अन्तरघातीलाई पार्टीबाट निकाल्छु – देउवा

Thursday Jul 20, 2017
वि.सं.२०७४ साउन ५ बिहीवार ०८:१८

५ साउन, काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनुशासन समिति बनाएर अन्तरघातीलाई कारबाही गर्ने बताएका छन् । अन्तरघातीलाई कारबाही नगर्ने हो भने कांग्रेस कहिल्यै ठूलो पार्टी बन्न नसक्ने उनको निष्कर्ष छ ।
प्रदेश नम्बर २ को भेलालाई सम्बोधन गर्दै देउवाले पहिलो र दोस्रो चरणको चुनावमा पार्टीले व्यहोरको हारको विश्लेषण गरे । उम्मेदवार चयनमा भएको ढिलाई र अन्तरघातका कारण कांग्रेसले धेरै ठाउँमा चुनाव हार्नु परेको उनको निष्कर्ष छ ।
अन्तरघातकै कारण धेरै ठाउँमा डेढ दुई सय भोटले कांग्रेसका उम्मेदवारहरु हारेको भन्दै उनले अघि भने, ‘अब अनुशासन समिति बनाएर अन्तरघातीलाई पार्टीबाट निकाल्छु ।’ उनले अघि भने, ‘अन्तरघातीलाई कारबाही नगर्ने हो भने भोलि पनि अन्तरघात हुन्छ र पार्टी कहिल्यै ठूलो हुन सक्दैन ।’