CG Electronics
IME Life
NIMB

 डीआईजी प्रतिस्पर्धामा कोको 

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं, भदौ ३१ । सरकारले नेपाल प्रहरीमा रिक्त ११ डीआईजी पदमा बढुवाको तयारी गरेको छ । गत हप्ता रिक्त ३ एआईजीको पदपूर्ति गरेको सरकारले डीआईजी बढुवा गर्न थालेको हो । डीआईजीहरु पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यात गत साता एआईजीमा बढुवाका लागि सिफारिश भएका थिए । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले यसै साता रिक्त डीआईजीमा पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।

वरीयताअनुसार एसएसपीहरु पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, विनोद शर्मा घिमिरे, ठाकुरप्रसाद ज्ञवाली, तारिणीप्रसाद लम्साल, हरिभक्त प्रजापति, सूर्यप्रसाद उपाध्याय डीआईजी बढुवाको अग्रपंक्तिमा देखिन्छन् । जोशी, श्रेष्ठ, घिमिरे र प्रजापति आईजीपी सर्वेन्द्र खनालका ब्याचमेट हुन् । उनीहरु खनालसँगै २०४६ माघ २९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । त्यस्तै ज्ञवाली, लम्साल र उपाध्याय सोही ब्याचका वैकल्पिक समूहका अधिकृत हुन् । उनीहरुले २०४७ असार २५ गते नेपाल प्रहरीमा नियुक्ति पाएका थिए ।

एसएसपीहरु शैलेश थापा क्षत्री, प्रद्युम्नकुमार कार्की, निरजबहादुर शाही, हरिबहादुर पाल, गणेशबहादुर ऐर, बसन्तकुमार पन्त, प्रकाशजंग कार्की, घनश्याम अर्याल, ईश्वरबाबु कार्की, वीरेन्द्र श्रेष्ठ, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, दिलीपकुमार चौधरी र राजेशकुमार लाल कर्ण डीआईजीका दाबेदार हुन् । श्रेष्ठबाहेक अन्य सबै जना २०४९ वैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए भने श्रेष्ठ २०४७ असार २५ मा सेवा प्रवेश गरेका हुन् । उनीहरु सबै जना २०७४ साउन ३२ मा एसएसपीमा बढुवा भएका थिए । यद्यपि उक्त ब्याचबाट शैलेश थापा क्षत्री, प्रद्युम्नकुमार कार्की, निरजबहादुर शाही, हरिबहादुर पाल, गणेशबहादुर ऐर, बसन्तकुमार पन्त, प्रकाशजंग कार्की, घनश्याम अर्याल र ईश्वरबाबु कार्कीबीच चर्को प्रतिस्पर्धा देखिन्छ ।

त्यस्तै, एसएसपीहरु धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, विश्वराज पोखरेल, सौरभ राणा, रामकृपाल साह र उमेश रञ्जितकार डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् । उक्त ब्याचका एसएसपी दिवेश लोहनी ३३ किलो सुनकाण्डमा निलम्बनमा परेकोले उनी डीआईजी बढुवाको उम्मेदवारको सूचीमा छैनन् । यसपटकको बढुवामा चारओटा ब्याचका अधिकृतहरुबीच प्रतिस्पर्धा देखिएको र रिक्त पद कम भएकाले सबै ब्याच मिसाउन नहुने आईजीपी खनालको चाहना रहेको उच्च स्रोतको दाबी छ ।

एसएसपीहरु पूर्णचन्द्र जोशी, ठाकुरप्रसाद ज्ञवाली, शैलेश थापा क्षत्री, प्रद्युम्नकुमार कार्की, हरिबहादुर पाल, गणेशबहादुर ऐर, वसन्तकुमार पन्त, धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा र रवीन्द्रबहादुर धानुकलाई डीआईजीमा बढुवा गर्ने तयारी गरिएको उच्च स्रोतको दाबी छ ।

१५ एसएसपीका लागि ३० भन्दा बढी प्रतिस्पर्धी 

डीआईजी बढुवापश्चात् रिक्त हुने एसएसपी पदमा ३० भन्दा बढी एसपीहरुबीच प्रतिस्पर्धा हुने देखिएको छ । एसपीहरु सन्दीप भण्डारी, वसन्तबहादुर कुँवर, रामदत्त जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, किरण बज्राचार्य, बुद्धिराज गुरुङ, मीरा चौधरी थारू, राजेशनाथ बास्तोला, विष्णुकुमार केसी, दीपक थापा, पोषराज पोखरेल, भरतबहादुर बोहरा, टेकप्रसाद राई, रवीन्द्र केसी, नवराज भट्ट, उमेशराज जोशी, भीमप्रसाद ढकाल, दुर्गा सिंह, अशोक सिंह, हृदय थापा, नरेन्द्र प्रसाद उप्रेती, कुबेर कडायत, केदार ढकाल, राजेन्द्र विष्ट, सुदीप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, कृष्णकुमार महत, लालमणि आचार्य, गोविन्दकुमार शाह, किरण राणा, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डे, मुकेशकुमार सिंह, सुरेन्द्र मैनाली लगायतबीच प्रतिस्पर्धा देखिन्छ । तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्यालले डीएसपीबाट एसपी बढुवामा व्यावसायिक अधिकृतलाई पाखा लगाई आफू निकटका लागि बढुवा गरेकाले यो पटकको बढुवामा ठूलो फेरबदल हुने प्रहरी मुख्यालय स्रोतले जानकारी दिएको छ ।

त्यसो त एसपीको बढुवाको पहिलो नम्बरमा वीरेन्द्रकुमार बस्याल छन्, तर टीकापुर काण्डमा कारबाहीस्वरुप चार वर्ष बढुवा रोक्का भएकाले उनको यसपटक पनि बढुवा हुने सम्भावना छैन । उनका सबै ब्याचमेटहरु अहिले एसएसपी छन्, उनी यसअघि पनि सोहीकारण बढुवा हुनबाट छुटेका थिए । तत्कालीन आईजीपी अर्यालले अन्यायपूर्ण तरिकाले बढुवा हुन छुटाएका दीपक थापा एसएसपी बढुवाको बलियो दाबेदारको रुपमा देखिएका छन् भने अर्का एसपी अशोक सिंहलाई पनि अन्यायपूर्ण तरिकाले बढुवामा छुटाएका थिए, उनी पनि एसएसपी बढुवाको प्रबल दाबेदार हुन् ।

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका पिकअप गाडीमा थपिएका सिटबारे निर्देशनात्मक आदेश जारी

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:४०

  काठमाडौँ । उच्च अदालत पाटनले प्रहरी तथा सशस्त्र प्रहरी...

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:१३

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलता: चुनौती, सुधार र...

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:०६

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:३१

  एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको...