IME Life
NIMB

थारू र पहाडी बीचको एकता कसैले चाहदैमा टुट्दैन- भिम रावल

NIMB
Himalayan Bank

६ असार, टीकापुर – नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले थारू र पहाडी समुदाय बीचको एकतालाई कसैले पनि टुटाउन नसक्ने बताए ।

एमाले नगर कमिटीको आयोजनामा आज यहाँ भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले सदियौँ देखिको थारू र पहाडी समुदायबीचको सम्बन्धलाई टुटाउन प्रयास गरे पनि आफूहरुले नदिने प्रतिबद्धता व्यक्त गरे ।
उनले थारूको माघी पर्व आउँदा आफू ढोलक बजाएर नाच्ने गरेको उल्लेख गर्दै थारू पनि दसैँ–तिहारजस्ता पर्वमा रमाउने गरेको चर्चा गरे।

उनले आसन्न निर्वाचनमा थारू, राई, लिम्बू पूर्वेली र पश्चिमेली एक भएर यहाँका सम्बन्ध बिगार्नेलाई परास्त गर्ने दाबी गरे ।

उनले सरकारले पटक पटक निर्वाचनको मिति सारेर नराम्रो सन्देश गएको चर्चा गर्दै निर्वाचन सार्नु लोकतन्त्र माथिको नै खतरा भएको औँल्याए ।
उनले सरकारले कैलाली, कञ्चनपुर, झापा, मोरङलाई एउटा छुट्टै आयोग बनाएर अहिलेको प्रदेशबाट छुट्याउने प्रयास भएको आरोप लगाए ।

सभामा सांसद गरिमा शाह, एमाले वैकल्पिक केन्द्रीय सदस्य झपट रावल, एमाले जिल्ला अध्यक्ष दीर्घ सोडारी, टीकापुर नगरपालिका पूर्वप्रमुख रत्नप्रसाद सञ्जाल, उपप्रमुख लालबहादुर चौधरी, एमालेका टीकापुर नगरपालिका प्रमुख पदका उम्मेदवार तपेन्द्र रावल, उपप्रमुख पदका उम्मेदवार कमला केसी, जानकीनगर गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार जगत चौधरीले एमाले सबै समुदायलाई मिलाएर लैजाने भएकाले एमालेलाई जिताउनु आग्रह गरे ।

चुनावी सभामा चर्चित गायक बद्री पँगेनी र प्रिया भण्डारीले दर्शकलाई मनोरञ्जन प्रदान गरे ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...