CG Electronics
IME Life
NIMB

पुँजी बजार घटेर एक वर्षमा ६ अर्बको कारोबार १ खर्ब ३१ अर्बको सेयर सुचीकृत

NIMB
Himalayan Bank


६ भदौ, काठमाडौं । गत वर्ष देखिनै सेयर बजारको घट्दो क्रम जारी छ । १ हजार ९ सय सम्मको विन्दुमा पुगेको नेप्से परिसुचक घटेर १ हजार २ भन्दा पनि तल झरेको छ ।
राष्ट्र बैंकले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा ६ अर्ब ६३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो भने गत वर्षको तुलनामा घटेर ४६.२ प्रतिशतमा पुगेको देखिन्छ । गत आर्थिक वर्ष २०७३/७४ मा १२ अर्ब ३३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो भने आर्थिक वर्ष २०७४/७५ मा ४६.२ प्रतिशतले घटेर ६ अर्ब ६३ करोडमा पुगेको हो ।
२०७४ असार मसान्तसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएका कम्पनीहरु १९६ रहेको छ भने २०७५ असार मसान्तमा सुचिकृत कम्पनीहरुको संख्या बढेर २०८ पुगेको भए पनि सेयर कारोबार र नेप्से परिसुचक भने दुवै ओरालो लागीरहेको देखिन्छ ।
गत आर्थिक वर्षको कारोबार रकमसँगै नेप्से परिसुच पनि घटेको छ भने २०७५ असार मसान्तमा नेप्से सुचांक वार्षिक विन्दुको आधारमा २३.४ प्रतिशतले घटेर १२१२.४ विन्दुमा पुगेको राष्ट्र बैंकले जनाएको छ ।
२०७४ असार मसान्तमा उक्त सुचांक ७.९ प्रतिशतले गीरावट भई १५८२.७ विन्दुमा पुगेको थियो । २०७५ असार मसान्त सम्ममा आइपुग्दा धितोपत्र बजार पुँजीकरण वार्षिक विन्दुको आधारमा २२.७ प्रतिशतले घटेर १४३५ अर्ब १४ करोड रहेको छ भने बजार पुँजीकरण २०७४ असार मसान्तमा १.८ प्रतिशतले घटेको थियो ।
आ.व. २०७४/७५ मा निकै ठूलो परिमाणमा नयाँ सेयर थिएका छन् । १ खर्ब ३१ अर्ब ५३ करोड बराबरको धितोपत्र सुचिकृत भएको राष्ट्रबैंकले जनाएको छ । समीक्षा अवधिसम्म (आईपीओ) अर्थात साधारण सेयर ३० अर्ब ८३ करोड सुचिकृत भएको छन् । यस बीचमा हकप्रद सेयर ३६ अर्ब १४ करोड रुपैयाँको सुचिकृत भएका छन् र २७ अर्ब ४७ करोड बराबरको बोनस सेयर सुचिकृत भएका छन् ।

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...