NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

नातिनी नि नछोड्ने पापी बुढा १४ जना वकिल राखी ३ वर्षदेखि मुद्धा लड्दै

बाँकेको कोहलपुरमा एक वृद्धले आफ्नै सहोदर नातिनीलाई ३ वर्षदेखि बलात्कार गरेको खुलासा भएको छ । कोहलपुर नगरपालिका ५ बस्दै आएका ७५ वर्षीया रामचन्द्र घिमिरे ९नाम परिवर्तन० ले १६ वर्षीया नातिनी उषा घिमिरे ९नाम परिर्वन० लाई बलात्कार गरेको खुलासा भएको हो । उषा स्थानीय एक विद्यालयमा कक्षा ६ मा पढ्दै आएकी थिइन् ।

प्रहरीले नातिनीको नाम गोप्य राख्नका लागि हजुरबुवाको नाम पनि गोप्य राखिएको जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रमेशबहादुर सिंहले रामचन्द्रविरुद्ध अदालतमा मुद्दा दायर भएको बताए । ‘‘०७२ सालदेखि ०७५ सालसम्म आफ्नै नातिनीलाई यौन शोषण गरेको उजुरी आएको हो । केही कुरा पुष्टि पनि भएका छन्,” डीएसपी सिंहले भने ।

घरजग्गा कारोबारी रहेका घिमिरेको करोडौं बराबरको सम्पत्ति छ भने उनले ४ जनासँग विवाहसमेत गरेका छन् । ‘‘छोरा बुहारी अन्तै बस्ने र हजुरबुवासँग पढ्नका लागि पठाइएको रहेछ । यस्तोमा उनले यौन शोषण गर्ने गरेको पाइयो । पीडित किशोरीले नै अदालतमा बयान दिएकी छिन्,’’डीएसपी सिंहले भने ।

घिमिरेले आफ्नो पक्षमा मुद्दा लड्नका लागि मात्रै १४ जना अधिवक्ता ९वकिल० राखेका छन् । प्रहरीले उनलाई एक महिनाअघि पक्राउ गरेको थियो । कोहलपुर प्रहरीका डीएसपी सिंहले बालहिंसा र महिला हिंसाविरुद्ध प्रहरी कडाइका साथ प्रस्तुत भइरहेको बताए ।

 

 

७ बर्षे बालिका बलात्कारको आरोपमा पर्वतमा १० बर्षिय बालक पक्राउ

 

७ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा १० बर्षिय बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

 

असोज २ गते प्रहरीले पर्वतको जलजला गाउँपालिका १० बर्षिय बालकलाई पक्राउ गरेको हो ।

 

अभिभावकको उजुरीका आधारमा प्रहरीले सोही दिन साँझ पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ ।

 

प्रहरीले जबर्जस्ती करणी मुद्धा अन्तर्गत उजुरी दर्ता गरी पर्वत जिल्ला अदालतबाट म्याद थपि अनुसन्धान अघि बढिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

 

प्रहरीले बालकलाई अभिभावकको संरक्षणमा निगरानीमा रहने गरी घर पठाएको छ ।

 

 

यी हुन ९० वर्षीया हजुरआमाको वृद्धभत्ता लुट्ने नालायक नाती

 

अछामको साँफेबगर नगरपालिका-८ का एकजनाले हजुरआमालाई फलामको रडले हिर्काएर घाइते बनाएका छन्। साँफेनगरपालिका चण्डिकाकी ९० वर्षीया जसु भुललाई उनकै नातीले १५ वर्षीय राजन भुलले वृद्ध भत्ता लुटनका लागि फलामको रडले टाउकोमा हिर्काएर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।

वृद्धाको टाउको र घाँटीमा गहिरो घाउ लागेको भतिजा झंकरबहादुर भुलले जानकारी दिए। असोज ७ गते भत्ता बुझेर ल्याएको थाहा पाएपछि राजनले राति पैसाका लागि वृद्धा हजुरआमालाई मरणासन्न हुने गरी कुटपिट गरी बारीमा फ्याकेका थिए। उनलाई बारीमा रोइरहेको अवस्थामा आफन्तले उद्धार गरेको प्रहरीले जनाएको छ।

घाइते वृद्धाको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा आठ टाँका लागेका छन् भने घाँटी तथा शरीर भरी नीलडाम छन्। वृद्धभत्ता ल्याएको थाहा पाएर घरमा कोही नभएको अवस्थामा भत्ता लुट्नका लागि कुटपिट गरेको पक्राउ परेका भुलले स्वीकार गरेका छन्।

हजुरआमासँग पैसा नभेटिएपछि उनी कुटपिट गरेर भागेका थिए। एक महिना अघि मात्रै ती युवकले सोही घरबाट ११ हजार चोरेका थिए। त्यति बेला आपसमै छलफल गरी कुरा मिलाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

राजनलाई प्रहरीले आवश्यक सोधपुछ गरी निगरानीमा रहने गरी आफन्तको जिम्मा लगाएको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले बताए।

 

कस्तो जमाना, पुरुषबाट पुरुष नै बलात्कृत

 

महिला तथा बालबालिका बलात्कारका श्रृखंलावद्ध घटनाले देशलाई नै लज्जित बनाइरहेका बेला फेरि एउटा अनौठो बलात्कारको घटना सार्वजनिक भएको छ ।

