माथिल्लो स्तरमा विकास गरेका रहेछन् ।

 
जनताका हर समस्याहरु सरकारले पुरा गरिदिएको रहेछ । जनताहरु ढुक्कसँग समाजवादको पुननिर्माणमा तल्लिन्छन् । जनतामा कुनै व्यक्ति चिन्ता र अभाव छैन । गास, बास, कपास, शिक्षा, स्वास्थ्य र यातायात निःशुल्क बनाएर सम्पूर्ण जनताको जिम्मा सरकारले लिए पछि जनताको खुसियालीको सिमा रहदो रहेन्छ, त्यो देख्न पाइन्छ उत्तर कोरियामा । सबै हाँसी खुसी छन् ।

 
हामीले पनि शुरुमा कम्युनिष्ट पार्टीमा लाग्दा घर परिवार र छोराछोरी, लालाबाल छोडेर हिड्दा पनि भोली क्रान्ति पछि शिक्षा, स्वास्थ्य, यातायात निःशुल्क हुन्छ । सरकारले नै गास वास र कपासको व्यवस्था गर्छ केही चिन्ता नगर्नु भनेर घर परिवारलाई संझाउथियौं, यस्तै शिक्षा लिन्थ्यौ र जनतालाई सुनाउथियौं । हामी पनि पूर्णकालिन कार्यकर्ता भएर ढुक्कसँग रातदिन नभनेर पार्टी काममा हिड्थ्यौं । नेपालका कम्युनिष्टहरुले त सबै कुरा सिध्याए तर उत्तर कोरियामा पुगेर १० दिनको बसाइमा यिनै कुरा पाउदा उत्तर कोरिया समाजवादको अनुपम नमूना रहेछ भन्ने मलाई अनुभूति भएको छ ।

श्री केश तेल गुणस्तरीय रहेको उत्पादक कम्पनीको प्रष्टीकरण

श्री केश तेल गुणस्तरीय रहेको उत्पादक कम्पनीको...

वि.सं.२०८१ जेठ २८ सोमवार २३:२०

  काठमाडौं । कपालमा लगाउने ‘श्री केश’ ब्राण्ड तेलको उत्पादक...

५०० मेगावाटसम्मका आयोजना निजी क्षेत्रले नै बनाउन सक्छ, विद्युत विधेयक संशोधन गरेर मात्रै पास हुनुपर्छ : इप्पान अध्यक्ष कार्की

५०० मेगावाटसम्मका आयोजना निजी क्षेत्रले नै बनाउन...

वि.सं.२०८१ जेठ २५ शुक्रवार १५:०६

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानका...

३० खर्बको आइटी निर्यात र १५ लाखलाई रोजगारी दिने लक्ष्य छ : प्रधानमन्त्री

३० खर्बको आइटी निर्यात र १५ लाखलाई...

वि.सं.२०८१ जेठ २५ शुक्रवार १५:०२

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाललाई सूचना...

मुद्रा कोषले विस्तारित कर्जा सुविधाअन्तर्गत नेपाललाई ५ अर्ब ५९ करोड उपलब्ध गराउने

मुद्रा कोषले विस्तारित कर्जा सुविधाअन्तर्गत नेपाललाई ५...

वि.सं.२०८१ जेठ २४ बिहीवार १४:२६

  काठमाडौं, २४ जेठ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को...

मैदा उद्योगले आयात गर्ने कच्चा पदार्थ गहुंमा लागेको आयकर फिर्ता लिन आग्रह

मैदा उद्योगले आयात गर्ने कच्चा पदार्थ गहुंमा...

वि.सं.२०८१ जेठ २३ बुधवार २३:२६

    काठमाडौं । नेपाल मैदा उद्योग संघले कच्चा पदार्थ...

रोजगार मेलाले श्रमिक र रोजगारदता बीचको खाडल पुर्नेछ : श्रममन्त्री

रोजगार मेलाले श्रमिक र रोजगारदता बीचको खाडल...

वि.सं.२०८१ जेठ २३ बुधवार १७:५५

  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले...