API
Sagarmatha Cement
Laxmi Sunrise Bank Limited

थारू र पहाडी बीचको एकता कसैले चाहदैमा टुट्दैन- भिम रावल

६ असार, टीकापुर – नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले थारू र पहाडी समुदाय बीचको एकतालाई कसैले पनि टुटाउन नसक्ने बताए ।

एमाले नगर कमिटीको आयोजनामा आज यहाँ भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले सदियौँ देखिको थारू र पहाडी समुदायबीचको सम्बन्धलाई टुटाउन प्रयास गरे पनि आफूहरुले नदिने प्रतिबद्धता व्यक्त गरे ।
उनले थारूको माघी पर्व आउँदा आफू ढोलक बजाएर नाच्ने गरेको उल्लेख गर्दै थारू पनि दसैँ–तिहारजस्ता पर्वमा रमाउने गरेको चर्चा गरे।

उनले आसन्न निर्वाचनमा थारू, राई, लिम्बू पूर्वेली र पश्चिमेली एक भएर यहाँका सम्बन्ध बिगार्नेलाई परास्त गर्ने दाबी गरे ।

उनले सरकारले पटक पटक निर्वाचनको मिति सारेर नराम्रो सन्देश गएको चर्चा गर्दै निर्वाचन सार्नु लोकतन्त्र माथिको नै खतरा भएको औँल्याए ।
उनले सरकारले कैलाली, कञ्चनपुर, झापा, मोरङलाई एउटा छुट्टै आयोग बनाएर अहिलेको प्रदेशबाट छुट्याउने प्रयास भएको आरोप लगाए ।

सभामा सांसद गरिमा शाह, एमाले वैकल्पिक केन्द्रीय सदस्य झपट रावल, एमाले जिल्ला अध्यक्ष दीर्घ सोडारी, टीकापुर नगरपालिका पूर्वप्रमुख रत्नप्रसाद सञ्जाल, उपप्रमुख लालबहादुर चौधरी, एमालेका टीकापुर नगरपालिका प्रमुख पदका उम्मेदवार तपेन्द्र रावल, उपप्रमुख पदका उम्मेदवार कमला केसी, जानकीनगर गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार जगत चौधरीले एमाले सबै समुदायलाई मिलाएर लैजाने भएकाले एमालेलाई जिताउनु आग्रह गरे ।

चुनावी सभामा चर्चित गायक बद्री पँगेनी र प्रिया भण्डारीले दर्शकलाई मनोरञ्जन प्रदान गरे ।

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री भण्डारी

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री...

वि.सं.२०८१ माघ ५ शनिवार ०९:२३

काठमाडौं । नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको...

अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ : अरुणकुमार सुवेदी

अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ...

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:४६

  अरुणकुमार सुवेदी अर्थविद् एवम विश्लेषक हुन् । शेरबहादुर देउवा...

उत्पादित ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री

उत्पादित ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन :...

वि.सं.२०८१ माघ ४ शुक्रवार २०:५२

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र...

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा...

वि.सं.२०८१ माघ ४ शुक्रवार २०:०७

  काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त...

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक : अध्यक्ष ढकाल

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक...

वि.सं.२०८१ माघ ४ शुक्रवार १९:५८

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...