CG Electronics
IME Life
NIMB

निर्मला हत्याकाे दुई महिना : प्रहरी अझै उल्टो बाटोमा, मान्छे लुकाउने र प्रमाण मेटाउने क्रम जारी

NIMB
Himalayan Bank

कन्चनपुर भीमदत्तनगर २–खोल्टीकी निर्मला पन्तको हत्या भएको दुई महिना (५९ दिन) पुगेको छ । तर, अनुसन्धानको प्रगति शुन्यप्राय छ । प्रहरीले केन्द्रबाट खटाएका टोलीले अनुसन्धान जारी राखेको भनिएपनि प्रगति शून्य छ ।

निर्मलालाई न्याय माग्न सिंगो देश आन्दोलित भयो । अहिले पनि राजधानीसहित देशका विभन्न ठाउँमा निर्मलाको न्यायका निम्ति भन्दै प्रदर्शन तथा दबाब कार्यक्रम भइरहेका छन् । शनिबार पनि काठमाडौंको माइतीघर मण्डलामा विद्यालय तथा क्याम्पसका विद्यार्थीले प्रदर्शन गरे ।

 

आन्दोलनको रापले तातिएपछि गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा गठन गरेको उच्चस्तरीय छानविन समितिले अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुलाई निलम्बनको सिफारिस बाहेक केही पनि गर्न सकेन । त्यो समितिले घटनाका दोषीबारे कुनै क्लू नै भेट्टाउन सकेन ।

 

भदौ ७ र ८ गतेको गोलीकाण्ड लगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएका ठाकुरप्रसाद ज्ञवाली कञ्चनपुरमै हराए । उनको टोलीले दोषीबारे अहिलेसम्म कुनै प्रगति सुनाएको छैन ।

 

त्यतिले नभएर कञ्चनपुर प्रहरीलाई नै अनुसन्धानको जिम्मा दिइयो । र, सहयोगका लागि केन्द्रबाट महिला एसपी दुर्गा सिंहको विशेष टोली कञ्चनपुर खटियो ।

 

एसपी सिंह काममै छिन्, कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतले भने, ‘अनुसन्धान टोली काममै छन् । प्रगति केही भएको छैन ।’

 

अघिल्लो एसपी डिल्लीराज विष्टका छोरा किरणको जन्म दिनका दिन होटलमा तीन केटा तीन केटी देखिएको कुरासम्म पनि पत्ता लागेन एसपी साव ? जवाफमा उनले भने, ‘त्यो कुरा वाहियात हो । हामीले भेरीफाई गर्दा केही भेटिएन । होटलमा केटा, केटी देखिएको कुरा झुठो रहेछ ।’

 

अहिलेसम्म सामान्य कुरा पनि पत्ता लागेन ? उनले झर्किँदै भने, ‘लागेको छैन भनिसके त । कतिपटक भन्नु पर्ने ?’  यस्तै, चिकित्सकले निर्मलाको शवबाट संकलन गरेको भजाइनल स्वाब कन्टेनरमा राखेपछि तत्काल शील गर्नु पर्नेमा त्यसो नगरिएको र स्वाब सुरक्षित राख्नका लागि आवश्यक माइनस २० डिग्रीको तापक्रमयुक्त किट पनि प्रयोग नगरिएकोबारे सोध्दा एसवी कडायत निकै तातिए ।

 

उनले भने, ‘हरेक कुरामा शंका गर्ने ? डाक्टरमा, अस्पतालमा सबैमा शंका गरे भैगो नि । तै पनि त्यो कुरा हामीलाई के थाहा ? हामी विशेषज्ञ हो र ?’ अनुसन्धानको जिम्मा त तपाइहरुलाई नै दिएको छ नि त एसपी साव ? जवाफमा उनले हामीले सबैकुराको जवाफ दिइरहनु पर्दैन । हामी आफ्नो काम गर्दैछौँ ।

 

उनको भनाईबाट अनुसन्धानमा अहिलेसम्म कुनै प्रगति भएको छैन र निर्मलाका खास हत्यारा पत्ता लाग्ने सम्भावना क्षीण हुँदै गएको छ । फेरि पनि प्रहरीले दिलिप विष्ट जस्तै अर्को फेक अभियुक्त खडा गर्ने देखिँदै छ । निर्मलाका आमा बाबुले गृहमन्त्री, प्रहरी प्रमुख र प्रधानमन्त्री समेतलाई भेटे । तर, प्रहरीले तथ्य लुकाउन अझै छोडेको छैन ।

 

मानसिक रुपमा अस्वस्थ दिलिप विष्ट र अर्का युवक चक्रदेव वडूको डिएनए निर्मलाको भजाइनल स्वाबमा पाइएको डिएनएसँग नमिलेको तथ्य बाहिर आएपछि बढेको जनदबाबका कारण प्रहरीले एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र आयुस विष्टको डिएनए परीक्षणका लागि रगतको नमुना लिएको थियो ।

 

ती तीनजनाको मात्रै रगतको नमुना लिएर त्यो क्रम त्यतिकैमा रोकियो । निर्मलाको हत्या भएको दिन १० साउनमा किरणसँगै होटल ओपेरामा देखिएका तेस्रा युवकको प्रहरीले खोजी गरेन । प्रहरीले अनुसन्धानकै क्रममा अन्य तीनजना युवकलाई पनि शंकाको घेरामा राखेको थियो । तर, उनीहरुको रगतको नमुना लिइएको छैन ।

 

 

किरणसँगै होटेल ओपेरामा देखिएका भीमदत्त नगरपालिका –२ बस्ने बुढाऐर थरका युवक केही दिनयता सम्पर्कविहिन छन् । उनी १० साउनमा किरणसँगै होटल ओपेरा गएका बताइएको छ । तर, यो कुरा कञ्चनपुर प्रहरी मान्न तयार छैन ।

 

बुढाऐरलाई नेपालगञ्जमा लुकाइएको सुनिन्छ । मोबाइल मर्मत गरेर घरखर्च चलाउँदै आएका ती युवकको खोजी गरी डिएनए परीक्षण गर्न प्रहरीले पहल गरेको छैन ।

 

प्रहरीले अब बुढाऐरलाई अपराध स्वीकार गराउने प्रयास गरिरहेको बताइन्छ । उनी आर्थिक अवस्था निकै कमजोर भएको परिवारका हुन् । उनले अपराध स्वीकार गरे प्रहरीले डिएनए परीक्षण गर्नु नपर्ने गरी योजना बुनिरहेको स्रोतले जनाएको छ ।

 

निर्मलाको भजाइनल स्वाबबारे प्रश्न उठेको र डिएनए गराउनुपर्ने व्यक्ति लुकाइएका कारण कञ्चनपुरमा फेरि आन्दोलन उठ्ने देखिएको छ ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...