CG Electronics
IME Life
Ncell NPL

दशैंका लागि हवाई टिकटः नेपाल एयरलाइन्समा सकियो, निजीमा पनि चाप

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

दशैंका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरुको चाप स्थलमार्गसँगै हवाईमार्गमा पनि देखिएको छ ।

आन्तरिक उडान भर्दै आएका हवाई कम्पनीहरुकाअनुसार दशैंका लागि टिकट धमाधम बुकिङ भइरहेका छन् ।

बसको अगि्रम टिकट बिक्रीमा भएको किचलोका कारण पनि हवाई मार्गमा चाप बढेको हो । विगतको तुलनामा यस वर्षको दशैंका लागि हवाई टिकटको माग बढेको एयरलाइन्स कम्पनीहरु बताउँछन् ।

बसको यात्रा मात्र होइन टिकट काट्नै सास्ती भोग्नुपर्ने भएकाले पनि हवाई यात्रामा आकर्षण बढिरहेको छ । हवाई जहाजको टिकट अनलाइनबाटै बुक गर्न सकिन्छ ।

नेपाल एयरलाइन्समा टिकट सकियो

बुधबार मध्याहृन न्यूरोडस्थित नेपाल वायुसेवा निगमको आन्तरिक टिकट बिक्री कक्षमा पुग्दा सुनसान देखियो । कर्मचारीबाहेक जम्मा २ जना मात्रै सेवाग्राही त्यहाँ देखिन्थे ।

दशैंका लागि टिकट काट्न मान्छे आउँदैनन् ? भन्ने प्रश्नमा निगमका एक कर्मचारीले भने, ‘बिहान १० बजे अगाडि र दिउँसो २ बजेपछि अलिअलि आउँछन् । नत्र यस्तै हो ।’

सेवाग्राहीको भीड नलाग्नुको कारण भने टिकट अभाव रहेछ । दशैंका लागि शतप्रतिशत टिकट बिक्री भइसकेको कार्यालयका म्यानेजर एसबी पन्तले जानकारी दिए ।

निजीमा पनि चाप

राष्ट्रिय ध्वजाबाहक मात्रै होइन, निजी कम्पनीहरुमा पनि टिकटको चाप छ । दशैंका लागि आधाउधी टिकट उनीहरुले बेचिसकेका छन् ।

सौर्य एयरलाइन्सले बुधबारसम्म ५० प्रतिशत टिकट बिक्री भइसकेको जानकारी दिएको छ । सौर्य एयरलायन्सका चिफ सेल्स एन्ड मार्केटिङ मुकेश खनालले दिएको जानकारीअनुसार हालसम्म बुकिङ गर्ने क्रम जारी छ । अघिल्लो वर्षको तुलनामा यसपाली बढी घुइँचो देखिएको उनी बताउँछन् ।

यती एयरलाइन्सले ५० प्रतिशत बढी टिकट बिक्री गरेको छ । एक अधिकारीले भने, ‘अहिलेसम्म ५० प्रतिशत टिकट बेचिसक्यौं, बाँकी रहेको पनि बिक्री हुने क्रममा छ ।’

अन्य एयरलाइन्सको अवस्था पनि सौर्य र यतीको जस्तै अवस्था छ ।

जहाज थप्दै कम्पनी

नेपालमा अहिले आधा दर्जनभन्दा बढी एयरलाइन्सहरुले आन्तरिक उडान भर्दै आएका छन् । आन्तरिक उडान भर्दै आएका नेपाल एयरलाइन्स, बुद्ध एयर, यति एयरलाइन्स, सिमि्रक एयरलाइन्स, श्री एयर लाइन्स, सौर्य एयरले दशैंमा पनि सेवा दिनेछन् ।

अघिल्लो साता मात्रै यती एयरलाइन्सले आन्तरिक उडानका लागि नयाँ जहाज थप गरेको छ । सन् १९९८ मा सेवाको थालनी गरेको यस एयरलाइन्ससँग हाल तीन वटा एटीआर-७२-५०० र ६ वटा बीएई एक्स्ट्रीम ४१ रहेका छन् । त्यसैगरी यसको सहायक कम्पनी तारा एयरसँग दुई वटा डोर्नियर डीओ-२२८, दुई वटा ट्वीनटर र दुई वटा ट्वीनअटर भाइकिङ ४०० सिरिज छन् ।

यतीभन्दा पहिले नेपाल वायुसेवा निगमले पनि आन्तरिक उडानकै लागि २ वटा चिनियाँ जहाज थप गरेको थियो ।

सुगमलाई सुविधा, विकटलाई बाध्यता

शहरी क्षेत्रका यात्रुहरुले छिटो र आरामदायी यात्राका लागि हवाई यात्रा रोज्ने गरेका छन् । तर, विकट क्षेत्रका सर्वसाधारणलाई यो बाध्यात्मक छ ।

दुर्गम स्थानमा गाडी नपुग्ने र पुगे पनि चाडबाडका बेला टिकट पाउनै मुस्किल हुने गरेकाले हवाई मार्ग रोज्नुपर्ने बाध्यता उनीहरुलाई छ ।

नेपाल वायु सेवा निगमको काउन्टरमा टिकट काट्न पुगेका खोटाङका खगेन्द्र खतिवडाले बसबाट जाँदा पनि धेरै हिँड्नु पर्ने भएकाले हवाई जहाजको महंगो यात्रा रोज्नु परेको बताए । खतिवडा भन्छन्, ‘कमाई थोरै छ, तैपनि दशैंमा घर नगई हुँदैन के गर्नू !’

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...