CG Electronics
IME Life
NIMB

बलात्कारपछि हत्या प्रकरण स् निर्मला पढ्ने स्कूलका बालबालिकालाई ‘यातना’ दिँदै प्रहरी

NIMB
Himalayan Bank

कञ्चनपुरको भीमदत्त नगरपालिका– २ की १३ वर्षीय निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्न भन्दै प्रहरीले एकजना ‘अभियुक्त’ सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलनले झन उग्र रुप लिएको छ ।

निर्मलाको हत्या भएको २५ दिनपछि प्रहरीले अभियुक्त सार्वजनिक गरेपछि हत्या प्रकरण सेलाउनुको साटो झन उग्र बनेको हो ।

निर्मलाको बलात्कार पश्चात हत्या गरेको अभियोगमा प्रहरीले सोमवार भीमदत्त नगरपालिका–१९ का दिलिप बिष्टलाई सार्वजनिक गर्यो । तर, स्थानीयले घटनाको मुख्य दोषिलाई प्रहरीले संरक्षण गर्न मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई सार्वजनिक गरेको भन्दै आन्दोलन चर्काएका छन् ।

उनीहरुले ४१ वर्षीय आरोपित बिष्ट निर्दोश रहेको र वास्ताविक दोषिलाई प्रहरी संरक्षण गरिरहेको समेत आरोप लगाएका छन् ।

नागरिक संघर्ष समिति कञ्चनपुरकी अध्यक्ष मिना भण्डारीले भनिन्, ‘कञ्चनपुर प्रहरी र सिआईबीले यस्तो रिजल्ट दिन्छ भनेर हामीले सोचेका पनि थिएनौं । २६ दिनमा पागललाई सार्वजनिक गर्यो ।’

त्यस्तै उनले प्रहरीको अनुसन्धानमा विश्वसनीयता नभएको दाबी गर्दै नयाँ सिराबाट अनुसन्धान शुरु हुनुपर्ने माग राखिन् । ‘हामीले सिआईबीलाई विश्वास गरेका थियौं । तर अब नसोचेको र बिकाउ परिणाम दिने सिआईबी पनि चाहिएको छैन,’ संयोजक भण्डारीले आरोप लगाइन्, ‘अनुसन्धान पटक्कै विश्वसनीय छैन । अनुसन्धान नयाँ सिराबाट शुरु गरी दोषिलाई हदैसम्मको कारवाही हुनुपर्छ ।’

मंगलवारको आन्दोलनले उग्र रुप लिएपछि नियन्त्रणमा लिन प्रहरीले १३ सेल अश्रु ग्यास प्रहार गरेको छ ।

निर्मला पढ्ने स्कूलका बालबालिकालाई ‘यातना’ १

प्रहरीले अनुसन्धानको नाममा स्कूले बालबालिकाहरुलाई नियन्त्रणमा लिने, कुटपिट गर्ने जस्ता कार्य गर्न थालेपछि महुलिया उल्टाखाममा त्रास बढेको छ ।

स्थानीय माया नेगीका अनुसार प्रहरीले अनुसन्धानको नाममा निर्मला पन्तले अध्ययन गरेको महुलिया उल्टाखामस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई नियन्त्रणमा लिएर विभिन्न किसिमको यातना समेत दिने गरेको छ । जसले बालबालिकामा मनोवैज्ञानिक असर समेत पुगेको नेगीले बताइन् ।

प्रधानमन्त्रीलाई ज्ञापन

निर्मलाको बलात्कार पछि हत्या प्रकरणमा प्रहरीले नक्कली अभियुक्त बनाएर सार्वजनिक गरेको भन्दै कञ्चनपुरका नागरिक अगुवाले आज प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

‘२५ दिनपछि घटनास्थलमा दोषि देखाइएको व्यक्ति बिष्टको कमिजको खल्ती भेटिएको, बिष्टले अपराध कबूल गरेको जस्तो आधारहीन, अविश्वासिलो कुराहरु सबुतको रुपमा ल्याउनु हस्यास्पद रहेकोले आमजनतामा आक्रोश पैदा भएको छ । वास्तविक अपराधि पत्ता लगाउनुको साटो अपराधीलाई बचाउन फितलो अनुसन्धानको नाटक भएको छ,’ प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा लेखिएको छ ।

अभियुक्तलाई मानसिक सुन्तुलन गुमाएको कसरी भन्ने स् प्रहरी उपरीक्षक बिष्ट​

कञ्चनपुरका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक डिल्लीराज बिष्टले ठोस सबुत प्रमाणको आधारमा मात्रै अभियुक्तलाई सार्वजनिक गरेको बताए ।

मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको आरोप लागेको छ नि रु भन्ने लोकान्तरको प्रश्नमा प्रहरी उपरीक्षक बिष्टले भने, ‘हामीले उसलाई बिना स्वास्थ्य परीक्षण कसरी मानसिक सन्तुलन गुमाएको भन्न सक्छौ रु एउटा कुरा अपराधिक गतिविधि मानसिक सन्तुलन गुमाएको व्यक्तिले गर्दैन भन्ने आधार के छ ?’

अनुसन्धान जारी रहेकाले दोषिलाई कानूनी कारवाहीको दायरामा ल्याएरै छोड्ने समेत उनको भनाइ छ । लोकान्तरबाट

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...