Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

मुलुक समृद्धिको यात्रामा अगाडि बढेको छः मन्त्री बाँस्कोटा

काठमाडौँ, ४ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुक समृद्धिको यात्रामा गइसकेकाले यसलाई कसैले चाहेर पनि रोक्न नसक्ने बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा आज रेडियो नेपालमा आयोजित जागरण गीत सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “समृद्धि एकै पटक आउने कुरा होइन, मुलुकको विकास गरी सरकार समृद्धिको यात्रामा अगाडि बढेको छ ।”

मन्त्री बाँस्कोटाले राजनीतिक लडाईं सकिएकाले अब गरीबी, भ्रष्टाचार र ढिलासुस्तीविरुद्धको अभियानमा सरकार लागेको बताउनुभयो ।

उहाँले नेपालको कला संस्कृति विश्वकै उत्कृष्ट भएकाले यसलाई जोगाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीले मुलुकको राजनीतिक परिवर्तनमा कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा व्यक्त गर्नुभयो ।

जनवादी गायक जेवी टुहुरेले मुलुक परिवर्तन गर्न पहिले जनवादी गीत गाउँदा पक्राउ परे पनि अहिले सुरक्षाकर्मीसँग मिलेर परिवर्तनका गीत गाउँदा खुशी लागेको बताउनुभयो ।

कार्यक्रममा मधु गुरुङ लगायतका समूहले ‘गाउँगाउँबाट उठ, बस्ती बस्तीबाट उठ’, नेपाल प्रहरीको समूहले ‘हिमालको हाँसो, तराईको आँगन, पहाडको सिरानी, नेपाल मेरा चार किल्लाभित्र कोही छैन विरानी’, जेवी टुहुरेले ‘फेरि हामी एकचोटी उठ्नुपर्ने भयो, देशभक्त सबै जुट्नुपर्ने भयो’ तथा किरण प्रधानले ‘जो देशलाई ठूला ठान्दैन, परि आउँदा मन मान्दैन, ऊ नेपाली हुन सक्दैन’ लगायत जागरण गीत गाउनुभएको थियो ।

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

वि.सं.२०८२ असार २३ सोमवार २३:५३

  काठमाडौं । गरिवी तथा विपन्न समुदायमा काम गर्दै आई...

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै...

वि.सं.२०८२ असार २३ सोमवार २२:४३

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा...

वि.सं.२०८२ असार २३ सोमवार २२:४०

  काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको...

ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन् : गभर्नर पौडेल

ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन् : गभर्नर...

वि.सं.२०८२ असार २२ आइतवार २१:३८

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले ऋण...

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमः विश्व बैंक

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

वि.सं.२०८२ असार २२ आइतवार २१:३५

  काठमाडौं । नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

बागमती प्रदेशको बजेट पुनःसंरचना : दुई अर्बका १६ सय नयाँ योजना पूरक प्रस्तावमार्फत समावेश

बागमती प्रदेशको बजेट पुनःसंरचना : दुई अर्बका...

वि.सं.२०८२ असार २२ आइतवार ०९:२७

  हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३...