 

सुन्दै अचम्म लाग्ने गरी मकवानपुरको हेटौडामा पुरुषबाट पुरुष नै बलात्कृत भएको खबर सार्वजनिक भएको छ । हेटौंडा उपमहानगरपालिका–८ कमानेका ६० वर्षीय केशव सिंखडालाई ३० वर्षीय एक सुस्त मनस्थितिका युवालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

युवालाई करणी गरेको आरोपमा स्थानीय आमा समूहले बुधबार बिहान मोसो र जुत्ताको माला लगाएर उनलाई गाउँ परिक्रमा गराएका छन् । महिलाहरुले सिंखडालाई गाउँ परिक्रमा गराउँदै गर्दा इलाका प्रहरी कार्यालय पशुपतिनगरले

उनलाई पक्राउ गरी बुधबार साँझ छाडेको स्थानीय महिला दुर्गा अधिकारीले जानकारी दिएकी छन् । सिंखडाले मंगलबार साँझ मनकामना चोक नजिक बारीमा ती युवकलाई यौन दुब्र्यवहार गरेको स्थानीय दुई जना महिलाले देखेपछि घटना सार्वजनिक भएको उनले बताइन् ।

‘महिलाले देखेपछि तुरुन्त होहल्ला भयो । तर रात परिसकेकोले त्यो दिन हामीले केही गर्न सकेनौं’, अधिकारीले भनिन्, ‘हिजो बिहान चोकमा उपस्थिति महिलाहरुले सिंखडालाई मोसो दलेर घुमाउँदै गर्दा प्रहरीले लिएर गएको थियो तर दिनभर दुबै पक्षबीच छलफल गराएर सहमतिपछि प्रहरीले पीडकलाई साँझ छाडेको छ ।’

पीडिकले माफी माग्नुका साथै गाउँका सबै प्रहरी चौकीमा आएर एक पटकलाई माफी दिन भनेपछि सहमति गरेको पीडितका एक आफन्तले बताए । ‘गाउँमै बस्नुपर्ने सबैले भनेपछि मिलौं भनेर सहमति गरेका हौं’, उनले भने । यस बिषयमा बुझ्दा मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ्गले आफूलाई केही थाहा नभएको बताएका छन् ।

‘जिल्लामा कुनै जानकारी पनि आएको छैन । प्रहरीले कसैलाई पक्राउ पनि गरेको छैन’, उनले भने । ईलाका प्रहरी कार्यालय पशुपतिका प्रहरी निरीक्षक अनुजजंग रायमाझीले गाउँलेहरुबीच सहमति भएपछि सिंखडालाई छाडिएको बताए ।

घटना सामान्य भएको र सिंखडाबाट कोही बलात्कृत भएको नपाइएका कारण छाडिएको रायमाझीले दाबी गरे । पक्राउ परेका सिम्खडा अन्य समयमा समेत मदिरा पिएर गाउँमा हल्ला गर्दै हिँड्ने गरेको स्थानीय महिलाहरुको गुनासो छ ।

बडादशैंको दिन देशभरको मौसम बदली : कोशी प्रदेशमा बर्षाको संभावना

बडादशैंको दिन देशभरको मौसम बदली : कोशी...

वि.सं.२०८१ असोज २६ शनिवार ११:१५

काठमाडौं । आज अुसोज २६ गते शनिबार बडादशैंको दिन देशका...

सर्वसाधारणलाई दशैंको टीका : शीतल निवासमा दिउँसो ३:३० र निर्मल निवासमा ४ बजेदेखि

सर्वसाधारणलाई दशैंको टीका : शीतल निवासमा दिउँसो...

वि.सं.२०८१ असोज २६ शनिवार ११:०२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा...

२०८१ सालको विजया दशमीको टीका लगाइँदै, बिहान ११ बजेर ३६ मिनेटमा उत्तम साइत

२०८१ सालको विजया दशमीको टीका लगाइँदै, बिहान...

वि.सं.२०८१ असोज २६ शनिवार १०:०६

काठमाडौं । वि।स। २०८१ सालको वडादशैं अर्थात विजया दशमीको टीका...

टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम [तस्बिरहरू]

टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम [तस्बिरहरू]

वि.सं.२०८१ असोज २४ बिहीवार २१:४६

काठमाडौँ । दसैँको सातौँ दिन बिहीबार फूलपाती बढाइँ गरिएको छ।...

दशैंमा दिइने आशीर्वाद श्लोकमा देवीदेवता तथा पौराणिक पात्रहरुको व्याख्या गरिन्छ : प्राडा भट्टराई

दशैंमा दिइने आशीर्वाद श्लोकमा देवीदेवता तथा पौराणिक...

वि.सं.२०८१ असोज २४ बिहीवार ११:०६

  काठमाडौं । हिन्दुृहरुको महान चाड दशैंको प्रमुख विशेषता भनेकै...

जग्गा सम्बन्धी व्यवस्था पुनरावलोनका लागि कार्यदल गठन

जग्गा सम्बन्धी व्यवस्था पुनरावलोनका लागि कार्यदल गठन

वि.सं.२०८१ असोज २३ बुधवार २२:४७

काठमाडौं । शहरी विकास मन्त्रालयले जग्गा आवास विकासमा देखिएका समस्या...